अस्ट्रेलियामा कसरी देखियो नर्सिङ विद्यार्थीहरुको समस्या, समाधान के ?

Global IME
Mega Bank
Norvic Hospital

सिड्नी । अस्ट्रेलियामा यतिबेला हजारौं नेपाली विद्यार्थीको भविस्य अनिस्चित भएको छ । अस्ट्रेलियामा वर्षौं समय तथा हजारौं डलर रकम खर्च गरेर नर्सिङ पढेका विद्यार्थीहरुको भविस्य  अन्यौलमा परेको हो । 

 

देखिएको समस्या 

 

अस्ट्रेलिया इन्स्टिच्युट अफ बिजनेश टेक्नोलोजी (एआईबीटी)ले विद्यार्थी पढाएपनि अर्को नियमनकारी संस्थाबाट स्विकृति नपाएका कारण विद्यार्थीहरुको भविस्य अन्यौलमा परेको हो । 

 

डिप्लोमा अफ नर्सिंग पढेपछि इन्रोल नर्सका रुपमा काम गर्न मिल्छ र रजिष्ट्रेसन गर्न सकिन्छ । तर, यसको लागि कलेजले नियमनकारी निकाय अस्ट्रेलियन नर्सिङ एण्ड मिडवाईफरी एक्रिडिटेसन काउन्सिल (एनम्याक) बाट स्विकृति लिनुपर्छ । एआईबीटी कलेजमा अहिले देखिएको समस्या भनेको ती कलेजले डिप्लोमा अफ नर्सिंग पढाए पनि एनम्याकबाट स्विकृति पाएका थिएनन् । स्विकृति नपाएकै कारण अब विद्यार्थीहरुले न रजिष्ट्रेसन नै गर्न मिल्छ, न त इनरोल नर्सका रुपमा काम गर्न सक्नेछन् ।  

 

स्कील क्वालिटी अथोरिटी (एएसक्युए)मा दर्ता भएर कलेज खोल्ने, चलाउने र पढाउने अनुमति पाएको एआईबीटीलाई नर्सिङ कोर्स संचालन गर्न नर्सिङ काउन्सिलबाट पनि मान्यता लिनु पथ्र्यो भने इन्टर्नसिपका लागि एनम्याकबाट । तर कलेजले यी दुवै संस्थाबाट मान्यता नलिएको भेटिएपछि विद्यार्थीहरुको करिब डेढ वर्षको पढाई र हजारौं डलर डुब्ने अवस्था आएको हो । 

 

डिप्लोमा लेभलको यो पढाई सकेपछि विद्यार्थीहरुले ब्याचलर्स इन नर्सिङ पढ्न पाउनुपर्ने हो, तर कलेजले स्विकृति नपाएका कारण अब उनीहरु ब्याचलर्स पढ्नबाट बन्चित भएका छन् । 

 

व्याचलर पढ्नका लागि युनिभर्सिटीबाट अफर पाएका विद्यार्थीहरुको अफर क्यान्सिल भइरहेको छ भने यसले विद्यार्थीहरुलाई भिजा रिस्कमा (अवैधानिक हुने खतरा) बढेको छ । सिंगल या प्याकेज कोर्समा कतिपय विद्यार्थीको भिजा समेत रिस्कमा परेको हो । किनभने डिप्लोमा सम्मको कोर्समा भर्ना भएर आएका विद्यार्थीहरुलाई ब्याचलर्समा भर्ना हुन पाइरहेका छैनन् । ब्याचलर्स भर्ना नहुँदा उनीको भिजा म्याद सकिनै लागेको छ भने नेपाल फर्कनुपर्ने चिन्ता बढ्न थालेको छ । 

 

त्यस्तै ब्याचलर्स सम्मकै सिओई लिएर आएका विद्यार्थीहरुको सिओई धमाधम क्यानसल हुन थालेपछि उनीहरुको भिजा पनि रिस्कमा परेको छ । किनकी अस्ट्रेलियामा विद्यार्थी भिजामा बसेकाहरु कुनैपनि विद्यार्थी स्कुल होलिडे बाहेक अन्य कुनै पनि समय उपयुक्त कारण बिना इन्रोल नभई बस्न पाउँदैनन् । 

