एनआरएन अष्ट्रेलियाको अध्यक्षमा कंडेलको उम्मेदवारी, को हुन् कंडेल ?
- आइतबार, ८ बैशाख, २०७६
- 3 years ago
- अष्ट्रेलिया
सिड्नी । गैर आवासिय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाको अध्यक्षमा पदको लागि केशव कंडेलको उमेदवारीको घोषणा गरेका छन् । बिगत दुई दशकदेखि अष्ट्रेलियामा बस्दै आएका कंडेलले शनिबार फेसबुकमा एक पोस्ट गर्दै आफूले उम्मेदवारी दिएको घोषणा गरेका हुन् ।
कंडेल सन् १९९८ मा विद्यार्थी भिसामा अष्ट्रेलिया पुगेका थिए । अष्ट्रेलियाको भिक्टोरियामा हुने प्रायः सबै कार्यक्रममा पुग्ने उनलाई समाजसेवीको रुपमा पनि चिनिन्छ । उनी सन् २००८ देखी निरन्तर रुपमा एनआरएनएको हरेक अभियानमा लागिपरेका छन् ।
उनको पोस्ट्
आदरणीय अष्ट्रेलियाबासी आमाबुवा, दिदीबहिनी, दाजुभाइ, मीडियाकर्मी साथीहरु तथा समस्त एनआरएनएका मेरा सहकर्मी मित्रहरुमा नमस्कार अनि न्यानो अभिवादन !
म ‘केशव कंडेल’ सन् १९९८ मा अष्ट्रेलियाको मेल्बर्नमा बिध्यार्थीको रुपमा आएदेखी नै भिक्टोरियामा हुने लगभग सबै कार्यक्रमहरु मा मन बचन र कर्मले स्वयम्सेवीको रुपमा सकृय रुपमा सहभागी भएको कुरा यहाँहरु सबैलाई अवगत नै छ । अध्यायन सकेर आफ्नो अष्ट्रेलियाको बसाइलाई अलिक सहज बनाएसँगै म २००८ देखी निरन्तर रुपमा एनआरएनएको हरेक अभियानमा मन, वचन र कर्मले सहभागी भएर आफूले शतप्रतिसत दिएको स्मरण गरिरहँदा मलाई सधै आत्मसन्तुष्टि मिल्छ । २००८–२०११ सम्म स्वयंसेवक, २०११–२०१३ एनसीसी मेम्बर, २०१३–२०१५ भिक्टोरिया स्टेट सचिव, २०१५–२०१७ र २०१७–२०१९ गरी दुई कार्यकाल उपाध्यक्ष एवं भिक्टोरिया स्टेटको संयोजक भएर काम गर्ने मौका दिनु भएकोमा म यहाँहरु सबैप्रति आभारी छु ।
स्वयमसेवकदेखि स्टेट संयोजक वा उपाध्यक्ष सम्मको यात्रामा सधै मैले आफ्नो जिम्मेवारी इमान्दारी पूर्वक निभाएको छु । सामाजिक कार्य गर्दै गर्दा मेरो व्यवसायीक कार्यहरु नआउन भनेर मैले सधै सर्तकता अपनाउदै ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ नहोस भनि सधै विचार पुराउदै आएको छु । एनआरएनए अष्ट्रेलियाको बिधान परिवर्तन सँगै यस संस्था नयाँ दिशामा जान लागेको छ । यो अवस्थामा यसको कार्यन्वयनको लागि संस्थालाई निश्चय नै अनुभबी एबं परिपक्क्व नेतृत्त्वको आवश्यकता रहेको छ । सँस्था प्रती इमान्दारिता एबं निष्ठा भएको ब्यक्तीले नै यसको नेतृत्त्व गर्नु पर्ने आजको आवश्यकता हो ।
यी कुराहरु मेरो अनुभब र इमान्दारिताले पुरा गर्न सक्छु भन्ने दृढ बिश्वास सहित २०१९–२१ को लागी एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदको लागि आफ्नो उम्मेद्वारी दिने तयारी गरिरहेको ब्यहोरा अवगत गराउन चाहन्छु ।
मलाई थाहा छ पद सँगै जिम्मेवारी पनि आउंछ र म त्यो जिम्मेवारी पुर्ण निष्ठा एबं इमान्दारिताका साथ निभाउने प्रतिबद्दता पनि गर्न चाहन्छु ।
यो उम्मेद्वारी दिने तयारी गर्दै गर्दा म एक ब्यक्ती एक पदको मान्यता अनुरुप र सस्थालाई ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ बाट बाहिर राख्न आफु आबद्ध एनआरएनए बाहेकका अरु सबै सस्थाहरु को पदिय जिम्मेवारीबाट आजैको दिन देखी राजिनामा दिएको जानकारी पनि गराउन चाहन्छु र आगामी २ बर्ष एनआरएनए बाहेक अन्य संस्थामा म कुनै पनि पदीय जिम्मेवारीमा नरहने ब्यहोरा अवगत गराउन चाहन्छु ।
अब चाँडै नै म तपाईंहरु समक्ष मेरा प्रस्तावित कार्यक्रमहरु को खाका सहित आउनेछु । तपाईंहरुको सर सल्लाह एबं सुझाव मलाई हरपल चाहि रहनेछ र सदा झै विशेष सुझाव र सहयोग को लागि म छिट्टै प्रत्यक्ष वा कुनै न कुनै माध्यमबाट आउनेछु ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने तयारी सुरु
- 6 minutes ago

हेटौँडा। सत्तारुढ दलका सांसदहरुले बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने तयारी सुरु गरेका छन्। प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द
इजरायली संसद् विघटन, तत्काल नयाँ निर्वाचन
- 17 minutes ago

जेरुसेलम। इजरायली सांसद्हरूले बिहीबार संसद भङ्ग गर्ने विधेयकलाई अनुमोदन गरेका छन्। प्रधानमन्त्री नाफ्ताली बेनेटको क्रस(पार्टी गठबन्धनले संसदमा बहुमत गुमाएपछि संसद् भङ्ग भएको हो। चार वर्षभन्दा
सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छः प्रधानमन्त्री
- 22 minutes ago

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र नागरिकलाई केन्द्रमा राखेर सत्यतथ्य र आधिकारिक समाचारमार्फत् आम जनतालाई सुसूचित गराउने दायित्व बहन गर्न राससलाई आग्रह गरेका छन्। प्रधानमन्त्री न
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।