यी हुन् विश्वका सबैभन्दा पुराना ५ शहरहरु

एजेन्सी । विश्वमा यस्ता कैयौं शहरहरु रहेका छन्, जुन् हजारौं वर्षपहिले पनि अस्तित्वमा रहेको थियो । अर्थात् उक्त स्थानहरुमा हजारौं वर्षपहिले पनि मानिसहरु बस्दथे । आज यसै सन्दर्भमा विश्वका ५ सर्वाधिक पुराना शहरहरुबारे चर्चा गरौं । 

 

१. जेरिको शहर

फिलीस्तीनको जेरिको शहर विश्वको सबैभन्दा प्राचिन शहरमध्ये एक मानिन्छ । इतिहासअनुसार यस शहरमा ११ हजार वर्षपहिले पनि मानिसहरु बसोबास गर्दथे । यद्यपि अहिले पनि यस क्षेत्रमा २० हजार मानिसहरु बसोबास गर्दछन् । 

 

२. बाइब्लोस शहर

लेबनानको यो शहर पनि प्राचिन शहरमध्ये एक हो । मान्ने गरिन्छ कि यो शहर ७ हजार वर्ष पुरानो रहेको छ । यहाँ १२ औं शताब्दीमा बनाइएको कैयौं मन्दिर तथा किल्लाहरु रहेका छन् । जसलाई हेर्नका लागि लाखौं पर्यटकहरु आउने गर्दछन् । 

 

३. एलेप्पो शहर 

राष्ट्र सीरिया आतंककारी संगठन आईएसआईएसको कारणले चर्चित छ, तर यहाँको एलोप्पो शहर विश्वको सबैभन्दा पुरानो शहरमा गनिन्छ । यो शहर ६ हजार ३ सय वर्ष पुरानो रहेको मान्यता छ । 

 

४. दश्मिक शहर

सीरियाकै अर्को शहर दश्मिकलाई पनि प्राचिन शहर मानिन्छ । इतिहासकारका अनुसार करीब ६ हजार ३ सय वर्ष पहिले पनि यो शहर अस्तित्वमा रहेको थियो । 

 

५. वाराणसी 

भारतको वाराणसीको बारेमा तपाईले सुन्नुभएकै होला । प्राचिन हिन्दु ग्रन्थलाई आधार मान्ने हो भने यो शहर लाखौं वर्ष पुरानो रहेको छ । तर इतिहासकारका अनुसार यो शहर ५ हजार वर्ष पुरानो रहेको छ । यो शहरमा बर्षेनी लाखौं संख्यामा पर्यटकहरु घुम्न आउँछन् ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

  • 29 minutes ago
काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

  • 1 hour ago
जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकताको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई साउन ११ गते पार्टीको आधिकारि

बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

  • 1 hour ago
बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी छ । क्रियाशील सदस्यता सम्बन्धी विवाद मिलाउनको लागि शीर्ष नेताहरुको



पर्यटन

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

गलकोट । कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ ।

जीवनशैली

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटाघटको बनेको छ ।