नेपाल टेलिकमको वेबसाइट परिमार्जन, थपियो यस्तो सुविधा

काठमाडौँ । नेपाल टेलिकमले वेबसाइट https://ntc.net.np/ लाई परिमार्जन गरी थप ग्राहकमैत्री तथा जानकारीमूलक बनाएको जनाएको छ । यसको प्रयोगमार्फत विभिन्न जानकारी तथा सुविधाहरु प्राप्त गर्न सकिने टेलिकमको दाबी छ । 

 

वेबसाइटको होमपेजमै राखिएको सेल्फ केयर एकाउन्टको प्रयोग गरी विभिन्न सेवाका बारेमा जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ । सेल्फ केयर एकाउन्टमार्फत विभिन्न सेवामा रिचार्ज गर्न, ब्यालेन्स ट्रान्सफर गर्न र प्याकेज खरिद गर्न पनि सकिन्छ । 

 

आफन्त वा साथीभाइलाई प्याकेज गिफ्ट दिन पनि सकिन्छ । त्यसैगरी आफूले खरिद गरेको प्याकेजको भोल्युमका साथै मोबाइलमा उपलब्ध ब्यालेन्सको बारेमासमेत जानकारी लिन सकिन्छ । रिचार्ज कार्डमा भएको पिन नम्बर प्रयोग गरेर तथा भिसा वा मास्टर कार्ड प्रयोग गरेर कम्पनीका विभिन्न सेवाहरुमा अनलाइन रिचार्ज पनि वेबसाइटबाटै गर्न सकिन्छ । 

 

नयाँ सिमकार्ड लिनका लागि आवश्यक के वाइ सी फारमसमेत वेबसाइटबाटै भर्न सकिन्छ । कम्पनीबाट उपलब्ध रोमिङ सेवा, फ्रेन्ड्स एन्ड फेमिली सेवा, नमस्ते क्रेडिट सेवा, मिसकल अलर्ट सेवा, डाटा रोमिङ र इन्टरनेसनल रोमिङ सेवा, भ्याल्युम एडेड सर्भिस,  फोरजी एलटीई सेवा, फाइबर टु द होम सेवा, एडीएसएल सेवा, कर्पोरेट युजर ग्रुप जस्ता सेवाहरुको बारेमा जानकारी पाइनेछ । 

 

कम्पनीद्वारा उपलब्ध गराइएका पोष्टपेड तथा प्रिपेड मोबाइल, ल्यान्डलाइन तथा अन्य विभिन्न सेवाहरुका थप विशेषताका बारेमा यसबाट प्रशस्त उपयोगी जानकारी प्राप्त गर्न सकिनेछ । त्यसैगरी रिचार्ज कार्डका ६ वटासम्म अङ्कहरु मेटिएको अवस्थामा पनि वेबसाइटबाटै रिचार्ज गर्न सकिने सुविधा प्राप्त गर्न सकिने टेलिकमको दाबी छ । 

 

नेपाल टेलिकमले वितरण गरेका स्थानीय टेलिफोन नम्बरहरुको बारेमा जानकारी लिन तथा आफूले चाहेका व्यक्तिगत वा संस्थागत ग्राहकको नम्बर पनि वेबसाइटबाटै खोज्न सकिन्छ । आफूलाई आवश्यक पर्ने नेपाल टेलिकमका कुनै पनि सेवाको बारेमा खोजी गर्न सकिने सुविधासमेत वेबसाइटको होमपेजमै उपलब्ध छन ।

 

वेबसाइटको होमपेजमै विभिन्न डाटा प्याकेजहरुको जानकारी उपलब्ध छ । यहीँबाट आफूलाई आवश्यक डाटा प्याकेज खरिद गर्न सकिन्छ । नेपाल टेलिकम मोबाइल एपको बारेमा जानकारी पनि कम्पनीको वेबसाइटमा उपलब्ध रहेको टेलिकमले जनाएको छ । । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह

  • 10 hours ago
खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोभिड–१९ विरुद्धको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गरेका छन् । नेपालस्थित राष्ट्रसंघ

शुक्रबार २० हजार ४८२ परीक्षण, झण्डै आधामा संक्रमण

  • 11 hours ago
शुक्रबार २० हजार ४८२ परीक्षण, झण्डै आधामा संक्रमण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा २० हजार ४८२ परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ स्वाबको पीसीआर बिधिबाट तथा ४९५ को एन्टिजेन बिधिबाट परीक्षण भएकोमन्त्रालयले जनाए

काठमाडौँ उपत्यकामा कति कोरोना संक्रमित थपिए ?

  • 11 hours ago
काठमाडौँ उपत्यकामा कति कोरोना संक्रमित थपिए ?

काठमाडौँ । काठमाडौं उपत्यकामा थप ४ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।