एनआरएनए जर्मनीका अध्यक्षमा पन्त विजयी

बर्लीन । गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् जर्मनीका अध्यक्षमा मिलनराज पन्त विजयी भएका छन् । उनले आफ्ना निकटतम् प्रतिस्पर्धी निनम्मा राईलाई २५७ मतान्तरले पछाडि पारेका हुन् । निर्वाचन समितिका अनुसार नवनिर्वाचित पन्तले ८८२ र राईले ५७१ मत प्राप्त गरेका थिए ।

 

उनीहरु दुवै निवर्तमान कार्यसमितिको उपाध्यक्षसमेत थिए । दुई खुला उपाध्यक्ष पदमा लोकमणि ढकाल र मेनका त्रिपाठी विजयी हुनुभएको छ । यसअघि महासचिव पदमा रहेका ढकालले अहिले उपाध्यक्ष पदमा ७५१ मत र यसअघि सचिव पदमा रहेका त्रिपाठीले ५८४ मत ल्याएर उपाध्यक्ष पदमा विजयी भएका हुन् ।

 

महिला उपाध्यक्ष पदमा करुणा तुलाधर राई आफ्नो प्रतिष्पर्धी राजन देवी गौतमलाई १५८ मतान्तरले हराउँदै ७३२ मतका साथ विजयी थिए । महासचिव पदमा राजेश सुनार ७७५ मतका साथ विजयी भए । उनी संस्थामा यसअघिका दुई कार्यकाल सचिव रहेका थिए । उनका प्रतिद्वन्द्वी सिजन दाहालले भने ५९९ मत प्राप्त गरेका थिए । उनी नेपाली काँग्रेस निकट जनसम्पर्क समितिकासमेतको प्रवक्ता रहेका छन् ।

 

सचिव पदमा निमा राजभण्डारी अर्याल र सुजन बर्तौला विजयी भएका छन् । उनीहरुले क्रमशः ९३६ मत र ५३१ मत प्राप्त गरे । दुई सचिव पदका लागि भएको निर्वाचनमा तीन जनाको उम्मेदवारी परेको थियो ।

 

यस्तै एक अन्तरराष्ट्रिय समन्वय परिषद् सदस्य (आइसिसी) पदका लागि भएको निर्वाचनमा सर्वाधिक ९४३ मतका साथ शङ्कर डाँगी विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी विनोद अधिकारीलाई ५७४ मतको सर्वाधिक फराकिलो अन्तरले पछि पारेर आइसिसीको यात्रा तय गरेका हुन् ।

 

कोषाध्यक्ष पदमा भरत कुमार चलाउने, युवा संयोजकमा सुदिप सापकोटा, सांस्कृतिक संयोजकमा लक्ष्मण जोशी, भाषा तथा बालबालिका संयोजकमा मिरा पौडेल र महिला संयोजकमा सोनी तुलाचन निर्विरोध निर्वाचित भएका छन् ।

 

एक हजार ५९५ पञ्जीकृत सदस्य रहेको जर्मनीमा एक हजार ४३३ जनाले विद्युतीय प्रणालीमार्फत मतदान भएका थिए । कूल मतदातामध्ये ८९ दशमलव ८४ प्रतिशतले मतदानमा भाग लिएको प्रमुख निर्वाचन आयुक्त हरेन्द्र वनेमले जानकारी दिए ।

 

अनलाइन भोटिङको जिम्मेवारी स्पेनको साइटल इलेक्सन टेक्नोलोजी नामक कम्पनीले लिएको थियो । स्पेनको सो कम्पनीले तीन लाख २६ हजार भन्दाबढी विद्युतीय निर्वाचन सम्पन्न गरिसकेको छ । यहि कम्पनीले स्पेनको एनआरएनए निर्वाचन पनि सम्पन्न गराएको थियो ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

महालक्ष्मीको १६ दिने व्रत समापन गरिँदै

  • 18 seconds ago
महालक्ष्मीको १६ दिने व्रत समापन गरिँदै

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिन लामो महालक्ष्मी व्रत आज समापन गर्दै छन् ।

सर्लाही जिप्रकाबाट एकै दिनमा नागरिकता

  • 3 minutes ago
सर्लाही जिप्रकाबाट एकै दिनमा नागरिकता

सर्लाही । जिल्ला प्रशासन कार्यालयले चालु आवको दुई महिनामा छ हजार २३९ जनालाई नागरिकताको प्रमाणपत्र दिएको छ । भरखरै सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले कर्माचारीको अभावमा पनि नागर

पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै विकृति अन्त्यको आधारः अर्थमन्त्री

  • 24 minutes ago
पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै विकृति अन्त्यको आधारः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले निर्वाचन जित्नैपर्ने परिपाटी र राजनीतिमा देखिएको विकृति अन्त्यका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अगाल्नुपर्नेमा जोड दिएका छन् । उनले भने“ नेपाली विशेषताका



पर्यटन

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

कास्की । पोखरामा मौसम खुलेसँगै हिमालहरुको दृश्य लोभलाग्दो देखिएको छ । पोखराबाट देखिने अन्नपूर्ण, माछापुच्छ्रे , धौलागिरी, हिमचुली लगायतका हिमालका कारण पोखरा विश्व पर्यटन बजारमा प्रख्यात छ।

जीवनशैली

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । तुलसीको बिरुवा हिन्दु धर्ममा सम्मानित मानिन्छ। तुलसी बिरुवा वास्तु दोषहरुको नाशक मानिन्छ। वास्तु शास्त्रका अनुसार तुलसीको बिरुवाले घरमा सकारात्मक उर्जा उत्पादन गर्दछ र नकारात्मक उर्जा नष्ट गर्दछ। तुलसीको विरुवालाई दैनिक बिहान पानी दिएर, धेरै प्रकारका वास्तु दोषहरुलाई हटाइन्छ। तुलसी विष्णु पूजामा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ।

विचित्र विश्व

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

एजेन्सी । अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो ।