एनआरएनए यूकेको अध्यक्षको लागि ३ जनाको उम्मेदवारी, अन्य पदका उम्मेदवार को–को ?

  • मंगलबार, ५ साउन, २०७८
  • 1 week ago
  • युके

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचनका लागि मनोनयन दर्ता सकिएको छ । आउँदो जुलाई ३१ मा हुने निर्वाचनका लागि मनोनयन दर्ता सकिएको हो ।

 

निर्वाचन समितिले निकालेको तालिका अनुसार, अध्यक्षमा तीनसहित कुल ६२ जनाको उम्मेदवारी परेको छ । उनीहरुले विभिन्न ३४ पदका लागि उम्मेदवारी दिएका हुन् । अध्यक्ष पदका लागि दीपक श्रेष्ठ, रोजिना प्रधान राई र प्रेम गाहामगरको उम्मेदवारी परेको छ ।

 

दुई उपाध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षको लागि पवन शर्मा, सुनिलबाबु खड्का, तेजेन्द्र रोकामगर, गोविन्द खरेल र अमन गौचनले उम्मेदवारी दिएका छन् । महिला उपाध्यक्षमा प्रसुना कंडेल, शकुन्तला गुरुङ र सरस्वती केसी गरि तीन जनाको उम्मेदवारी परेको छ । महासचिव पदका लागि जीत रानाभाट, डा. मुकुन्द बास्तोला र खुशी लिम्बुले उम्मेदवारी दर्ता गरेका छन् ।

 

उम्मेदवारहरु

 

अध्यक्ष

– दीपक श्रेष्ठ

– रोजिना प्रधान राई

– प्रेम गाहामगर

 

उपाध्यक्ष

– पवन शर्मा

– सुनिलबाबु खड्का

– तेजेन्द्र रोकामगर

– गोविन्द खरेल

– अमन गौचन

 

महिला उपाध्यक्ष

– प्रसुना कँडेल

– शकुन्तला गुरुङ

– सरस्वती केसी

 

महासचिव

– जीत रानाभाट

– डा. मुकुन्द बास्तोला

– खुशी लिम्बु

 

सचिव

– धातानन्द खरेल (डिएन खरेल)

– ज्ञानेन्द्र आले

– विशाल गुरुङ

– विष्णु चालिसे

 

महिला सचिव

– कल्पना त्रिपाठी

– नम्रता घले गुरुङ

 

कोषाध्यक्ष

– विष्णुप्रसाद खरेल

– धनसरी राई

 

सह-कोषाध्यक्ष

– हेम गुरुङ

– शशांक शर्मा

 

युथ कोअर्डिनेटर

– तीर्थबहादुर मल्ल (अनिल)

– चन्दन गुरुङ

 

महिला संयोजक

– मनिकला राई गुरुङ

– विमला लिम्बु

 

आइसीसी सदस्यको ७ पद

– समिर खनाल

– दिनेश घिमिरे

– कोशलेश्वर ढकाल (कृष्ण)

– अर्कराज तिमिल्सिना

– केदार थपलिया

– राजेन्द्रप्रसाद पुडासैनी

– महेश अधिकारी

– एलएन पाण्डे

– भिमलाल भट्टराई

 

सदस्यहरु

सुशिल प्रजापति, ईश्वर महर्जन, इन्दिरा (सपना) खनिया, विशाल राई, सुमन शर्मा, सुरेश परियार, हिरा (दीपक) सापकोटा, पदमबहादुर गोले, मोहन ओली, भिमलाल खनाल, देउमान इजम, चम्पा थापामगर, पदमबहादुर शाही, भानुभक्त घिमिरे, गीता रायमाझी, ठाकुरप्रसाद ढुंगाना, दिपक ढकाल, उपेन्द्र पौडेल, बालकृष्ण दाहाल र चेतबहादुर राना

 

स्कटल्याण्डबाट केन्द्रमा प्रतिनिधित्व गर्ने उपाध्यक्ष

– मोहन कार्की

– छविलाल अर्याल

 

नर्दन आयरल्याण्डबाट

– नारायण कँडेल

– नारायण कुंवर

 

वेल्सबाट

– रामचन्द्र पोखरेल

 

वेल्स र नर्दन आयरल्यान्ड राज्य परिषद् निर्विरोध

 

एनआरएनए यूकेअन्तर्गतका चार वटै राज्य समन्वय परिषदहरुको लागि पनि सोमबार उम्मेदवारी दर्ता भएको छ । निर्वाचन समितिका अनुसार वेल्स र नर्दन आयरल्यान्ड राज्य परिषदको सिंगो कार्यसमिति नै निर्विरोध भएका छन् । स्कटल्यान्डमा सबै र इंग्ल्याण्डमा अधिकांश पदमा दोहोरो उम्मेदवारी परेको छ ।

 

इंग्ल्याण्ड परिषदमा अध्यक्षमा डा मीन रानाभाट र एलबिजेड गुरुङको उम्मेदवारी परेको छ भने स्कटल्यान्डको अध्यक्षमा काशिराम भण्डारी, दिवाकार पाण्डे र शिवकान्त खराल गरी तीन जनाको उम्मेदवारी परेको छ । नर्दन आयरल्यान्डको अध्यक्षमा बलबहादुर थापा र वेल्सको अध्यक्षमा कृष्ण भण्डारीसहित दुवै परिषदका सिंगो कार्यसमिति निर्विरोध भएका छन् ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज काठमाडौँ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

  • 5 minutes ago
आज काठमाडौँ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौँ । काठमाडौँ जिल्लामा थप ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुरमा ९९ जनामा र ललितपुरमा ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेता छलफल गर्दै

  • 7 minutes ago
बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेता छलफल गर्दै

काठमाडौँ । सत्तारुढ गठनबन्धनका शीर्ष नेता छलफलमा जुटेका छन् । मन्त्रालय भागबण्डा तथा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्नको लागि तीन दलका नेताहरु जुटेका हुन् ।

नेपालमा काेराेना संक्रमण, यस्ताे छ पछिल्लाे अपडेट

  • 18 minutes ago
नेपालमा काेराेना संक्रमण, यस्ताे छ पछिल्लाे अपडेट

काठमाडौँ । नेपालमा थप ३१२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३८११ नमुना परीक्षण गर्दा ३१२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



पर्यटन

नेपालकाे ‘भाइरल रोड’

नेपालकाे ‘भाइरल रोड’

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको पहुँचमार्ग । सडक निर्माण भएसँगै टिकटक, भिडियो र फोटो खिच्न आउनेको यहाँ भीड हुने गर्छ । पछिल्लो समय उक्त सडक ‘भाइरल रोड’ का नामले परिचित छ । तस्बिरः शेरबहादुर सिंह/रासस

जीवनशैली

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

एजेन्सी । दाँतको दुखाइबाट छुटकरा पाउन हामीले यहाँ केही घरेलु उपायहरूबारे जानकारी प्रस्तुत गरेका छौं ।