उपत्यकामा जारी निषेधाज्ञा खुकुलो

  • बुधबार, २४ भदौ, २०७७
  • 7 months ago
  • नेपाल

काठमाडौँ । भदौ ३ गतेबाट काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाको मोडालिटी परिवर्तन भएको छ । बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरेको हो। 

 

निषेधाज्ञाको मोडालिटीको बारेमा काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयका अधिकारीहरुसँग समेत छलफल गरेका थिए ।

 

उक्त निर्णयसँगै निषेधाज्ञा क्रमशः खुकुलो हुने भएको छ । निर्णयसँगै भोलिदेखि यातायातका साधनमा जोरविजोर लागू हुनेछ भने सुरक्षाका सबै मापदण्ड पालना गरे व्यापार/व्यवसाय खोल्ने निर्णय भएको छ । निजी सबै र सार्वजनिकको हकमा १६ भन्दाबढी सिट भएका सवारी साधन जोर विजोर प्रणाली लागू हुने भएको हो ।

 

परिस्थितिको मूल्यांकन गरेर निषेधाज्ञा एक साताको लागि यो खुकुलो बनाइएको प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन् ।  त्यसपछिको अवस्थाबारे भने पुनर्विचार हुने बताइएको छ ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँमा कोराना संक्रमण बढ्दो

  • 2 hours ago
काठमाडौँमा कोराना संक्रमण बढ्दो

काठमाडौँ । काठमाडौँमात्रै ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै ललितपुरका १०५ जनामा र भक्तपुरमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

  • 2 hours ago
नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण हालसम्म ३ हजार १०२ जनाको ज्यान गएको छ ।

नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण

  • 2 hours ago
नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले एन्टीजेन र पिसिआर परीक्षणबाट थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।



पर्यटन

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।

जीवनशैली

यी खानेकुरामा दही मिसाएर खानुहोस्

यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।