माइती नेपालमा एनएमबी बैंकको वित्तीय साक्षरता कार्यक्रम
- बिहीबार, ५ जेष्ठ, २०७९
- 1 month ago
- अर्थ

काठमाडौँ। एनएमबी बैंकले माइती नेपालका दिदीबहिनीहरुको लागि वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा माइती नेपालका ५३ जना दिदिबहिनीहरुको उपस्थिति थियो।
बैंकको लघुवित्त विभागद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित दिदिबहिनीहरुलाई उत्प्रेरणा दिँदै बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरुको बिषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो।
कार्यक्रममा माइती नेपालको तर्फबाट सस्थापक अनुराधा कोइराला, कार्यकारी सञ्चालक विश्वराम खड्का, कार्यक्रम सञ्चालक युवराज कोइरालाको उपस्थिति थियो भने एनएमबी बैंकका तर्फबाट कर्मचारीहरु डा. बुद्धि मल्ल, शरद पौडेल र नबिन पन्थीको उपस्थिति थियो।
गत वर्ष महिला उद्यमशील सहुलियतपूर्ण कर्जा लगानी गर्न एउटा अग्रणी बैंक रहेको बैंकले नारी सशक्तीकरणको लागि विभिन्न समयमा विभिन्न महिला समूहहरुलाई वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ। माइती नेपालका दिदीबहिनीहरुलाई गरिएको यस कार्यक्रमले उनीहरुमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ पुग्ने र समग्र अर्थतन्त्रलाई नै सकारात्मक प्रभाव पर्ने बैंकले विश्वास लिएको छ।
बैंक र माइती नेपाल दुवै संस्थाले भविष्यमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रम तथा अन्य सम्भावित कार्यक्रमहरुमा सहकार्य गर्ने भएका छन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
रामेछाप बस दुर्घटनामा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त
- 2 minutes ago

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार रामेछापमा भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन्।
मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको दोश्रो संस्करण सुरु
- 6 minutes ago

काठमाडौँ । ‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल’ को दोस्रो संस्करण सुरु भएको छ। आयोजक फेलिज इन्टरनेशनलले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगीताको आवदेन समेत खुल्ला भएको जनाएको हो।
बेँसीसहर–चामे सडक एक साता बन्द हुने
- 6 minutes ago

लमजुङ । बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ । उक्त सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ता बन्द हुने भएको हो ।
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।