Techie IT
२०८१ वैशाख ६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलआइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता: आज वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै नेपाल

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता: आज वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै नेपाल


काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज  वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । खेल जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार १२ः४५ मा सुरु हुनेछ ।

पहिलो खेलमा जिम्बाबेसँग पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकामाथि सानदार जित हात पारेको थियो ।

वेस्ट इन्डिजलाई पराजित गर्दै नेपाल दोस्रो जित हात पार्ने रणनीतिमा रहेको छ ।

दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियनसँग नेपालको यो नै पहिलो भेट हो ।

उता वेस्ट इन्डिज नेपालमाथि जित हात पार्दै सुपर सिक्सको सम्भावना बलियो बनाउने रणनीतिमा रहेको छ ।

नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ ।

प्रतियोगितामा सहभागी १० टोलीमा दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा बिभाजन गरिएको छ । समूह ए मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, जिम्बावे र वेस्टइन्डिज छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, युएई र स्कटल्यान्ड छन् ।

हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्ने हुन्छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

एसीसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया भिड्दै

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत समूहचरणको अन्तिम खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिष्पर्धा गर्दैछ । खेल पौने १२

नेपाल एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा

काठमाडौं । हङकङलाई हराउँदै नेपाल ओमानमा चलिरहेकाे एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा पुगेकाे छ । हङकङले दिएकाे १ सय १५

रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ धिर बुढा र महिलातर्फ प्रिया…

काठमाडौँ । जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिताको पुरुषतर्फको उपाधि धिर बुढाले जितेका छन् । जुम्लादेखि मुगुको रारातालसम्म ४९ किलोमिटर दौडमा

Techie IT