राजेश हमाल र दिलभुषण पाठकका साथमा एनआरएन यूकेले बृहद अन्तरक्रिया गर्दै

  • शुक्रबार, २२ आषाढ, २०७५
  • 2 years ago
  • युके

लन्डन । युवाहरु लाई लक्षित गर्दै एनआरएन यूकेले नेपाली सिनेमाका महानायक राजेश हमाल र चर्चित पत्रकार दिलभुषण पाठकको सहभागितामा एक बृहद अन्तरक्रिया आयोजना गर्ने भएको छ । 

 

 बेलायतस्थित नेपाली युवाहरुलाई एनआरएन अभियान तथा समग्र नेपालसंग जोड्ने प्रयास स्वरूप एन आर एन यूके युवा विभागले उक्त कार्यक्रम गर्न लागेको हो । 

 

जुलाई २१ तारिख शनिबार टिडवर्थ ग्यारिजन थिएटरमा 'म अनि मेरो मातृभूमि' विषयक अन्तरक्रियामा राजेश हमाल र दिलभुषण पाठकसंगै एन आर एन केन्द्रीय अध्यक्ष भवन भट्ट समेत सहभागी हुने कार्यक्रम संयोजक एनआरएनए यूके युवा संयोजक एलबीजेड गुरुङले जानकारी दिए ।

 

बिहीबार लन्डनस्थित साउथ हयारोमा आयोजित एक पत्रकार सम्मेलनमा संयोजक गुरुङले युवा लक्षित प्रेरणादायी कार्यक्रमका लागि राजेश हमाल १९ जुलाइमा, दिलभुषण पाठक १८ जुलाइ र भवन भट्ट २० जुलाइमा लन्डन आइपुग्ने जानकारी दिए ।

 

 बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी र महासचिव आर के त्रिपाठी पनि अतिरिक्त वक्ताका रुपमा हुनेछन् ।

 

कार्यक्रम संयोजक गुरुङले उक्त कार्यक्रममा सहभागी भएर सफल बनाइदिन सबैमा आग्रह गरेका छन् ।

 

नेपाल सरकार समृद्धिको प्रमुख नारा लिइ अगाडि बढिरहेका बेला युवा तप्कालाई प्रतिनिधित्व गर्ने हस्तीहरुले आ आफ्ना अनुभव बांड्नेछन् । उनीहरुले अन्तरसंवादका क्रममा देश समृद्धिका लागि प्रवासका नेपाली र युवाहरुको समेत विशेष भूमिका रहनेबारे बताउनेछन् । 

 

पत्रकार सम्मेलनमा एनआरएनए यूके महासचिव आरके त्रिपाठीले युवा लक्षित यस कार्यक्रम एनआरएनए यूके इतिहासमा पृथक  र ऐतिहासिक हुने बताए ।

 

उक्त कार्यक्रम पूर्व मिस यूके नेपाल गौमाया गुरुङले सञ्चालन गर्नेछन् ।

 

कार्यक्रममा जीवा लामिछाने, कुमार पन्त र कुल आचार्य समेत सहभागी हुनेछन् । कार्यक्रममा एनआरएनए यूके प्रमुख संरक्षक डमर घले, संरक्षकहरु महन्त श्रेष्ठ, सूर्य गुरुङ, कुल आचार्य, योगेन क्षेत्री, महेन्द्र कंडेल र मुछेत्र गुरुङ पनि सहभागी हुने बताइएको छ ।

 

कार्यक्रमको लागि टिडवर्थ नेप्लिज कम्युनिटीले पनि सहयोग गरिरहेको कार्यक्रम संयोजक एलबिजेड गुरुङले बताए । 

 

कार्यक्रमबारे कुनै पनि जानकारीका लागि संयोजक एलबिजेड गुरुङलाई 07988320082 मा सम्पर्क गर्न सकिनेछ । 

 

कार्यक्रममा सहभागिताका लागि एनआरएन यूके अध्यक्ष योगकुमार फगामीले पनि बेलायतवासी सम्पुर्ण नेपालीहरुलाई आव्हान गरेका छन । 

तस्विर- शिव भण्डारी


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मंगलबार ४ हजार १२७ स्वाब परीक्षण

  • 5 minutes ago
मंगलबार ४ हजार १२७ स्वाब परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार १२७ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा थप ७८ जनामा कोरोना पुष्टि

  • 7 minutes ago
नेपालमा थप ७८ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य

'ओलीलाई नेकपाले मात्र हटाउनसक्छ, अरुले सक्दैनन् '

  • 22 minutes ago
'ओलीलाई नेकपाले मात्र हटाउनसक्छ, अरुले सक्दैनन् '

धनगढी । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले साझा र समृद्ध नेपाल बनाउनलाई सबै मिल्नुपर्ने बताएका छन् ।



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

चिया टिप्दै प्रियंका गान्धी !

चिया टिप्दै प्रियंका गान्धी !

एजेन्सी । पछिल्लो समय प्रियंका गान्धी बाद्रा आसाममा हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीको प्रचारमा व्यस्त रहेकी छन् । दुई दिनको प्रचार कार्यक्रममा उनले बिश्वनाथमा चिया आदिवासीहरूसँग मंगलबार कुराकानी गरेकी छन्।