एनआरएन यूकेलाई च्यारिटीमा दर्ता गर्ने प्रक्रिया सुरु

  • बुधबार, १३ आषाढ, २०७५
  • 2 years ago
  • युके
च्यारिटी दर्ताको लागि संयोजक प्रवक्ता रमेश सराङकोटी ( बाँया) र सहसंयोजक सचिव तारानाथ भण्डारी तोकिएका छन्

लन्डन । स्थापनाको झण्डै डेढ दशकपछि गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेलाई एक च्यारिटी संस्थाका रुपमा दर्ता गर्ने  प्रक्रिया सुरु गरिएको छ ।

 

एनआरएन यूकेले प्रवक्ता रमेश सराङकोटीलाई संयोजक तथा सचिव तारानाथ भण्डारीलाई सहसंयोजक बनाएर च्यारिटी दर्ताको प्रक्रियालाई अघि बढाउन जिम्मेवारी समेत दिएको छ । 

 

'एनआरएनको  दायरा लगानी , दोहोरो नागरिकता लगायतका मुद्धामा मात्र सिमित छैन, च्यारिटीमुलक कार्यहरुमा पनि उत्तिकै सक्रियताका साथ संलग्न रहदै आएकाले च्यारिटी संस्थाको रुपमा दर्ता गर्नुपर्ने आवश्यकता महसुस भएको हो', च्यारिटी दर्ताको संयोजन गरिरहेका एनआरएन यूके प्रवक्ता रमेश सराङकोटीले भने । 

 

बेलायतको कानुनअनुसार कोष संकलन गरेर च्यारिटीमुलक कार्यहरु सञ्चालन गर्ने संस्था च्यारिटी संस्थाका रुपमा दर्ता भएको हनुपर्छ । यसरी च्यारिटीका रुपमा दर्ता भएका संस्थाले च्यारिटीका लागि उठाउने हरेक कोषमा सरकारले गिफ्ट एड को रुपमा प्रतिशत कोष थप गरिदिने व्यवस्था छ । 

 

च्यारिटी संस्थाको रुपमा दर्ता भइसकेपछि एनआरएन यूकेलाई च्यारिटीमुलक कार्यक्रमहरुको सञ्चालन थप सहज र प्रभावकारी हुने विश्वास प्रवक्ता सराङकोटीको छ । 

 

एनआरएन यूकेलाई च्यारिटीमा दर्ता गर्ने प्रक्रियाको सम्पुर्ण प्राविधिक जिम्मेवारी एकाउण्टेन्ट लेखनाथ घिमिरेलाई लगाइएको छ । 

 

एनआरएन यूकेका सल्लाहकार तथा सदस्यहरुलाई च्यारिटी दर्ताको सम्बन्धमा कुनै सुझाव, सल्लाह भए आउंदो जुलाई महिनाको ३ तारिखभित्रै पठाउन आव्हान गरिएको छ । च्यारिटी दर्ताको प्रक्रिया ३ देखि ६ महिनासम्म पूरा हुने अपेक्षा गरिएको छ । 

 

 

बेलायतस्थित धेरै नेपाली संघसंस्थाहरुले यहांको कानुनअनुसार च्यारिटीका रुपमा दर्ता नगरेर पनि कोष उठाउने र च्यारिटी कार्यक्रमहरु सञ्चालन गर्ने गर्दै आएको भएपनि पछिल्लो समय दर्जनौं नेपाली संस्था च्यारिटीमा दर्ता भइसकेका छन् भने कतिपय अहिले दर्ता गराउने प्रक्रियामा छन् । 

 

 

 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सुन्दै आश्चर्यचकित लाग्ने यी बलिउड कलाकारहरुको बानी

  • 1 hour ago
सुन्दै आश्चर्यचकित लाग्ने यी बलिउड कलाकारहरुको बानी

एजेन्सी । हरेक मानिसको आ–आफ्नो जीवनशैली हुन्छ । बलिउडमा काम गर्ने सेलिब्रिटीहरुको पनि केही आश्चर्य लाग्दा बानीहरु रहेका छन् ।

नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

  • 1 hour ago
नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ । आज बस्ने भनिएको नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ । बालुवाटारमा ओली समुहको स्थायी कमिटी बैठक बोलाइएको थियो ।

ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु

  • 1 hour ago
ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु

बुटवल । जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको जिल्ला



पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।