नेकपा विभाजनः ‘घर नबनाए ओडारको बास हुने कुरा राम्ररी बुझेको छु’
- नेत्र पौडेल
- आइतबार, १२ पुष, २०७७
- 1 year ago
- बिचार


जीवनको पीडादायी निर्णय, सुन्दर र पक्की घर निर्माण गर्ने दृढ अठोटका साथ धेरै नवजवानहरू वर्षौंदेखि अहोरात्र खटे । कसैले काठ काटे, कसैले ढुङ्गा जुटाए, कसैले इट्टा बनाए, कसैले रड सिमेन्टको जोहो गरे । कतिले कर्मी कामको तालिम लिए, कतिले सेनिटरी सामान ल्याए ।
सबै सामान एक ठाउँमा जम्मा भयो । प्राविधिक ईस्टमेट गरियो । सबै सामानबाट एउटै घर बनाए कम्पाउण्ड वालसहित सुरक्षित र बलियो घर बन्ने तर धेरै घर बनाउन खोजे सबै अधुरो हुने निष्कर्ष आयो ।
सबै सामग्री एउटै घरको लागि लगाउने निर्णय भयो । सोचे जस्तै कम्पाउण्ड वालसहितको घर निर्माण भयो । सबै अगुवाहरूले आ–आफ्नो कोठा लिए । श्रमिकहरूको थाक थलोको टुंगो लाग्दै थियो । कोठा रोजी सकेकाले एक अर्काको कोठा हेरे आफ्नो भन्दा तिम्रो राम्रो र सुविधा सम्पन्न रेछ साटफेर गर्नु पर्यो भन्ने विवाद शुरू भयो ।
सबै आ–आफ्ना अडानमा डग्मगाएनन् । सबै अगुवा गल बोकेर घरको चार सुरमा पुगे । बिना मुलाहिजा जगको ढुङ्गा निकाले । हेर्दा हेर्दै घर गर्लम्म ढल्यो । अब फेरी नयाँ अलग अलग घर बनाउन लडेका घरका काम लाग्ने सामान कसकसले जम्मा गरेको हो आआफ्नो पट्टी थूप्रो लगाउने होड शुरू भएको छ । त्यो तानातानमा अझै कति सामान नस्ट हुने हुन कुनै ठेगान छैन । मन दुखेको छ, अहिलेसम्मको दुःख समाप्त भएको छ । फेरी अर्कों घर निर्माण गर्न मनले कत्ति पनि मानी रहेको छैन ।
घर नबनाए ओडारको बास हुने कुरा राम्ररी बुझेको छु । तर मन बरू त्यसै गर्न घर लडेकै दिनदेखि तयार थियो । आजसम्म मनलाई अन्तिम निर्णय लिने मौका दिएँ । अन्तिम पटक पनि मनले भन्यो बरू ओडारमा बस । फेरी पनि गल सुरक्षित छन् तेरो श्रमको सुरक्षित हुने कुनै ज्ञारेन्टी छैन । जब मन नै अगाडि लाग्दैन भने तनमात्र लिएर हिडनु मन हुनेका लागि पनि घातक हुन्छ ।
नयाँ घर बनाउने जिम्मा नयाँ पुस्ताको काँधमा छाड्दै यो अभियानबाट अलग रहने निर्णय गरेँ । आफ्ना सहयात्रीहरूसँग नाई रहुन्न भन्न नसक्ने कमजोरीका कारण केही समय सम्पर्क बाहिर हुनेछु । यस विषयमा सम्मझाउने कुरा गरेर समयको बर्बादी नगरी आ–आफ्नो योजनामा लाग्नु होला ।
राजनीतिक सहयात्राको दौरान साथ सहयोग गर्नु हुने सबैप्रति आभार व्यक्त गर्दै अन्य सामाजिक यात्रामा भेट हुने नै छ । यस निर्णयले कसैको भावनामा चोट पुगेमा क्षमा प्रार्थी छु ।
(प्रतिनिधि सभा विघटनपछि नेकपा विभाजन हुँदा नेकपा धादिङका अध्यक्ष नेत्र पौडेलले राजनीतिक सन्यासको घोषणा गर्दै फेसबुकमा लेखेको पोस्ट । पार्टी विभाजनअघि नेकपा धादिङको अध्यक्ष रहेका पौडेललाई ओली समूहले केन्द्रीय समितिमा मनोनयन गरेको थियो ।)
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
हल्कादेखि मध्यम वर्षाको सम्भावना
- 33 minutes ago

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ
- 57 minutes ago

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।
महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता
- 1 hour ago

बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् ।
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
मास्कको प्रयोग ओमिक्रोन विरुद्ध उपयोगी भएको अध्ययनको दावी

एजेन्सी । अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर काम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् ।