यस्तो हुंदैछ बेलायतको दशौं नेपाली मेला
- शनिबार, २ भदौ, २०७५
- 2 years ago
- युके

तस्बिरहरु : शिव भण्डारी
लण्डन । यहि अगस्ट २६ आइतबारका दिन लण्डनमा आयोजना हुने दशौं नेपाली मेलामा सहभागी हुन आयोजक तमु धिं यूकेले बेलायतस्थित नेपाली समुदायसमक्ष अपील गरेको छ ।
मेला आयोजना हुने लण्डनको मिडलसेक्सस्थित केम्पटन पार्क रेस कोर्समा शनिबार एक पत्रकार सम्मेलन गर्दै तमु धिं यूकेले मेलाको तयारी पूरा लगभग भएको समेत जानकारी गराएको छ ।
तमु धिं यूकेका अध्यक्ष ज्ञाम गुरुङले बेलायतको सिंगो नेपालीलाई एकताको सुत्रमा बांध्न सफल नेपाली मेलाको आयोजकका रुपमा तमु धिं यूके गौरवान्वित रहेको सुनाए । 'सन् २००९ मा सुरु भएको नेपाली मेला आज दशौं वर्षसम्म आइपुग्दा बेलायतका सारा नेपालीले अपनत्व महसुस गर्ने एउटा पर्वको रुपमा विकसित भएको छ', अध्यक्ष गुरुङले भने, 'बेलायतमा नेपाली समुदायको पहिचान स्थापित गराउन मेलाले ठूलो सहयोग गरेको छ ।'
मेलामार्फत नेपाली संस्कृति, कला र पहिचानको संरक्षण तथा प्रबद्र्धन गर्ने मेलाको लक्ष्य यथावत रहेपनि सहभागिता र व्यवस्थापनको हिसाबले क्रमशः मेलालाई सुधार र व्यापक बनाउंदै लगिएको उनले बताए ।
तमु धिं यूकेका उपाध्यक्ष तथा दशौं नेपाली मेलाका संयोजक हितकाजी गुरुङले पावरपोइन्ट प्रिजेन्टेसन मार्फत मेलाको तयारीका सम्बन्धमा बिस्तृत जानकारी दिए । मेलाको तयारीका लागि गठित ६५ सदस्यीय आयोजक समिति विगत ३ महिनादेखि मेलाको तयारीमा अहोरात्र खटिएको बताउंदैै उनले अब मेलाको लागि तयारी लगभग पूरा भएको बताए ।
लण्डनस्थित नेपाली दूतावासको सहकार्य तथा एनआरएन यूकेसहित बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाको साथ, सहयोगमा आयोजना हुने मेलाको लागि दूतावासको पहलमा बेलायतस्थित विभिन्न २० देशका कुटनितिज्ञहरुलाई अतिथीका रुपमा निमन्त्रणा गरिएको छ । बेलायतमा नेपालीहरुको बाक्लो बसोबास रहेका क्षेत्रका स्थानीय सांसद, मेयर र काउन्सिलर पनि आमन्त्रित छन् । बेलायत सरकारका रक्षा मन्त्री, गोर्खाली चेली भनेर चिनिने बेलायती अभिनेत्री जोआना लुम्ले लगायतका भिआइपीहरुलाई समेत निम्त्याइएको तर अहिलेसम्म उनीहरुको सहभागिता कन्फर्म भइनसकेको जानकारी पत्रकार सम्मेलनमा दिइयो ।
१० हजार दर्शकको उपस्थिति अपेक्षा गरिएको मेलाको मुख्य आकर्षण विभिन्न संघसंस्था र समुहले प्रस्तुत गर्ने झांकी र नृत्य रहनेछन् । जसका लागि अहिलेसम्म २६ वटा संस्थाले नाम दर्ता गरिसकेका छन् ।
मौलिक कला तथा संस्कृति झल्काउने झांकी प्रस्तुतिमा सर्वोत्कृष्ट हुने समुहलाई लण्डन दूतावासको प्रायोजन रहेको 'एम्बासडर कप' तथा एनआरएन यूकेको प्रायोजन रहेको 'एनआरएन यूके कप'का साथै मेडल, प्रमाणपत्र र नगद ११ सय पाउण्डको पुरस्कार प्रदान गरिनेछ । दोस्रो हुने समुहलाई ७ सय पाउण्ड तथा तेस्रोलाई ५ सय पाउण्डसहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।
त्यस्तै, नृत्यततर्फ प्रथम , दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५ सय, ४ सय र ३ सय नगदको पुरस्कार दिइनेछ । सान्तत्वनास्वरुप झांकीका ३ र नृत्यका २ समुहलाई २/२ सय पाउण्डको पुरस्कार पनि राखिएको छ ।
