न्युक्सायल युनाइटेडलाई साउदी पब्लिक इन्भेष्टमेन्ट फण्डले किन्यो, फ्यानहरु उत्साहित

Norvic Hospital

एजेन्सी । प्रिमियर लिग क्लब न्युक्यासल युनाइटेडलाई साउदी पब्लिक इन्भेष्टमेन्ट फण्डले किनेको छ । माइक एस्लले उक्त कम्पनीलाई ३०० मिलियन पाउण्डमा बेचेका हुन् । लामो समयदेखि उनले क्लब बेच्न चाहिरहेका थिए ।

 

गएको वर्ष क्लब बेच्ने कुरा फाइनल भएको थियो । तर, केही समस्या देखिएपछि प्रिमियर लिगले न्युक्यासल बिक्रिमा रोक लगाएको थियो । साउदी अरेबियाले न्युक्यासल म्यानेजमेन्टमा हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएसँगै क्लब बिक्रि भएको बताइएको छ ।

 

१४ वर्षसम्म क्लबको मालिक रहेका माइक एस्लेले क्लब छोड्दा फ्यानहरु उत्साहित र हर्षित भएका छन् ।

 

प्रिमियर लिग क्लब न्युक्यासल युनाइटेडलाई साउदी पब्लिक इन्भेष्टमेन्ट फण्डले लिएसँगै प्रिमियर लिगको सबैभन्दा धनी क्लबमा खडा भएको छ । क्लबका मालिक तथा साउदी अरेबियाका राजकुमार माेहम्मदबिन सलमान अल साउदसँग ३२० बिलियन पाउण्ड सम्पत्ति रहेको छ ।

 

दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीका मालिक शेख मन्सुरभन्दा ११ गुणाले उनी धनी रहेका छन् । 

 

क्लबले आउने जनवरीमा नयाँ खेलाडीहरु किन्ने अनुमान गरिएको छ । त्यस्तै प्रशिक्षक स्टीभ ब्रुसलाई बर्खास्त गर्नसक्ने अनुमान गरिएको छ । हाल क्लबको खेल प्रदर्शन राम्रो रहेको छ ।

 

लिगको १९ औँ स्थानमा रहेको न्युक्यासलको जम्मा ३ अंक रहेको छ । मिडिया रिपोर्टका अनुसार उनलाई बर्खास्त गरेर क्लबले एन्टोनियो कोन्टेलाई अनुबन्ध गर्नसक्नेछ । त्यस्तै अन्य प्रशिक्षकहरुको नाम पनि अगाडि आएका छन् ।

 

आउने सिजनहरुमा अब न्युक्यासलले स्टार खेलाडीहरु अनुबन्ध गर्न सक्ने मिडिया रिपोर्टमा उल्लेख छ । न्युक्यासलमा नयाँ लगानी भित्रिएसँगै अबको यात्रा प्रिमियर लिग जित्ने र च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्ने भएको समिक्षकहरु बताउँछन् । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

लक्जम्बर्गमा युरोपेली देशका उर्जामन्त्रीहरुको बैठक सम्पन्न

  • 5 minutes ago
लक्जम्बर्गमा युरोपेली देशका उर्जामन्त्रीहरुको बैठक सम्पन्न

लण्डन । युरोपेली देशका उर्जामन्त्रीहरुको बैठक मंगलबार लक्जम्बर्गमा सम्पन्न भएको छ । सो बैठकमा उनीहरुले हालैका दिनहरुमा विश्वमा उर्जामा भएको मुल्यबृद्धिका विषयमा कुराकानी गरेका थिए ।

तालिबानहरुसँगको भेटवार्ता लाभदायक: चिनियाँ विदेशमन्त्री

  • 12 minutes ago
तालिबानहरुसँगको भेटवार्ता लाभदायक: चिनियाँ विदेशमन्त्री

एजेन्सी । चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानको अन्तरिम सरकारका अधिकारीहरुसँग भएको भेटवार्ता सकारात्मक रहेको बताएका थिए ।

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

  • 15 minutes ago
फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

डोल्पा । हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् ।



पर्यटन

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

डोल्पा । हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् ।

जीवनशैली

मरिच खानुका फाइदाहरु

मरिच खानुका फाइदाहरु

एजेन्सी । मरिचलाई खानाका परिकारमा मात्रै नभएर विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ । पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ । यस्ता छन् औषधिय मरिचका फाइदाहरुः

विचित्र विश्व

फेसबुकका सिइओ र उनकी पत्नीविरुद्ध दुई जना पुर्व कर्मचारीले गरे केश दर्ता, घरमा दुव्र्यवहार भएको आरोप

फेसबुकका सिइओ र उनकी पत्नीविरुद्ध दुई जना पुर्व कर्मचारीले गरे केश दर्ता, घरमा दुव्र्यवहार भएको आरोप

एजेन्सी । फेसबुकका सिइओ मार्क जकरबर्ग र उनको श्रीमती प्रिसिला चानका घरमा काम गर्ने दुई जना पुर्व स्टाफले केश दर्ता गराएका छन् । दुई पुर्व स्टाफ मिया किङ र जोन डोले मार्क जकरबर्गको घरमा सिक्योरिटी इन्चार्ज लियाम बुथभित्र काम गर्थे ।