इरानमाथि मंगलबारदेखि लगायो अमेरिकाले कडा प्रतिबन्ध

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले इरानमाथि कडा, एकपक्षीय प्रतिबन्धहरु लगाउने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मे महिनामा ऐतिहासिक, बहुपक्षीय आणविक सम्झौताबाट बाहिरिने घोषणा गरेपछि कठोर दण्डसहितका प्रतिबन्धहरु लगाउने जनाएको हो । 

 

दुई चरणमा लगाइने अमेरिकी प्रतिबन्धहरुमध्ये पहिलोमा अमेरिकी बैंक नोटहरु तथा कार र गलैंचा समेतका प्रमुख उद्योगहरुको पहुँचसम्बन्धी रहेका छन् । 

 

इरानीहरुले प्रतिबन्धका प्रभावहरु यसअघि नै अनुभव गरिसकेका छन् । सन् २०१५ को आणविक सम्झौताबाट अमेरिका बाहिरिने राष्ट्रपति ट्रम्पले घोषणा गरेलगत्तै इरानको मुद्रा रियालको मूल्यमा आधा गिरावट आइसकेको छ । 

 

इरानसँगको आणविक सम्झौताका बारेमा राष्ट्रपति ट्रम्पले राष्ट्रपतीय निर्वाचनको समयदेखि नै आपत्ति जनाउँदै आएका थिए । यसै वर्षको मे ८ तारिखमा उनले आणविक सम्झौतासम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताबाट अमेरिका बाहिरिने घोषणा गरे । 

 

उनले सोमबार पुनः उक्त सम्झौताको बिरोध गर्नुभयो, र भने, ‘इरानले आणविक बम बनाउने कुरालाई रोक्ने मुख्य उद्देश्य यो सम्झौताले पूरा गर्दैन, यो भयङ्कर, एकपक्षीय सम्झौता पूर्णतः बिफल भइसक्यो ।’ 

 

उक्त सम्झौतामा हस्ताक्षर गर्ने अन्य राष्ट्रहरु – बेलायत, चीन, फ्रान्स, जर्मनी, रुस र यूरोपेली युनियन– का नेताहरुले ट्रम्प समक्ष इरान सम्झौताबाट पछि नहट्न आग्रह गरेका थिए । 

 

उनीहरुले अमेरिकी नेतृत्वलाई इरान मामिलामा एक्लै अघि नबढ्न र बहुराष्ट्रिय सम्झौताप्रति बैमनस्य नराख्न अनुरोध पनि गरेका थिए । उक्त सम्झौताले आणविक हातहतियार निर्माण गर्नबाट इरानलाई रोक्ने विश्वास गरिएको थियो । 

 

सोमबार कार्यकारी आदेश जारी गर्दै राष्ट्रपति ट्रम्पले नयाँ प्रतिबन्धहरुले तेहरानमाथि वित्तीय दबाब सिर्जना गर्ने बताए । उनले भने, ‘यो प्रतिबन्धले इरानी धम्कीमाथि व्यापक र दिगो समाधानका लागि दबाब दिनेछ । साथै, यसबाट क्षेप्यास्त्र निर्माण र क्षेत्रीय हानिकारक गतिविधिहरु रोक्न सहयोग पुग्नेछ ।’ 

 

यूरोपेली युनियनका कुटनीतिक प्रमुख फेडेरिका मोघेरिनीले बेलाय, फ्रान्स र जर्मनी समेतका यूरोपेली युनियनमा आबद्ध मुलुकहरुले वासिङ्टनको यो कदमप्रति खेद व्यक्त गरेको बताए । उनले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘यूरोपेली आर्थिक संस्थाहरुले इरानसँग वैधानिक व्यापारका कार्यहरुलाई निरन्तरता दिनेछन् र हामी उनीहरुको संरक्षण गर्नेछौं ।’ 

 

धेरैवटा यूरोपेली फर्महरुले अमेरिकी दण्डजरिमानाको डरले इरान छाडिरहेका छन्, र ट्रम्पले पनि इरानसँग व्यापार व्यवसाय गरिरहने कम्पनी र व्यक्तिले ‘गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी दिएका छन् । 

 

प्रतिबन्धले इरानभित्रै पनि तनाबको वातावरण सिर्जना गरेको छ, र धेरैवटा सहर बजारमा प्रदर्शन र हडतालहरु भइरहेका छन् । इरानी सहरहरुमा खानेपानीको अभाव, मूल्य वृद्धि हुन थालेको छ भने राजनीतिक नेतृत्वका बिरुद्धमा व्यापक असन्तुष्टी व्यक्त गर्न थालिएको छ । इरानभित्र भइरहेका पछिल्ला घटनाक्रमका बारेमा सामाजिक सञ्जालबाट आइरहेका विवरणहरुको भने स्वतन्त्र पुष्टी हुन सकेको छैन । 

 

ट्रम्पले इरानसँग विस्तृत सम्झौता गर्नेतर्फ आफू खुला रहेको बताएका छन् । उनले भने, ‘यस्तो सम्झौताले ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम र आतङ्कवादलाई इरानले गरेको सहयोगजस्ता हानिकारक कृयाकलापहरुलाई पूर्ण रुपमा रोक्नु पर्दछ ।’  

 

तर इरानी राष्ट्रपति हस्सन रौहानीले अमेरिकी आग्रहलाई बेवास्ता गरिरहेका छन् । ‘उनीहरु इरान बिरुद्ध मनोवैज्ञानिक युद्ध आरम्भ गर्न चाहन्छन्,’ रौहानीले राज्य नियन्त्रित टेलिभिजनमा भने, ‘यी प्रतिबन्धहरुको कुनै अर्थ छैन ।’ 

 

रौहानी सरकारले प्रतिबन्धहरु पुनः लाग्नुअघि नै रियालको मूल्य धरासायी हुनबाट बचाउन आपतकालीन उपायहरु अपनाइएको जनाएको छ । 

 

अमेरिकाको दोस्रो चरणको प्रतिबन्ध नोभेम्बर ५ बाट लागू हुनेछ । यो प्रतिबन्धले इरानको तेल बिक्रीलाई रोक्नेछ, र यसले अझ बढी नोक्सान बनाउनेछ । तर प्रतिबन्धका बाबजूद चीन, भारत र टर्की समेतका धेरै मुलुकले इरानबाट पेट्रोलियम खरिदलाई नरोक्ने सङ्केत दिएका छन् । 

 

इरानका विदेशमन्त्री मोहम्मद जावाद जरिफले ट्रम्पको कदमले अमेरिका कुटनीतिक रुपमा एक्लिएको बताउँदै तर अमेरिकी प्रतिबन्धले केही अबरोध भने ल्याउनु उल्लेख गरे । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

थप ६ जना कोरोना संक्रमितको मृत्यु

  • 9 minutes ago
थप ६ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ६ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको क

नेपालमा थप ३२२ जनामा कोरोना पुष्टि

  • 11 minutes ago
नेपालमा थप ३२२ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३२२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य

प्रमलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिरः बहस मंगलबार पनि

  • 13 minutes ago
प्रमलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिरः बहस मंगलबार पनि

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाईमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई अवरोध नहुँदा पनि विघटन गरि



पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

अदुवाका अचुक फाइदाहरु

अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।

विचित्र विश्व

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।