नेप्सेमा दोहोरो अंकको गिरावट

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • सोमबार, १३ आषाढ, २०७९
  • 1 month ago
  • अर्थ

काठमाडौँ। आइतबार भारी अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकको गिरावट आएको छ।

 

आइतबार ९४.९२ अंकले बढेको नेप्सेमा आज २३.८५ अंकको गिरावट आउँदा परिसूचक १ हजार ९ सय ३३ दशमलब १३ विन्दुमा झरेको छ।

 

आज कारोबार भएका २४ कम्पनीको सेयरमूल्य बढेको छ भने १६८ कम्पनीको सेयरमूल्य घटेको छ। आज तीन कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ। सिवाइसी नेपाल दघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले, न्यादी हाइड्रोको सेयरमूल्य ९.९६ प्रतिशतले र लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयरमूल्य ९.१५ प्रतिशतले बढेको छ।

 

उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले भने सर्वाधिक गुमाएका छन्। यस कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ।

 

आज कारोबार रकममा पनि गिरावट आएको छ। आज नेप्सेमा २ अर्ब ४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार नेप्सेमा २ अर्ब १९ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

  • 14 minutes ago
महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् ।

मेसी र नेयमार बालोन डि’ओरको मनोनयनमा परेनन्

  • 51 minutes ago
मेसी र नेयमार बालोन डि’ओरको मनोनयनमा परेनन्

एजेन्सी । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फवार्डद्धय अर्जेन्टिनी स्टार लियोनेल मेसी र ब्राजिलीयन स्टार नेयमारले यस वर्षको बालोन डि’ओरको मनोनयनमा स्थान बनाउन असफल भएका छन् ।

डायलायसिस मेसिन आयो, जडान भएन

  • 1 hour ago
डायलायसिस मेसिन आयो, जडान भएन

तुलसीपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ डायलायसिस मेसिन दाङ पठायो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन दाङ आइसकेका छन् ।



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।