नेपालको नागरिकता ऐन संशोधन विधेयकमा एनआरएन यूकेले पठायो ७ बुंदे सुझाव
- शुक्रबार, १ भदौ, २०७५
- 2 years ago
- युके

लण्डन । नेपालको संघीय संसदमा पेश भएको नागरिकता ऐनमा संशोधन गर्न बनेको विधयेकका सम्बन्धमा गैरआवासीय नेपाली संघले विभिन्न सुझावहरु पेश गरेको छ ।
शुक्रबार बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीमार्फत एक ७ बुंदे ज्ञापनपत्र पठाउंदै एनआरएन यूकेले विधेयकमा बेलायतबासी नेपालीहरुको चासो र चिन्तासहित ध्यानाकर्षण गराएको छ ।
विधेयकमा गैरआवासीय नेपालीहरुसंग सरोकार रख्ने कतिपय प्रवाधानहरु छुटेको, समावेश भएका कतिपय प्रावधानले गम्भिर असर पार्ने देखिएको र कतिपय प्रवाधान स्पष्ट पार्न अत्यावश्यक भएको ठहर गर्दै एनआरएन यूकेले ती बुंदाहरुमा नेपाल सरकार, संघीय संसद र सरोकावाला निकायहरुको ध्यानाकर्षण गराउन ज्ञापनपत्र पठाएको हो ।
नेपालको संविधानले गैरआवासीय नेपालीहरुको लागि नागरिकताको व्यवस्था गरेकोमा खुशी व्यक्त गर्दै एनआरएन यूकेले संघीय संसदमा नेपालको नागरिकता ऐन २०६ लाई संशोधन गर्न बनेको विधेयक पेश भएकोमा यसको प्रशंसा समेत गरेको छ ।
नेपालको उन्नति, समृद्धि र विकासमा लाग्न विश्वका जुनसुकै देशमा रहेका नेपालीहरुलाई पनि आत्मसम्मान र आत्मगौरव हुने अवस्था सिर्जना गराउनका लागि पनि ज्ञापनपत्रमा समेटिएका सुझावलाई विधेयकमा समेटिने विश्वास एनआरएन यूकेले व्यक्त गरेको छ ।
'गैरआवासीय नेपालीहरुमा सबैभन्दा ठूलो चासो र चिन्ताको विषय नै नागरिकतासंग सम्बन्धित छ । नेपालको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधीसभामा पेश भएको मौकामा हामीले हाम्रो यहि चासो र चिन्तालाई रचनात्मक रुपमा सरोकारवाला निकायसम्म राख्ने कोशिस गरेका हौं', एनआरएन यूके अध्यक्ष योगकुमार फगामीले भने ।
७ वटा विभिन्न बुंदामा सुझावहरुसहितको ज्ञापनपत्र तयार गर्नुअघि एनआरएन यूकेले बेलायतबासी नेपालीहरुबाट विधेयकका सम्बन्धमा धारणा र राय , सुझाव संकलन गरेको थियो । सबैको सुझाव र सरोकारलाई समेटेर ७ बुंदे ज्ञापनपत्र तयार गरिएको एनआरएन यूके प्रवक्ता रमेश सराङ्कोटीले जानकारी दिए ।
ज्ञापनपत्रको पुर्णपाठ :
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौँमा मात्रै थप ९८७ जनामा कोरोना संक्रमण
- 28 minutes ago

काठमाडौँ । काठमाडौँमा थप ९८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ललितपुरमा १०६ जनामा र भक्तपुरमा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय काठमाडौ
नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण
- 32 minutes ago

काठमाडौँ । नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पिसिआरबाट २३६५ र एन्टिजेनबाट ६३ गरी २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु
- 42 minutes ago

काठमाडौँ । काठमाडौंँको पेप्सीकोलाबाट मध्यपुरथिमि नगरपालिका–२ सानो ठिमीतर्फ आउँदै गरेको रा २ प ४४३७ नंको मोटरसाइकल र मगर गाउँबाट पेप्सीकोलातर्फ जाँदै गरेको वा ३ ख ४४६५ नंको टिपर ठोक्किएर दुर्घटना हुँदा
पर्यटन
खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।
जीवनशैली
यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।
विचित्र विश्व
च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।