टेलिकमले ल्यायो ‘स्प्रिङ अफर

काठमाडौँ । नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा विभिन्न प्याकेज सहितको ‘स्प्रिङ अफर’ सार्वजनिक गरेको छ।  यसअघि उपलब्ध विन्टर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित यो अफर ल्याइएको हो।

 

मोबाइल ग्राहकका लागि प्रतिदिन ५०० एमबी डेटा २८ दिनसम्म प्रयोग गर्न सकिने छ। १४ जिबी डेटाअफर जम्मा दुई सय ९९ मा उपलब्ध गराइएको छ।

 

यो अफर अन्तर्गत १२५ मा सबै नेटवर्कमा १ जिबी र फोरजी नेटवर्कमा थप ३ जिबी गरी जम्मा ४ जिबी डेटाअफर ल्याइएको छ। ५ दिन प्रयोग गर्न सकिने यस अफरमा १०० मिनेट कुराकानी समेत गर्न सकिन्छ। यो अफर पनि २४सै घण्टा प्रयोग गर्न सकिन्छ।

 

यससँगै दुई घण्टासम्म असीमित डेटाप्रयोग गर्न सकिने गरी ३० रुपैयाँको अर्को अफर थप गरिएको छ। यो अफर २४सै घण्टा कुनैपनि समयमा उपयोग गर्न सकिने कम्पनीको भनाइ छ।   

 

कम्पनीका जिएसएम मोबाइल ग्राहकहरुका लागि जम्मा दुई सय ८० मा २८ दिनसम्म प्रयोग गर्न सकिने ४ जिबी डेटाप्याक अफर ल्याइएको छ। यो प्याक अन्तर्गत लिइएको ३ जिबी डेटाजुनसुकै समयमा र नेटवर्कमा प्रयोग गर्न सकिन्छ।

 

यसैगरी डेटाप्याक अन्तर्गत नै जम्मा ९५ रुपैयाँमा १।५ जिबी डेटाप्रयोग गर्न सकिने अफर पनि उपलब्ध गराइएको छ। यो प्याक ७ दिनसम्म २४सै घण्टा प्रयोग गर्न सकिन्छ।

 

सिडिएमए मोबाइल र वाइम्याक्स सेवाका ग्राहकहरु कम्पनीकै अन्य सेवामा रुपान्तरण हुने क्रम जारी छ। यसकारण ग्राहकका लागि विन्टर अफरका रुपमा उपलब्ध विभिन्न अफर र सुविधाहरुमध्ये सीमित अफरहरुलाई मात्र निरन्तरता दिइएको कम्पनीको भनाइ छ।

 

विभिन्न प्याकेज पाउन ग्राहकले १४१५ डायल गर्नुपर्ने छ।

 

कम्पनीकाअनुसार ‘नेपाल टेलिकम’ एप र वेबसाइटबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा किन्न सकिन्छ।  उक्त अफर अन्तर्गतका सेवाहरु भोलि मंगलबारदेखि (चैत ३१) ९० दिनसम्म उपयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जसपा दुई खेमामा

  • 5 hours ago
जसपा दुई खेमामा

काठमाडौं । जनता समाजवादी पार्टीका सांसदहरु दुई खेमामा विभाजित भएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव समुहका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा पेस गरेको विश्वासको म

आज कुन जिल्लामा कति संक्रमित थपिए ?

  • 5 hours ago
आज कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।