पत्रकारद्वय मारिया रेसा र दिमित्री मुराटोभले जिते यस वर्षको शान्ति पुरस्कार

Norvic Hospital

एजेन्सी । यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिन्सकी पत्रकार मारिया रेसा र रुसका पत्रकार दिमित्री मुराटोभलाई प्रदान गरिएको छ। अभिव्यक्ति स्वतन्त्रताको  पक्षमा गरेको योगदानलाई कदर गर्दै उक्त पुरस्कार पत्रकारद्वयलाई प्रदान गरिएको हो ।

 

नर्वेको नोबेल समितिका अध्यक्ष बेरिट रीस-एन्डरसनले भने, 'यो अभिव्यक्ति स्वतन्त्रताको रक्षा को लागि उनीहरूले गरेको प्रयासको सम्मान हो जो लोकतन्त्र र स्थायी शान्ति कोलागि एक  अनिवार्य शर्त हो।'

 

अध्यक्ष बेरिटले भने- 'उनीहरू सबै पत्रकारहरूका प्रतिनिधि हुन् जो यस आदर्शको पक्षमा उभिएर संसारमा लोकतन्त्र र प्रेस स्वतन्त्रता बढ्दो प्रतिकूल परिस्थितिको सामना गरेका छन् ।'

 

सन् २०१२ मा  रेस्साले  खोजपत्रकारिताका निम्ति र्याप्लर नामक डिजिटल मिडिया खोलेकी थिइन् जसको  प्रमुखको रूपमा हालसम्म उनी कार्यरत  छिन् । 

 

उक्त मिडिया दुतेर्ते शासनको विवादास्पद, हत्यारा र लागुऔषध विरोधी अभियानमा आलोचनात्मक रूपले सबैको ध्यान केन्द्रित गर्न सफल भएको छ। 

 

त्यसैगरी  मुराटोभले यस बीचमा रूसमा दशकौंदेखि बढ्दो चुनौतीपूर्ण परिस्थितिमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका निम्ति लामो सङ्घर्ष गरेका छन् ।  

 

 सन् १९९३ मा उनी स्वतन्त्र अखबार नोवाया गजेटाका संस्थापक मध्येका एक थिए र उनको  सत्ता र शक्तिप्रति मौलिक आलोचनात्मक दृष्टिकोण रहेको समितिले जनाएको छ।

 

 उनी १९९५ देखि यसको मुख्य सम्पादक रहेका छन्। समितिका अध्यक्ष रीस-एन्डरसनले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताविना देशहरू बीच भाइचाराको सम्बन्ध, निशस्त्रीकरण र समुन्नत विश्वको निर्माण गर्न नसकिने जनाएका छन् । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रशिक्षक उर्गेन क्लपलाई नियुक्त गर्ने बार्सिलोनाको सपना !

  • 2 minutes ago
प्रशिक्षक उर्गेन क्लपलाई नियुक्त गर्ने बार्सिलोनाको सपना !

एजेन्सी । बार्सिलोनाले बितेको केही वर्षमा उत्कृष्ट खेल प्रदर्शन गर्न सकिरहेको छैन । यस सिजन बार्सिलोनाको खेलबाट फ्यानहरु उत्तिकै निराश रहेका छन् । मिडिया रिपोर्टका अनुसार बार्सिलोना नयाँ प्रशिक्षक निय

महेश मान्जेकरले जिते क्यान्सर

  • 3 minutes ago
महेश मान्जेकरले जिते क्यान्सर

एजेन्सी । चर्चित अभिनेता एवं फिल्म निर्माता तथा निर्देशक महेश मान्जेकर क्यान्सरमुक्त भएका छन् ।

सप्तरीमा बसको ठक्करबाट महिलाको मृत्यु

  • 7 minutes ago
सप्तरीमा बसको ठक्करबाट महिलाको मृत्यु

काठमाडौँ । सप्तरीको खडक नगरपालिका– ७ कल्याणपुर चोकमा भएको दुर्घटनामा घाइते एक महिलाको बुधबार मृत्यु भएको छ। पूर्व–पश्चिम लोकमार्गस्थित कल्याणपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को. १ख ७७



पर्यटन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

एजेन्सी । अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् ।राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले यहाँको पर्यटन मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै मंगलबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

जीवनशैली

मरिच खानुका फाइदाहरु

मरिच खानुका फाइदाहरु

एजेन्सी । मरिचलाई खानाका परिकारमा मात्रै नभएर विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ । पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ । यस्ता छन् औषधिय मरिचका फाइदाहरुः

विचित्र विश्व

सर्वसाधारण युवकसँग विवाह गरेपछि जापानकी राजकुमारीको राजकीय पद गुम्यो

सर्वसाधारण युवकसँग विवाह गरेपछि जापानकी राजकुमारीको राजकीय पद गुम्यो

एजेन्सी । जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग बिवाह गरेकी छन् । विवादका बीच उनले मंगलबार सामान्य प्रक्रिया अपनाएर बिवाह गर्दै राजदरबारबाट बाहिरिएकी छन् । त्यसअघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर विदाई अभिवादन गरेकी थिइन् भने आफ्नी बहिनीलाई अँगालो हालेकी थिइन् ।