एनआरएन यूके इङ्ग्ल्याण्ड र स्कटल्याण्ड राज्य परिषद बिस्तारको तयारी
- शनिबार, १६ आषाढ, २०७५
- 2 years ago
- युके

लन्डन । एनआरएन यूके राज्य समन्वय विभागको बैठक शनिबार सम्पन्न भएको छ । बैठकमा आउँदो महिना इङ्ल्यान्ड र स्कट्ल्यान्डमा गरिने राज्य समन्वय परिषद बिस्तारको तयारीका सम्बन्धमा छलफल भएको थियो ।
एनआरएन यूके उपाध्यक्ष तथा राज्य समन्वय विभाग प्रमुख ललित न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकमा विभागका इङ्ल्यान्ड क्षेत्रका संयोजक ह्यारी गुरुङ , स्कट्ल्यान्ड संयोजक तिलक भट्टराई , विभागका सचिव मुकुन्द वास्तोला, सदस्य शालिक सापकोटा लगायत सहभागी थिए ।
आउँदो जुलाई १६ तारिखका दिन इंग्ल्याण्ड र जुलाई २२ तारिखका दिन स्कटल्याण्डमा राज्य समन्वय परिषद गठन गर्ने तयारी छ ।
इङ्ल्यान्डको राज्य परिषद गठनका लागि भेला आयोजना हुने स्थान तय हुन अझै बाकी छ । तर मिड्ल्यान्ड क्षेत्रका नेपालीहरु समेट्ने प्रयासम मिड्ल्यान्डमै भेला गर्ने बारे छलफल भइरहेको इङ्ल्यान्ड राज्य परिषद गठन समिति संयोजक ह्यारी गुरुङले जानकारी दिए ।
इङ्ल्यान्ड राज्य समन्वय परिषदको जुलाई १६ मा गठन हुने तदर्थ समितिमा बसेर काम गर्न इच्छुक रहनेहरुलाई आफ्नो उम्मेद्वारीको आवेदन जुलाई १५ भित्र पठाउन आव्हान गरिएको छ । सो समिती १३ सदस्यीय रहनेछ ।
उक्त कार्यक्रममा सहभागी भइदिनका लागि एनआरएन यूके उपाध्यक्ष तथा राज्य समन्वय विभाग प्रमुख ललित न्यौपानेले सम्पुर्ण नेपाली संघ संस्था तथा समुदायलाई आव्हान गरेका छन ।
एनआरएन यूकेले क्षेत्रीय अवधारणामा जाने आफ्नो लक्ष्य अनुसार नर्दन आयरल्यान्ड र वेल्समा यसअघि नै राज्य परिषद गठन गरिसकेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
चीनमा २५० नयाँ अर्बपति थपिए
- 1 minute ago

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।
कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त
- 6 minutes ago

कर्णली । कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला कोभिड–१९ को सङ्क्रमणमुक्त भएका छन् ।
दोभान बजारमा आगलागी हुँदा ७९ घरपरिवार विस्थापित
- 9 minutes ago

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थल दोभान बजारमा आज बिहान भएको आगलागीबाट ७९ परिवार विस्थापित भएको छ ।
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।