जर्मनीसँगको ७-१ को हार भन्दा बेल्जियमसँगको हार स्वीकार गर्न गाह्रो : पाउलिन्हो

Global IME
Mega Bank
Norvic Hospital
  • शनिबार, २३ आषाढ, २०७५
  • 4 years ago
  • खेल

एजेन्सी । ब्राजिलियन मिडफिल्डर पाउलिन्होले रुस विश्वकपबाट बाहिरिनु सन् २०१४ को भन्दा पनि कठिन रहेको बताएका छन् । 

 

बेल्जियमसँग हारको सामना गरेसँगै ब्राजिलका यी खेलाडीले यसपटक चार वर्षअघिको भन्दा नराम्रो लागेको बताएका हुन् ।

 

सन् २०१४ मा आफ्नै घरमा भएको विश्वकपमा ब्राजिलले सेमिफाइनलमा जर्मनीसँग ७–१ गोलको भारी अन्तरले पराजित भएको थियो । शुक्रबारको खेलमा सामेल भएका पाउलिन्होले बेल्जियमसँगको हार सहन चार वर्षअघिको हारभन्दा पनि कठिन भएको बताएका हुन् ।

 

एक टेलिभिजनमा अन्तर्वार्तामा दिँदै पाउलिन्होले यो खेलको नतिजा स्वीकार गर्न निकै कठिन भएको बताए । उनले आफूहरुले अन्तिम समयसम्म प्रयास गर्दा पनि यो विश्वकपबाट बाहिरिनुपरेको बताए ।

 

ब्राजिलको टोलीमा बेल्जियमसँगको खेलमा स्टार खेलाडीहरुले भरिएको ब्राजिलका महत्वपूर्ण खेलाडीहरुले पनि गोल गर्न सकेनन् । ब्राजिलका फरवार्ड ग्रावियल जेससले ठुला खेलाडीहरुले गोल गर्न नसकेको कारण शुक्रबारको खेलमा निराशाजनक नतिजा हासिल भएको बताए ।

 

शुक्रबार भएको खेलमा ब्राजिलले बेल्जियमसँग २–१ हारको सामना गरेको हो । यससँगै यो विश्वकपको ब्राजिलको यात्रा समाप्त भएको छ ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बेलायतमा नेपालीको जनसंख्या ७२ प्रतिशतले वृद्धि

  • 41 minutes ago
बेलायतमा नेपालीको जनसंख्या ७२ प्रतिशतले वृद्धि

लण्डन । बेलायतमा नेपालीहरूको जनसंख्या गत एक दशकमा ७२ प्रतिशतले बढेको छ ।

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई मृत फेला

  • 48 minutes ago
मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई मृत फेला

जनकपुर । मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला पर्नुभएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटस्थित होलिडे रिसोर्टमा उहाँ आज मृत फेला परेका हुन् ।

सन् २०२२ मा नेपालको साढे आठ अर्ब अमेरिकी डलर रेमिट्यान्स पुग्ने अनुमान

  • 51 minutes ago
सन् २०२२ मा नेपालको साढे आठ अर्ब अमेरिकी डलर रेमिट्यान्स पुग्ने अनुमान

काठमाडौँ । नेपालमा सन् २०२२ मा रेमिट्यान्स आप्रवाह तीन दशमलव छ प्रतिशतले बढेर साढे आठ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।



पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।