Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन४० घण्टासम्म पानी पिउन पाएकी थिइनन् अदा शर्मा

४० घण्टासम्म पानी पिउन पाएकी थिइनन् अदा शर्मा


एजेन्सी । ब्लकबस्टर बलिउड फिल्म ‘द केरला स्टोरी’बाट चर्चामा आएकी अभिनेत्री अदा शर्माले सामाजिक सञ्जालमा केही तस्विर शेयर गरेकी छिन् ।

यी तस्बिरहरूमा अदाको अनुहार र शरीरका भागहरूमा चोटका निशानहरू देखिन्छन् । अदाले यी तस्विरहरूसँग कसरी उनले यस्तो खराब मौसममा आफ्नो सुटिङ पूरा गरेकी थिइन् भनेर लेखेकी छन् ।

दाका अनुसार फिल्म माइनस १६ डिग्रीमा खिचिएको थियो । उनको ओठ सुकेको र फुटेको थियो । यसको कारण उनले ४० घण्टासम्म पानी नपिउनु थियो । तर, अदाले अहिले आफ्नो मेहनतलाई सार्थक ठान्छिन् ।

अदाले सामाजिक सञ्जालमा लेखेकी छिन्– ‘माइनस १६ डिग्रीमा ४० घण्टासम्म डिहाइड्रेसन हुनुको परिणामले मेरो ओठ फुटेको हो । भुइँमा खस्नका लागि गद्दाहरू राखिएको थियो, तर मैले प्रयोग गरिनँ । जसका कारण घुँडा र कुहिनाको बोक्रा निस्कियो । अन्तिम तस्विरमा तपाईले देख्न सक्नुहुन्छ कि मैले मेरो कपालमा मुट्ठीभर नरिवलको तेल लगाएको छु । यसबाहेक सेफ्टी पिन र टाइट ब्रेड बनाइएको छ ।’

अदा भन्छिन् कि फिल्मको एक दृश्यमा जब आईएसआईएसका मानिसहरूले उनको पीछा गर्छन् । उनी थकित भई भुइँमा लडिछन् । उनले त्यो दृश्यका लागि कुनै गद्दा प्रयोग गरिनन् । दृश्य वास्तविक देखाउन उनी भुइँमा लडेकी थिइन् ।

द केरला स्टोरी रिलिज भएको एक महिना बितिसक्यो तर फिल्मले राम्रो व्यापार गरिरहेको छ । आजको समयमा जहाँ फिल्महरू दुई वा तीन हप्तामा उत्रिन्छन्, द केरला स्टोरी भने राम्रो चलिरहेको छ ।

जसरी कश्मीर फाइलले प्रतिक्रिया पाएको थियो, त्यस्तै द केरला स्टोरीले पनि प्राप्त गरेको छ । कम बजेट र साधारण स्टारकास्ट भएको यो फिल्मको चकित पार्ने आँकडा छ । फिल्मले अहिलेसम्म २३१.६६ करोड कमाइसकेको छ ।

शाहरुख खानको पठानपछि २०२३ को यो दोस्रो फिल्म हो जसले २०० करोडभन्दा बढी कलेक्सन गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

Techie IT