 

पहिले सबै ठिकठाक तर अहिले समस्या 

 

जब विद्यार्थीहरुले एआईबिटी कलेजमा भर्ना भए तब एनम्याकबाट स्विकृतिका लागि आवेदन अघि बढिसकेको भएपनि पास भने भइसकेको थिएन । त्यसपछि गत वर्ष अर्थात जुलाई २ हजार १८ देखी लागु हुनेगरी एनम्याकले नयाँ नियम ल्यायो । उक्त नियम अनुसार आईएलटिएसमा ७ नल्याउने विद्यार्थीहरुले नर्सिङ पढ्न र नर्सका रुपमा काम गर्न नपाउने भए । उक्त नियम जुलाईपछि लागु हुने भएपनि त्यसभन्दा अघि स्विकृतिका लागि पर्खिरहेका विद्यार्थीहरुलाई पनि प्रभावित पार्ने भयो । किनकी एनम्याकले स्विकृति नपाएका कलेजमा जुलाई भन्दा अघिदेखी पढिरहेका विद्यार्थीलाई पनि आईएलटिएसमा ७ अनिवार्य बनायो ।

 

यद्यपी स्विकृति पाईसकेका टेफ लगायतका कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई भने यो नियमले प्रभावित पारेन । त्यसपछि एआईबिटिबाट डिप्लोमा अध्ययनरत विद्यार्थीहरु जो ब्याचलर्सका लागि प्याकेज कोर्समा आएका थिए उनीहरुलाई पनि विश्वविद्यालयले भर्ना दिन मानेन । उक्त निर्णयसँगै एआईबिटिमा पढिरहेका हजारौं विद्यार्थीको भविस्य  डामाडोल हुने निश्चित देखिएको हो भने यो समस्याले विकराल रुप लिएको हो । 

 

यद्यपी आईएलटिएसमा ७ ल्याउने विद्यार्थीको हकमा भने केही समस्या नपर्ने क्याम्पस प्रशासनले जनाएको छ । नेपालीपत्रसँग कुरा गर्दै एआईबिटि कलेजका तर्फबाट नेपाल हेर्ने रिजनल म्यानेजर माइकल मुनस्टकले आईएलटिएसमा ७ ल्याएका विद्यार्थीहरु सजिलै अन्य क्याम्पस गएर पढिरहेको बताए । उनले भने, ‘समस्या हामीले स्विकृति नपाउँदा सुरु भएको हो । तर विद्यार्थीहरु जस्ले एनम्याकको नयाँ नियमअनुसारको आवश्यक्ता पुरा गर्छ उनीहरुलाई केही समस्या पर्दैन । विद्यार्थीहरुलाई सजिलै रजिस्टर हुन या अन्य विषय पढ्न ढोका खुल्ला छ ।’

 

गल्ती कस्को ? 

 

विद्यार्थीहरुले कन्सल्टेन्सि छिरेदेखी भिजा नलाग्दासम्म विभिन्न प्रकृयाहरु पार गर्नुपर्ने हुन्छ । त्यसमा सबैभन्दा पहिले कन्सल्टेन्सिको सहयोगमा कलेजमा भर्ना गर्नुपर्छ भने भर्ना भएको सुनिश्चित गरेको पत्र यहाँस्थित शिक्षा मन्त्रालयले दिन्छ । त्यसपछि भिसा आवेदनका लागि नजिकैको क्षेत्रीय हाई कमिसनमा आवेदन दिने गरिन्छ । तर यहाँसम्म आउँदा सबै पक्षको गल्ती देख्न सकिन्छ ।

 

कलेजले नैतिकताका आधारमा विद्यार्थीहरुलाई पढाईने कोर्सका बरेमा जानकारी दिनुपर्ने भएतापनि त्यसो नगरेको विद्यार्थीको आरोप छ । यद्यपी कलेज प्रशासनले भने विद्यार्थीलाई सिओईमा नै उक्त विषय जानकारी गराइएको हुने बताएको छ । त्यसपछि अर्को दायित्व रहेको कन्सल्टेन्सिले पनि उपयुक्त जानकारी नदिएको विद्यार्थीहरुको गुनासो छ । नेपालीपत्रसँगको सम्पर्कमा आएकी एक विद्यार्थीले भनिन्, ‘हामीलाई स्विकृति नपाइसकेको कुरा र अहिलेको अवस्था आउनसक्ने बारे केही पनि सूचना दिइएन ।’ कन्र्फमेशन अफ इन्रोलमेन्ट दिने बेलामापनि सम्बन्धित निकायसँग समन्वय गरेन ।

