नाइजेरियामा पनि भेटियो ओमिक्रोन

Norvic Hospital

एजेन्सी । कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरस नाइजेरियामा पनि भेटिएको छ । अफ्रिकी देशहरु मध्ये सवैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा बुधबार ओमिक्रोनबाट सङ्क्रमित पहिलो विरामी भेटिएका हुन । 

 

दक्षिण अफ्रिकाबाट फर्किएका तीन यात्रु मध्ये एक जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् ।

 

नाइजेरियाको रोग नियन्त्रण केन्द्रका प्रमुख आइफेडायो अडेटीफाले भने, “हामीले गरेको परीक्षणबाट नाइजेरियामा पहिलो ओमिक्रोन सङ्क्रमित भेटिएको छ ।” उनले ती सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएकाहरुको खोजी गरी उनीहरुलाई आइसोलेसनमा राखेर परीक्षण समेत गर्न लागिएको जानकारी दिए ।

 

“ओमिक्रोन विश्वभरीको चासो र सरोकारको विषय हो, त्यसैले पनि हामीले सतर्कता अपनाउनु र थप फैलिनबाट रोक्नु पर्दछ,” उनले भने । नाइजेरियामा कोरोनाभाइरसका कारण अहिलेसम्म दुई हजार ९७६ जनाको मृत्यु भएको र  दुई लाख १४ हजार ११३ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् ।

 

तर कतिपयले भने सरकारी अधिकारीहरुले दिएको विवरण भन्दा धेरैको मृत्यु भएको र त्यो भन्दा धेरै सङ्क्रमित भएको दाबी गरेका छन् । 

 

कोरोनाभाइरसको परीक्षण निकै कम मात्रै भएकाले पनि सङ्क्रमित भएका र मृत्यु भएकाहरुको विवरण कम देखिएको उनीहरुको भनाई छ ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

स्पेनिस सुपर कपको उपाधि रियललाई

  • 36 seconds ago
स्पेनिस सुपर कपको उपाधि रियललाई

एजेन्सी । स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । आइतबार राति साउदी अरेबियाको रियादमा भएको फाइनल खेलमा एथ्लेटिको बिल्बाओलाई २–० ले हराउँदै रियलले १२औँ पटक सुपर कपको उपाधि हात पारेको ह

खोप लगाउनेको भीड (फोटोफिचर)

  • 13 minutes ago
खोप लगाउनेको भीड (फोटोफिचर)

काठमाडौं । काठमाडौंको छाउनिस्थित विरेन्द्र सैनिक अस्पतालमा कोभिड–१९ विरुद्धको खोप लगाउन लाइनमा बसेका सर्वसाधारण । सरकाले विभिन्न क्षेत्रमा खोप कार्ड अनिवार्य गरेपछि खोप लगाउनेको संख्या बढ्दै गइरहेको छ

मुग्लिन–पोखरा सडक विस्तारको पश्चिम खण्डमा काम अघि बढ्यो

  • 36 minutes ago
मुग्लिन–पोखरा सडक विस्तारको पश्चिम खण्डमा काम अघि बढ्यो

कास्की । पर्यटकीय सहर पोखरालाई राजधानी काठमाडौँसँग जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नति गर्ने योजनाको प्रारम्भिक काम रुख कटानबाट अघि बढेको छ ।



पर्यटन

हिउँमा चखेवाका जोडी

हिउँमा चखेवाका जोडी

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकाको ढुकुरपोखरीमा परेको सेताम्मे हिउँमा रमाइरहेका चखेवा, (राजहाँस) का एक जोडी । तस्बिरः नवीन लामिछाने÷रासस

जीवनशैली

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

एजेन्सी । आचार्य चाणक्य अर्थशास्त्र, राजनीति र आयुर्वेदका जानकार व्यक्ति हुन्। उनले मानव जातिलाई सफल जीवन बिताउन विभिन्न तरिका बताएका छन् ।

विचित्र विश्व

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

एजेन्सी । धृतराष्ट्र जन्मजात अन्धा थिए, तर उनकी पत्नी गान्धारी भने आफ्नो इच्छाले अन्धी भएकी थिइन् । धृतराष्ट्र चाहन्थे कि उनको दाजुभाइहरुको भन्दा पहिले आफ्नो सन्तान होस् । किनभने हस्तिनापुरमा नयाँ पिँडीको सबैभन्दा जेठो पुत्र नै राजा बन्ने परम्परा थियो ।