आईना बार्कालाई एनआरएनए युकेले सहयोग गर्ने

Norvic Hospital
  • शुक्रबार, २२ आषाढ, २०७५
  • 3 years ago
  • युके

लण्डन । स्पेनमा जन्मेर नेपालमा सुस्तमनस्थिति या बौद्धिक अपाङ्गता भएका र समाजमा उपेक्षित बालबालिकाको शिक्षादिक्षामा महत्वपुर्ण  योगदान गर्दै आएकी चेली आईना बार्कालाई एनआरएनए युकेले सम्मान एवं सहयोग गर्ने भएको छ । ’फेमिलिया दी हेटौडा’ नामक संस्थामार्फत उनले सुस्तमनस्थितिका बालबालिकाका निम्ति मकवानपुरको हेटौडामा छात्रावास र विद्यालय सञ्चालन गर्दै आएकी छन् । 

 

बार्का नेपाल ब्रिटेनडटकमले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन लण्डन आउंदै छन् । जुलाई २२ मा लण्डनको साउथह्यारो फुटबल क्लबमा नेपाल ब्रिटेनडटकमको वार्षिक तथा वर्षव्यक्ति घोषणा कार्यक्रममा उनले नेपालमा बौद्धिक अपाङ्गता भएका बालबालिकाको अवस्था, सामाजिक उपेक्षा र शिक्षादिक्षाको उपलब्धताबारे प्रस्तुति दिनेछिन् । 

 

यही अवसर पारेर एनआरएनए युकेले समेत उनको महत्वपुर्ण मानवीय कार्यको सम्मान र सहयोग गर्न लागेको हो । हाल अस्थायी टहरामा पठनपाठन हुंदै आएकोमा बन्दै गरेको स्थायी विद्यालयका निम्ति आर्थिक सहयोग जुटाउने अभियानमा बार्का लागिरहेकी छिन् । 

 

बौद्धिक अपाङ्गताबारे नेपालमा खास बहस र छलफल नहुने गरेको तथा त्यस्ता बालबालिकाका निम्ति अलग्गै शिक्षालय र तालिमहरूको अभाव रहेको उनी बताउंछिन् । त्यस्ता बालबालिकाले सम्मानपुर्वक जीवनयापन गर्न मुस्किल हुने गरेको उनको अनुभव छ । 

 

उनी स्पेनको बार्सिलोनामा विश्वविद्यालय समाजसेवा विषय अध्ययन गर्दै गर्दा ’थेसिस’ लेख्ने क्रममा केही वर्षअघि पहिलोपटक नेपाल पुगेकी थिइन् । त्यहां छ महिना बिताउंदासम्म नेपालप्रति उनको लगाव त बढ्यो नै ती असहायजस्ता बालबालिकाका निम्ति केही गर्ने भावना पनि पलायो । स्पेन फर्केर साथीभाइ र परिवारको सहयोगमा उनले सानो संस्था दर्ता गरिन् र नेपाल फर्किन् । 

 

हाल उनको संस्थाले ३५ जना बालबालिकालाई नियमित विद्यालयीय शिक्षा र व्यवसायिक तालिम दिइरहेको छ भने त्यसमध्ये अति विपन्न र पारिवारिक हेरचाह हुन नसक्ने ११ जनालाई भाडामा लिइएको छात्रावासमार्फत आवासीय सुविधा प्रदान गरेको छ । 

 

एनआरएनए युकेले सम्पूर्ण बेलायतवासीलाई यो मानवीय कार्यमा यथासक्य सहयोग गर्न आग्रह समेत गरेको छ ।

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमाले महाधिवेशनको बन्दसत्र (फोटोफिचर)

  • 3 hours ago
एमाले महाधिवेशनको बन्दसत्र (फोटोफिचर)

भरतपुर । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनको सौराहामा आज शुरु भएको बन्दसत्रमा भारत, चीनलगायत विभिन्न पार्टीका तर्फबाट महाधिवेशन सफलताको कामना व्यक्त गरिएको छ ।

भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

  • 3 hours ago
भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

भैरहवा । सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली चोकमा ट्रकको ठक्करबाट बाबुछोराको आज मृत्यु भएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनालसहित उह

माओवादीको पालिका सम्मेलन सम्पन्न, आइतबारसम्म नेतृत्व चयन भइसक्ने

  • 3 hours ago
माओवादीको पालिका सम्मेलन सम्पन्न, आइतबारसम्म नेतृत्व चयन भइसक्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पालिकास्तरीय अधिवेशन देशैभर सम्पन्न भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज श्रव्यदृश्यका माध्यमबाट एकैपटक देशैभरका पालिकाको अधिवेशनको उद्घाटन गरे



पर्यटन

पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै एमाले महाधिवेशन

पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै एमाले महाधिवेशन

चितवन । कोरोनाबाट पूर्णरूपमा प्रभावित बनेको यहाँको पर्यटन व्यवसायलाई नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले चलायमान बनाएको छ । यससँगै आउँदा दिनमा यहाँको पर्यटन व्यवसायका लागि महाधिवेशन फलदायी हुने देखिएको छ ।

जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।