‘कोभिड–१९ खोप निर्माणमा सहकार्य आवश्यक’

प्रतिकात्मक तस्बिर

एजेन्सी । सङ्क्रमणको दर बढ्दै जाँदा र धेरै देशहरूमा खोप अभावको ‘गम्भीर समस्या’ सामना गर्नुपर्ने भन्दै खोप निर्माताले तत्कालका लागि बढी खोप उत्पादनका लागि बौद्धिक सम्पत्ती अधिकारलाई हटाउन सम्बन्धित कम्पनी र देशहरूलाई आग्रह गरेका छन् । 

 

टेड्रस अधानोम गेब्रेयससले सोमबार पत्रकार सम्मेलनमा भने, “यदि सामुहिक रूपमा धेरै व्यक्तिलाई खोप लगाई  प्रतिरोधात्मक क्षमता विकास गर्दै छौँ भने हामीसँग भएको खोपको मात्रा भन्दा जनसङ्ख्या बढी हुनेछ र अभाब लामो समयसम्म रहनेछ ।”

 

“उत्पादन क्षमता बृद्धि हुनुपर्दछ । र यसै कारण बौद्धिक सम्पत्ति (आइपी) अधिकार माफी एकदम महत्वपूर्ण हुनेछ,” उनले के यो परोपकारी मुद्दा होइन भन्दै खोप निर्माणलाई व्यापकता दिनुपर्नेमा जोड दिए । 

 

त्यसैगरी बेलायतका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनले भने, “अफ्रिका र विश्वका अन्य भागहरूमा खोप उत्पादनको लागि खोपको आईपी अधिकारको अस्थायी रूपमा निलम्बन महत्वपूर्ण हुन सक्छ ।” 

 

दक्षिण अफ्रिका र भारतलगायत धेरै देशहरूले विश्वव्यापी रूपमा उत्पादनका लागि कोभिड–१९ खोपहरूको आईपी अधिकार अस्थायी रूपमा निलम्बन गर्न आग्रह गरेका छन् ।

 

गत हप्ता विश्व व्यापार संगठनले आईपी अधिकार माफीको बारेमा छलफल गरिरहेको थियो तर जेनेभामा अहिलेसम्म कुनै निश्चित निष्कर्ष हुनभने सकेको छैन ।

 

बेलायतले २०२१ मा जी–७ राष्ट्रहरुको समूहको अध्यक्षता गरेको छ जुनमा जी–७ राष्ट्रको शिखर सम्मेलनको आयोजना गर्नेछ, टेड्रोस र ब्राउन दुबैले जी–७ सम्मेलनले आइपी अधिकारको अस्थायी माफीलाई कार्यान्वयनका लागि पहल गर्न कुरा राख्न आग्रह गरे ।

 

“अर्को महिना, बस्ने जी–७ देशका नेताहरूको बैठक इतिहासको सबैभन्दा महत्वपूर्ण बैठक हुनसक्नेछ,” टेड्रोसले भने । जी–७ देशहरू विश्वका आर्थिक र राजनीतिकरूपमा शक्तिशाली मानिन्छन् । उनीहरू विश्वका धेरै खोप उत्पादन गर्ने मुलुकहरू पनि हुन् । 

 

डब्ल्यूएचओ प्रमुखलाई प्रश्न गरे, “यदि हामी अहिले यसलाई प्रयोग गर्न सक्दैनौं भने कहिले सक्छौं,” डब्ल्यूएचओ प्रमुखले कोभिड–१९ को खोप उत्पादन जतिसक्दो चाँडो बढाउने सबै विकल्प“ प्रयोग गर्नु पर्नेमा जोड दिँदै भने ।

 

“आईपी अधिकार माफीको प्रावधान यस्तै आपतकालिन अवस्थाको लागि हो र यो अभूतपूर्व उपाय हो,” उनले भने ।

 

बेलायती पूर्व प्रधानमन्त्री ब्राउनले थपे “उनीहरूले सामूहिक रूपमा अस्थायी माफीलाई समर्थन गर्ने निर्णय लिन सकेमा कोभिड–१९ महामारी नियन्त्रणका लागि यो ठूलो उपलब्धी हुनेछ ।” 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

  • 5 hours ago
ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

काठमाडौं । पार्टीभित्रको राजनीति मिलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास फेरि पनि विफल भएको छ । प्रधानमन्त्री ओलीले आईतबार आफ्ना विश्वास पात्रहरु महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेत

छिट्टै बहुमतको नयाँ सरकार बन्छः प्रवक्ता श्रेष्ठ

  • 5 hours ago
छिट्टै बहुमतको नयाँ सरकार बन्छः प्रवक्ता श्रेष्ठ

गोरखा । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताएका छन् । सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उनले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैल

सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

  • 6 hours ago
सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ४ र कञ्चनपुरका ३ जना सङ्क्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।