निषेधाज्ञाको समय एक हप्ता लम्बियो

  • सोमबार, २२ भदौ, २०७७
  • 7 months ago
  • नेपाल
प्रतिकात्मक तस्बिर

डोटी । जिल्लामा पछिल्लो समय कोरोना कोभिड–१९को सङ्ख्या दिन प्रतिदिन बढ्न थालेपछि यहाँको स्थानीय प्रशासनले गरेको निषेधाज्ञाको समय एक हप्ताका लागि पुनः थप गरेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले यही भदौ २८ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जनाएको छ ।

 

यही भदौ १४ गते राति १२ बजेदेखि २१ गते भदौ १२ बजेसम्म लागू भएको निषेधाज्ञा गएराति १२ बजे सकिएपछि निषेधाज्ञाका समय पुनः एक हप्ताका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए । अनिवार्यरूपमा मास्क, सेनिटाइजर, सामाजिक दूरी कायम गरेर बिहान ६ बजेदेखि १० बजे सम्म खाद्यान्न तथा तरकारी पसल खोल्न तथा अन्य सबै प्रकारका पसल पूर्णरुपमा बन्द गर्ने निर्णय भएअनुसार निषेधाज्ञाको समय थप गरिएको छ ।

 

जिल्ला प्रशासन कार्यालय डोटीमा आज जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बसेको बैैठकले निषेधाज्ञाको समयमा मानिसको आवतजावत रोकिने तथा रोगको सङ्क्रमण पनि अरु व्यक्तिमा नसर्ने भएकाले एक हप्ताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेअनुसार सात दिनका लागि निषेधाज्ञाको समय पुनःथप गरिएको हो । निषेधाज्ञाको समय थप भएपछि यहाँका प्रमुख व्यापारी केन्द्र दिपायल, पिपल्ला, सिलगढी, राजपुर बजार सुनसान छन भने बजारमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

 

निषेधाज्ञा लागू भएसँगै बिना काम बजार आजतजावत गर्नमा समेत कडाइ गरिएको जिल्ला प्रहरी कार्याल डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इद्रबहादुर मल्लले बताए । जिल्लामा यही भदौ १४ गते पहिलो पटक निषेधाज्ञा लागू भएसँगै अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै सवारीसाधन पूर्णरुपमा बन्द भएका छन् ।

 

जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढेर कम्तीमा पनि ९५५ जना पुगेको छ । जिल्लामा दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि एक हप्ताका लागि पुनः निषेधाज्ञा थप गरिएको र त्यसको सबैले पूर्ण पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । 

 

उनले भने,“कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञाको समय थपिएको छ, सङ्क्रमणबाट जोगिन सबैले नियमको पालना गर्न जरुरी छ, अटेर गरे सङ्क्रमण रोग ऐन २०२० अनुसार कारवाही हुने छ ।” निषेधाज्ञाका क्रममा अत्यावश्यक पर्ने सेवा बाहेकका अन्य सेवा पूर्ण रुपमा बन्द गरिएको छ । जिल्लामा पछिल्लो समय नेपाली सेना, नेपाल प्रहरी, सरकारी कर्मचरीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । निषेधाज्ञाका कारण जिल्लामा दैनिक ज्याला मजदूरी गरी खाने वर्गलाई भने निकै समस्या उत्पन्न भएको छ । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँमा कोराना संक्रमण बढ्दो

  • 1 hour ago
काठमाडौँमा कोराना संक्रमण बढ्दो

काठमाडौँ । काठमाडौँमात्रै ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै ललितपुरका १०५ जनामा र भक्तपुरमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

  • 1 hour ago
नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण हालसम्म ३ हजार १०२ जनाको ज्यान गएको छ ।

नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण

  • 1 hour ago
नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले एन्टीजेन र पिसिआर परीक्षणबाट थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।



पर्यटन

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।

जीवनशैली

यी खानेकुरामा दही मिसाएर खानुहोस्

यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।