राज्य परिषद गठनको पूर्व सन्ध्यामा स्कटल्याण्डमा गरियो अन्तरक्रिया

  • सोमबार, ७ साउन, २०७५
  • 2 years ago
  • युके

 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन ) यूकेको स्कटल्याण्ड राज्य समन्वय परिषद गठनको पूर्वसन्ध्यामा आइतबार ग्लास्गोमा एक अन्तरक्रिया सम्पन्न भएको छ । 

 

आइतबार काउडेनबीचमा आयोजना हुने परिषदको पहिलो भेला सफल बनाउने उद्धेश्यले ग्लास्गोमा सो कार्यक्रम सम्पन्न भएको हो । 

 

एनआरएन यूकेका सल्लाहकार डा राम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ग्लास्गो नेपाली समाजका अध्यक्ष छविलाल अर्यालले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा ग्लास्गो नेपाली समाजका पूर्व अध्यक्ष दिलु गैरे, डिएन खराल लगायतले शुभकामना मन्तव्य दिएका थिए । 

 

 

कार्यक्रमका प्रमुख अतिथी डा अधिकारी, एनआरएन यूके उपाध्यक्ष तथा राज्य समन्वय विभाग संयोजक ललित न्यौपाने, विभाग सचिव मुकुन्द बासतोला र स्कटल्यान्ड राज्य समन्वय परिषद भेला संयोजक  तिलक भट्टराईले सहभागहिरुले राखेका विभिन्न जिज्ञासामा जवाफ दिएका थिए । 

 

राज्य समन्वय विभाग सचिव डा मुकुन्द बास्तोलाले सञ्चालन गरेको कार्यक्रममा स्थानीय ८० जनाको सहभागिता थियो । 

 

क्षेत्रीय अवधारणामा जाने एनआरएन यूकेको अवधारणा अन्तर्गत सोमबार स्कटल्याण्ड राज्य परिषद गठन हुन लागेको हो । 

 

कार्यक्रममा सहभागी हुन एनआरएन यूके अध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष शेर सुनार, महासचिव आरके त्रिपाठी, उपमहासचिव विनय अधिकारी, धर्म विभाग संयोजक होमनाथ पौडेल, , वेल्स समन्वय परिषद अध्यक्ष रामचन्द्र पोखरेल, एनआरएन आयरल्याण्डका अध्यक्ष नवराज कोइराला, पूर्व अध्यक्ष गणेश प्रसाईं, नेपालबाट आएका उर्जाविज्ञ विश्वनाथ कंडेल, पत्रकारहरु ध्रुबराज अर्याल, शिव भण्डारी लगायतको टोली आइतबार स्कटल्याण्ड पुग्दैछ । एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्य सोमबार स्कटल्याण्ड आउने कार्यक्रम छ । 

 

यसअघि एनआरएन यूके उपाध्यक्ष तथा राज्य समन्वय विभाग संयोजक ललित न्यौपानेको नेतृत्वमा विभागका सचिव डा मुकुन्द बास्तोला, स्कटल्यान्ड राज्य समन्वय परिषद भेला संयोजक  तिलक भट्टराई सहितको टोली शनिबार नै सकटल्याण्ड पुगेको थियो । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मंगलबार ४ हजार १२७ स्वाब परीक्षण

  • 7 minutes ago
मंगलबार ४ हजार १२७ स्वाब परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार १२७ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा थप ७८ जनामा कोरोना पुष्टि

  • 10 minutes ago
नेपालमा थप ७८ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य

'ओलीलाई नेकपाले मात्र हटाउनसक्छ, अरुले सक्दैनन् '

  • 25 minutes ago
'ओलीलाई नेकपाले मात्र हटाउनसक्छ, अरुले सक्दैनन् '

धनगढी । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले साझा र समृद्ध नेपाल बनाउनलाई सबै मिल्नुपर्ने बताएका छन् ।



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

चिया टिप्दै प्रियंका गान्धी !

चिया टिप्दै प्रियंका गान्धी !

एजेन्सी । पछिल्लो समय प्रियंका गान्धी बाद्रा आसाममा हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीको प्रचारमा व्यस्त रहेकी छन् । दुई दिनको प्रचार कार्यक्रममा उनले बिश्वनाथमा चिया आदिवासीहरूसँग मंगलबार कुराकानी गरेकी छन्।