न्यूयोर्कमा नेपालको पर्यटन प्रवद्र्धन कार्यक्रम

काठमाडौँ । कोभिडको महामारीपछि नेपाल यात्रा र पर्यटनका लागि पुनः खुला भएको र अमेरिकी पर्यटकलाई नेपालमा स्वागत गर्न नेपाल उत्सुक छन् भन्ने सन्देश दिन न्यूयोर्कस्थित महावाणिज्य दूतावासले एशिया–प्यासेफिक ट्राभल एसोसिएसन, न्यूयोर्क च्याप्टर र ‘नेपाल–द वन्डरल्याण्ड अफ नेचुरल, कल्चरल र स्पिरिचुअल ब्यूट’ सँगको सहकार्यमा शुक्रबार न्यूयोर्कमा नेपालको पर्यटन प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले हिमाली क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, योग, ध्यान र आध्यात्मले भरिपूर्ण नेपालको पर्यटन क्षेत्र अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बन्नसक्ने प्रशस्त सम्भावनायुक्त देश भएको बताउँदै नेपालको पर्यटन र अन्य व्यवसाय सामान्य अवस्थामा फर्किएकाले अतिथिहरूलाई नेपाल भ्रमण गर्न आग्रह गरे ।
कार्यक्रममा नेपालका प्रमुख पर्यटकीय विशेषता र आकर्षण, कोभिड–१९ महामारीको समयमा पर्यटकलाई नेपालले दिएको सेवा, हालै थपिएका पर्यटन पूर्वाधार, सुविधा र नेपालले अपनाएका नयाँ यात्रा सहजीकरणका उपायबारे आमन्त्रित पाहुना तथा विमान चालक, ट्राभल र टुर व्यवसायी समुदायलाई नेपाल भ्रमण गर्न र नेपाललाई आफ्नो मनपर्ने गन्तव्यमा राख्न आग्रह गरिएको वाणिज्य दुतावासले जनाएको छ ।
कार्यक्रमका अतिथि तथा वक्तामा धेरैजसो नेपाल घुमेका रहेका र उनीहरूले नेपालमा भएको आफ्नो अविस्मरणीय यात्राअनुभव सुनाएका थिए भने सन् १९७४ देखि १४ पटक नेपाल भ्रमण गरेका लेखक डा सेठ सिक्रोफ, सर एडमन्ड हिलारी मेडल प्रोजेक्टका प्रमुख कार्यकारी अधिकृत, ब्रिटिश–अमेरिकी पर्वतारोही, सगरमाथा आरोहणकर्ता, पृथ्वीको सबैभन्दा अग्लो र गहिरो बिन्दुमा पुग्ने पहिलो महिलासहितको उपस्थितिले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गठबन्धनबाट विकास सम्भव छैन – महासचिव पोखरेल
- 10 hours ago

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक ध्रूबीकरण आवश्यक रहेको बताएका छन् । जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसर पारेर प्रेस चौतारी नेप
आईजीपी बढुवाविरुद्धको रिट हेर्दाहेर्दैमा, अर्को सुनुवाइ १९ असारमा
- 10 hours ago

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ १९ असारसम्म सरेको छ ।
कुटपिट गरेर कम्युटर अपरेटरको गाडी लुट्ने ३ भारतीय नागरिक पक्राउ
- 10 hours ago

धनगढी । कैलालीको भीम दत्त राजमार्ग अन्तर्गत गोदावरीमा डडेल्धुराको आलीताल गाउँपालिकाका कम्युटर अपरेटर लोकेन्द्र भण्डारीलाई कुटपिट गरेर कार लुट्ने समूहका तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।
विचित्र विश्व
श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।