उत्तर कोरियाली सयौँ बन्दीलाई आम माफी दिन माग

Norvic Hospital

जेनेभा, स्वीट्जरल्याण्ड । संयुक्त राष्ट्रसंघका उच्च मानव अधिकारकर्मीहरूले ऐतिहासिक शिखर वार्तापूर्व नै यहाँ रहेका सयौँ कैदीहरूलाई ‘आम माफी’ दिने प्रक्रिया थाल्न बिहीबार प्योङयाङलाई भनेका छन् । 

 

उत्तर कोरियाले आगामी हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच सिङ्गापुरमा हुने शिखर वार्तापहिले नै उत्तर कोरियामा एकतर्फी रूपमा बन्दी बनाई राखिएका ‘सयौँ बन्दीहरू लाई’ थुनामुक्त गर्ने आवश्यक प्रक्रियालाईसमेत अघि बढाउन उत्तर कोरियाका लागि राष्ट्रसंघका विशेष प्रतिनिधि टमस ओजेआ क्विन्टानाले आग्रह गरेका छन् । 

 

उनले प्योङयाङद्वारा हालै भएको अमेरिकी बन्दीहरूको रिहाईको प्रशंसा गर्दै अव उत्तर कोरियाले स्वेच्छाचारी रूपमा कैदी बनाई राखेका सबै बन्दीलाई आम माफीका लागि बृहद अभियान चलाउन आग्रह गरे ।

 

जेनेभामा सञ्चारकर्मीसँग बोल्दै उनले भने, “उत्तर कोरियामा अहिले विधिको शासन छैन अर्थात् उपयुक्त कानूनी प्रक्रिया छैन ।” 

 

उनले भने, कैदीहरूको रिहाई एउटा प्रक्रियाबाट गर्नुपर्छ यो सबैले बुझेको कुरा हो अर्थात् रिहाईका लागि प्योङयाङले एकै पटक जेलका ढोका खोलिदिने भन्न मैले खोजेको होइन । सरकारको सही सङ्केत भनेको आस्थाका बन्दीको रिहाईका लागि शुरु गर्नु हो । 

 

ओजेआले भने, “मैले जेनेभा प्रेस सम्मेलन किन गरेँ भने दुभाग्यवस सिङ्गापुरमा मलाई कसैले निमन्त्रणा गरेको छैन । तरपनि शिखर वार्तामा मानव अधिकारको बिषयले प्रवेश पाउनेमा म विश्वस्त छु । मलाई विश्वास छ सिङ्गापुर हुने कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गरिने शिखरवार्तामा मानवअधिकारको विषय हराउने छैन ।” 

 

उत्तर कोरियामा करिब एक लाख २० हजार राजनीतिक आस्थाका आधारमा बन्दी बनाइएको भन्ने अनुमान गरिने गरेको छ । 

 

संयुक्त राष्ट्रसंघ मानवअधिकार आयोगले सन् २०१४ मा सार्वजनिक गरेको प्रतिवेदनमा उत्तर कोरियामा विश्वका अन्य कुनै मुलुकका घटनाहरूसँग तुलना गर्न नसकिने हदसम्म मानव अधिकार उल्लङ्घनका घटना हुने गरेका निक्ष्कर्ष निकालेको थियो । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

  • 5 hours ago
‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँमा विकास निर्माणको कामले छलाङ मारेको जिकिर गरेका छन् । नेकपा (एकीकृत समाजवादी) भानु नगर कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेल

चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

  • 5 hours ago
चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

एजेन्सी । चीनले अफ्रिकालाई कोभिड-१९ महामारी विरुद्ध जुँध्न र विश्व बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता सुधार गर्न मद्दत गर्ने चाहेको रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ ।

ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

  • 5 hours ago
ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

काठमाडौं । च्यासल युथ क्लब र न्यु रोड टिम (एनआरटी) ले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र एनआरटीले १–१ गोलको बराबरी



पर्यटन

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

जीवनशैली

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा तुलसीको बोटसँग सम्बन्धित केही अन्य महत्त्वपूर्ण कुराहरू जान्नुहोस्। परापूर्वकालदेखि नै घरमा तुलसीको बोट रोपेर दिनहुँ जल चढाउने चलन छ । तर, कतिपय विशेष दिनहरु यस्ता हुन्छन् जब तुलसीमा जल चढाउनु हुँदैन । कुन दिन तुलसीमा जल चढाउनु हुँदैन भन्ने बारेमा हामी तपाईलाई बताउँछौँ ।

विचित्र विश्व

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।