 

अल्फावेटा कन्सल्टेन्सिका संचालक द्धराज शर्माले आफुहरुले विद्यार्थीहरुलाई पूर्ण रुपमा स्विकृतिको विषयमा जानकारी गराएको बताए । नेपालीपत्रसँग कुरा गर्दै उनले भने, ‘हामीले ५ जना विद्यार्थीहरुलाई एआईबिटिमा पठाएका हौं । उक्त समय कलेजले स्विकृतिका लागि आवेदन दिइसकेको थियो । हामीले सो विषय विद्यार्थीलाई जानकारी गराएका थियौं ।’ शार्माले भने यद्यपी अहिले देखिएको समस्याको भने कसैलाई आंकलन नभएको उनले बताए ।  शर्मा थप्छन्, ‘स्विकृतिका लागि आवेदन दिएको महिनौं वितिसक्दा पनि स्विकृति नदिने र पछि नियम परिवर्तन गर्ला भन्ने अनुमान नै भएन र सामान्यत कसैलाई हुँदैन पनि । यो भवितव्य हो, कसैले जानाजान विद्यार्थीलाई फँसाउने उदेश्यले गरेको होइन । एनम्याकले स्विकृति नदिंदा र नियम परिवर्तन गरिदिंदा देखिएको समस्या हो ।’ 

 

अन्तर्राष्ट्रिय विद्यार्थी परिषद् सिसाका अध्यक्ष विजय सापकोटाले कुनै एक पक्षलाई मात्र दोषि औंल्याउन नमिल्ने बताउँछन् । नेपालीपत्रसँग कुरा गर्दै अध्यक्ष सापकोटाले भने, ‘कुनै एक पक्षलाई मात्र दोषी देखाउने भन्दा पनि कुन पक्ष सबैभन्दा गैर जिम्मेवार रुपमा प्रस्तुत भयो भन्ने कुरा महत्वपूर्ण भयो । विद्यार्थीको पढाईको करिब सम्पूर्ण जिम्मा कलेजकै हुने भएकाले कलेजको गल्ती भेटियो । त्यसबाहेक कन्सल्टेन्सिहरुको गल्ती पनि छ भने विद्यार्थीहरु आफै पनि सचेत हुनुपर्छ ।’

 

समाधान के ? 

 

यो समस्याबाट करिब १२ सय नेपाली विद्यार्थीहरु पीडित भएको अनुमान गरिएको छ । अस्ट्रेलियाको नियमनकारी संस्थाले डिप्लोमा अफ नर्सिङ पढाउने एआईबिटि इन्टरनेशनललाई खारेजी गरिसकेको छ । तर उसलाई अपिलका लागि १ महिनाको समय भने दिइएको छ । उक्त अवधिमा कलेजले चित्तबुझ्दो जवाफ दिए दर्ता पुन क्र्रियासिल हुनसक्छ भने कलेज कानुनी बाटोमा पनि जान सक्छ । यद्यपी कलेजले खारेजीको १४ दिनभित्र आफ्ना विद्यार्थीलाई अन्य कलेजमा ट्रान्सफर गर्न या पैसा रिफण्ड गर्नुपर्ने कानुनी व्यवस्था छ ।

 

यस सम्बन्धमा एआईबिटिका प्रतिनिधि माईकलले अन्य कलेजमा ट्रान्सफर गर्ने प्रक्र्रिया सुरु भइसकेको जनाए । नेपालीपत्रसँगको कुराकानीका क्रममा माईकलले भने, ‘हामीले हाम्रा विद्यार्थीलाई अन्य कलेजमा स्थान्तरण गर्नका लागि अन्य शैक्षिक प्रदायक संस्थासँग छलफलको काम अघि बढाईसकेका छौं । आज भोलीमा केही निर्णय हुन्छ अनि सार्वजनिक गर्छौं ।’