मेलामा युवा पुस्ताको सहभागिताका लागि समेत प्रोत्साहन गर्ने प्रयास गरिएको छ । जसअन्तर्गत २ घण्टाको समय युवाहरुलाई नै छुट्याइएको छ । सो समयमा युवाहरुले विशुद्ध नेपाली गीत तथा नृत्य लगायतका सांस्कृतिक प्रस्तुतिहरु देखाउनेछन् । युवाहरुमाझ लोकप्रिय दाजुभाई ब्याण्डले समेत प्रस्तुति गर्नेछ ।
पत्रकार सम्मेलनमा तमु धिं यूकेका पूर्व अध्यक्षहरु मे रिटायर्ड डमर घले, सुबाससिं गुरुङ र कमल गुरुङ, लण्डन ईकाईका पूर्व अध्यक्ष डेभिड गुरुङ लगायतले पनि मेलाको पृष्ठभुमि तथा लक्ष्य लगायतका विषयमा आफ्ना धारणाहरु राखेका थिए । आमा समुहकी महासचिव यशोधा गुरुङले मेलाका दिन आमा समुहले प्रवेशद्धार र अतिथी सत्कारको जिम्मेवारी सम्हाल्ने जनाउंदै आमा समुहले केहि कोष संकलन गरी तमु धिं यूकेको भान्सा कोठा निर्माणको लागि सहयोग गर्ने बताइन् ।
मेलामा प्रस्तुत हुने झांकी तथा नृत्यहरुमा उत्कृष्ट चयन गर्ने जिम्मा पाएको निर्णायक मण्डलका संयोजक एकेन्द्र गुरुङले हरेक प्रस्तुतिको उचित मुल्यांकन हुने गरी निर्णयकहरुले काम गर्ने बताए ।
तमु धिं यूकेका महासचिव कृष्ण गुरुङले सञ्चालन गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष नन्दजंग गुरुङले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा मेलामा प्रस्तुति गर्न तथा सञ्चालकको भुमिका निभाउन नेपालबाट आएकी नायिका तथा पत्रकार पुनम गुरुङ र उपस्थित पत्रकारहरुलाई अध्यक्ष ज्ञाम गुरुङ र संयोजक हितकाजी गुरुङले खादा ओढाएर सम्मान गरेका थिए । पत्रकार सममेलनको संयोजन तमु धिं यूकेका मिडिया संयोजक रोहित गुरुङले गरेका थिए ।
पत्रकार सम्मेलनमा तमु धिं यूकेका संस्थापक अध्यक्ष मीनबहादुर गुरुङ, आमा समुहकी अध्यक्ष प्रेमा गुरुङ, कोषाध्यक्ष दिपक गुरुङ, कुमार गुरुङ सहित वर्तमान कार्यसमितिका विभिन्न पदाधिकारी, सल्लाहकार तथा अन्य विभिन्न संघसंस्थाका प्रतिनिधी समेतको उपस्थिति थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौँमा मात्रै थप ९८७ जनामा कोरोना संक्रमण
- 12 minutes ago

काठमाडौँ । काठमाडौँमा थप ९८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ललितपुरमा १०६ जनामा र भक्तपुरमा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय काठमाडौ
नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण
- 16 minutes ago

काठमाडौँ । नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पिसिआरबाट २३६५ र एन्टिजेनबाट ६३ गरी २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु
- 26 minutes ago

काठमाडौँ । काठमाडौंँको पेप्सीकोलाबाट मध्यपुरथिमि नगरपालिका–२ सानो ठिमीतर्फ आउँदै गरेको रा २ प ४४३७ नंको मोटरसाइकल र मगर गाउँबाट पेप्सीकोलातर्फ जाँदै गरेको वा ३ ख ४४६५ नंको टिपर ठोक्किएर दुर्घटना हुँदा
पर्यटन
खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।
जीवनशैली
यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।
विचित्र विश्व
च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।