निर्मला पन्त हत्या प्रकरणः निलम्बित एसपी विष्टका छोराले खोले नयाँ रहस्य

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त ।

काठमाडौं ।  कञ्चनपुरकी निर्मला पन्त हत्यामा संलग्न भनिएका निलम्बनमा परेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोराले आफू उक्त हत्याकाण्डमा सामेल नरहेको पुष्टि गरेका छन् ।

 

विष्टका छोराले लिखित रुपमा आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘‘कल्पना नै नगरेको निन्दनीय र घृणित कार्यमा एसपी विष्टको छोराको संलग्नता भएको भनी सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रचारप्रसार भएको कुरा निराधार, तथ्यहिन, भ्रामक समाचार प्रेषण गरी व्यक्तिगत चरित्रहत्या गर्न खोजिएकोले आधिकारिकता पुष्टि नभई प्रमाणबिना प्रसारण नगर्न अनुरोध गर्दछु ।’

 

साथै उनले आफू साउन १० गते जन्मदिन मनाउन व्यस्त रहेकाले बम दिदी बहिनीलाई नचिन्ने दाबी गरेका छन् । उनले भनेका छन्, ‘बम सिस्टर र मेयरको भतिजा भनिएका व्यक्तिहरु कसैलाई नचिन्ने र कुनै सम्बन्ध नरहेको । म एसपी विष्टको छोरा मात्र नभई नेपालको नागरिक र एउटा सर्वसाधारण पनि भएको नाताले प्रोफेसनल कुरालाई परिवारसँग नजोड्न अनुरोध गर्न चाहन्छु ।’

 

यस्तो छ एसपी विष्टका छोराले जारी गरेको आफ्नो धारणाः

–हामीले कल्पना नै गर्न नसक्ने निन्दनिय र घृणित कार्यमा एसपी विष्टको छोराको संलग्नता भएको भनि सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा प्रचारप्रसार भएको कुरा निराधार र तथ्यहिन भ्रामक समाचार तयार गरी सम्प्रेषण गरी व्यक्तिगत चरित्रहत्या गर्न खोजिएको हुनाले आधिकारिकता पूष्टी नभई प्रमाण विना समाचार प्रशारण नगर्न अनुरोध गर्न चाहन्छु ।

 

–साउन १० गतेका दिन मेरो जन्मदिन भएको साथै फोटोसुट गर्ने कार्यक्रम रहेकाले दिन भरी व्यस्त थिएँ र राति साथीसँग आफ्नै घरमा जन्मदिन मनाएको कुरा अवगत गराउन चाहान्छु ।

 

–निर्मला पन्त बहिनीले न्याय पाउनुपर्दछ र असली अपराधीले सजाय यसको लागि इन्भेस्टिगेसनका लागि प्रोसेसमा आवश्यक परेको खण्डमा इन्भेस्टिगेसन टिमलाई सहयोग गर्न सँधै तयार छु र म निर्दोष भएको प्रमाण पनि दिन चाहन्छु ।

 

–बम सिस्टर र मेयरको भतिजा भनिएका व्यक्तिहरु कसैलाई नचिन्ने र कुनै सम्बन्ध नरहेको । म एसपी विष्टको छोरा मात्र नभई नेपालको नागरिक र एउटा सर्वसाधारण पनि भएको नताले प्रोफेसनल कुरालाई परिवारसँग नजोड्न अनुरोध गर्न चाहन्छु ।

 

विना गल्ती सामाजिक सञ्जाल र मानसिक यातना खेप्नु परेको, इज्जत र करियरमा दाग लगाई भविष्य अन्धकार बनाउन खोजिएकोमा आधिकारिकता पुष्टी नभई विना प्रमाण सूचना प्रेषण गरी अफवाह फैलाउने सामाजिक सञ्जालहरुमाथि छानबिन गरी आवश्यक कारवाही गर्न सरकारसँग माग गर्दछु ।

 

–मैले अनलाइनखबर मार्फत यस्तो तथ्यहिन कुराको जानकारी पाएको हुँदा उक्त विषय किन र के का आधारमा सम्प्रेषण गरिएको हो । सो कुराको पुष्टी गर्न अनलाईन खबरलाई अनुरोध । अन्तमाः पत्रकार ज्यूहरुले सत्य र तथ्य कुरा मात्र प्रसारण गर्न विनम्र अनुरोध गर्दछु । एसपी विष्टको छोरा


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • 7 minutes ago
हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

  • 30 minutes ago
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।

महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

  • 56 minutes ago
महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् ।



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।