 

यसका अलावा ट्युसन प्रोटेक्सन सर्भिसेज (टिपिएस)ले पनि विद्यार्थीको समस्या कसरी समाधान गर्न सकिन्छ भनेर अन्तर्राष्ट्रिय विद्यार्थी परिषदसँग छलफलको कदम अघि सारेको छ । सिसाका अध्यक्ष विजय सापकोटाले टिपिएसले आफुहरुलाई छलफलका लागि बोलाएको जानकारी दिए । नेपालीपत्रसँग कुरा गर्दै अध्यक्ष सापकोटाले भने, ‘छलफलका लागि बोलाएको छ । संभवत केही निर्णय हुन्छ होला । त्यसपछि निर्णय सार्वजनिक गछौं । हाम्रो अहिलेको न्युनतम माग भनेको ट्युसन फि रिफण्ड हो ।’

 

 यसैबीच अस्ट्रेलियन एजुकेसन कन्सल्टेन्स अलायन्स (एका) का अध्यक्ष  पि आर अधिकारीले बिज्ञप्ति प्रकासित गर्दे अहिले अन्योलमा रहेका नेपाली विद्यार्थीहरुको भबिष्य सुनिस्चित गर्न नियमकारी निकाय, कलेज र अन्य सरोकार वाला निकाय सँग अनुरोध गरेको छ ।  उच्च शिक्षा अध्ययन गर्ने अभिलासाले याहाँ आएका विद्यार्थीहरुको चहनालाई प्राथमिकता दिन एकाले सबै सरोकार निकायहरुसँग माग गरेका अधिकारीले नेपालीपत्रलाई बताए । 

 

त्यस्तै क्यानबेरास्थित नेपाली दुतावासले पनि यहाँस्थित शिक्षा मन्त्रालयलाई पत्राचार गरिसकेको छ । दुतावासकी कार्यबाहक अधिकारी दुर्पदा सापकोटाले शिक्षा मन्त्रालयले विद्यार्थीको भिजा र ट्युसन फि र पढाईको क्रेडिट लगायतका विषयमा विद्यार्थीको पक्षमा निर्णय लिन आग्रह गरेको जानकारी दिईन् । नेपालीपत्रसँग कुरा गर्दै सापकोटाले भनिन्, ‘विद्यार्थीहरुको समय र पैसा लगानी भएको छ । त्यसको उचित क्षतीपूर्ती हुनेगरी अस्ट्रेलिया सरकारले निर्णय गर्नुपर्यो भनेका छौं । मन्त्रालयले हामीलाई आस्वस्त पारेको छ तर के निर्णय गर्छ भन्ने विषय अहिले नै भन्न सकिने अवस्था छैन ।’

 

यस विषयमा गैर आवसीय नेपाली संघले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ । एनआरएनएले विज्ञप्ती जारी गर्दै सरोकारवाला पक्षहरु जिम्मेवार हुनुपर्ने धारणा राखेको छ । भने निशुल्क सोलिसिटरको व्यवस्था गर्नेभएको छ । प्रवक्ता डिला खरेलले एक विज्ञप्ती जारी गर्दै निर्णय जे भएपनि विद्यार्थीको अधिकतम हितमा हुनुपर्ने भन्दै त्यसका लागि एनआरएनलाई सम्पर्क गर्न आग्रह गरेका छन् । फाेटाे साभार टिभि कार्यक्रम सिधा कुरा जनता सँग  

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

  • 6 minutes ago
पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

एजेन्सी । पूर्वी चीनको जिआङ्सु प्रान्तको जुझाउ शहरमा रहेको एउटा निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । दिउँसो

निर्वाचनको परिणाम आएसँगै दलका कार्यालय रङ्गरोगन गरिँदै

  • 23 minutes ago
निर्वाचनको परिणाम आएसँगै दलका कार्यालय रङ्गरोगन गरिँदै

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलका लागि कार्यालय व्यवस्थापन, रङ्गरोगन र सरसफाइ सुरु गरेको छ । पहिलो हुने निर्वाचित हुन

समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो

  • 27 minutes ago
समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ ।



पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।