उद्धार र राहत वितरण पूर्ण रुपमा पारदर्शिताः गैरआवासीय नेपाली संघ
१ लाख ७० हजार भन्दा बढीलाई राहत
- आइतबार, २२ चैत, २०७७
- 2 weeks ago
- युके

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सन् २०१९ को डिसेम्बरबाट विश्वभर फैलिरहेको कोभिड–१९को महामारीपछि भएका उद्धार र राहतको विवरण सार्वजनिक गरेको छ । संघले शनिवार साँझ भर्चुअल पत्रकार सम्मेलनको आयोजना गर्दै ५० देशका कम्तीमा पनि ३ सय भन्दा बढी शहरहरु र राज्यहरुमा रहेकाकरिब १ लाख ७० हजार भन्दा बढी नेपालीहरुलाई राहत दिएको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष कुमार पन्तले संघले नेपाल सरकारसँग मिलेर महामारीको बेला संघले खाना तथा बासको व्यवस्था, घर फिर्ती कार्यका लागि आंशिक हवाई टिकट तथा पीसीआर सेवा, मानसिक स्वास्थ्य परामर्श सेवा तथा स्वास्थ्य समस्यामा परेका नेपालीहरुलाई सहयोग गरेको बताए ।
संघले समस्यामा परेका नेपालीश्रमिकहरु मध्ये घर फिर्तीको लागि ३२४ जनालाई पीसीआर तथा २१७ जनालाई आंशिक हवाईजहाज टिकटको समेत व्यवस्था गरिएको जनाएको छ । सम्मेलनमा गैरआवासीय नेपाली संघका महासचिव डा। हेम राजशर्माले नेपालीहरुको मानसिक स्वास्थ्यलाई विशेष ध्यानमा राखेर संघलेविश्वभर दुई सय भन्दा बढि नेपाली डाक्टरहरु परिचालन गरेको जानकारी दिए । संघले कार्यकालागि अमेरिका, बेलायत, यूरोपियन क्षेत्र, मध्यपूर्वी क्षेत्र, अफ्रिकन क्षेत्र र एसियाप्रशान्त क्षेत्रहरुमाअनुभवी स्वास्थ्यकर्मी र डाक्टरहरुलाई परिचालनगरिएको गैरआवासीय नेपाली संघले जनाएको छ ।
पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष डा। बद्री केसीले अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सहयोगबाट रोजगारी गुमाएका, समान्य गल्तीका कारणले स्वदेश फर्कन बाध्य बनाइएका, महिला, अपाङ्गता भएका व्यक्ति, बिरामी जस्ता विशेष आवश्यकता भएका व्यक्तिका लागि खर्चिएको जानकारी दिनुभयो ।संघले अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सहयोग धेरै श्रमिक नेपालीहरु भएको देश मलेसिया, कतार, यूएई र साउदी अरब , बहराईन, कुवेत तथा ओमान लगायतका मुलुकमा राहत र उद्धारको विशेष अभियान चलाएको थियो ।
संघका प्रवक्ता डिबी क्षेत्रीले संचालन गरेको पत्रकार सम्मलेनमा संघका अन्य पदाधिकारीहरुको समेत उपस्थिती थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
इन्डोनेसियामा ५३ सैनिक सहित बेपत्ता नौसैनिक पनडुब्बीको खोजी तिब्र
- 2 minutes ago

एजेन्सी । नियमित अभ्यासका क्रममा ५३ जना चालक दलका सदस्यसँगै बेपत्ता भएको नौसैनिक पनडुब्बीको इन्डोनेसियाली युद्धपोतहरुले बिहीबार बिहानैदेखि खोजी कार्यलाई तिब्र बनाएका छन् ।
नाइजेरियाली संसदद्वारा २.७ अर्ब डलर ऋण लिने प्रस्ताव स्वीकृत
- 6 minutes ago

एजेन्सी । नाइजेरियाको सिनेटले राष्ट्रपति मुहम्मद बुहारीको अन्तर्राष्ट्रिय संस्थाहरुबाट २।७ अर्ब डलर ऋण लिन सक्ने एक महत्वाकाँक्षी योजनालाई अनुमोदन गरेको छ । नाइजेरियाको आयको प्रमुख स्रोत तेलको मूल्यमा
ओली र नेपालको भेटवार्ता सकियो
- 8 minutes ago

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्ता सकिएको छ । नक्सालस्थित मेरियट होटलमा भएको दोस्रो दिनको वार्ता सकिएको हो ।
पर्यटन
खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।
जीवनशैली
यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।
विचित्र विश्व
च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।