न्युजिल्यान्डमा ‘नेपाल फेस्टिभल’ महोत्सव सम्पन्न

सिड्नी । न्युजिल्यान्डमा ‘नेपाल फेस्टिभल’ महोत्सव सम्पन्न भएको छ । नेपाली भाषा, कला, संस्कृति र सम्पदालाई प्रवर्द्धन गर्ने उद्देश्यले एओटा स्कायर भन्ने स्थानमा महोत्सवको आयोजना गरिएको हो ।

 

महोत्सवमा न्युजिल्यान्डका विभिन्न शहरबाट जम्मा भएका नेपाली र स्थानीयको उपस्थिति रहेको थियो । नेपाली झाँकी र परेड गरी सुरूवात गरिएको कार्यक्रममा नेपाली खानाका परिकार, संगीत, गायन, नृत्य, झाँकी तथा प्रदर्शनीहरू प्रस्तुत गरिएको न्युजिल्यान्डस्थित संवाददाता सञ्जय शान्ति सुबेदीले जानकारी दिए ।

 

कार्यक्रममा न्युजिल्यान्ड सरकारका मन्त्रीहरू, सांसदहरू, स्व। एडमण्ड हिलारीकी पत्नी जुन हिलारी, विभिन्न प्रवासी समुदायका प्रतिनिधिहरू, नेपाली समुदायका प्रतिनिधिहरू तथा स्थानीय संचारकर्मीहरू लगायत नेपाली र न्युजिल्यान्डमूलका सहभागीहरूको बाक्लो उपस्थिति थियो ।

 

२०२० मा निर्धारित समयमा कोभिड–१९ का कारणले सम्पन्न गर्न नसकिएको महोत्सव कोरोना संक्रमणको त्रासका बीच कार्यक्रम सोचे भन्दा भव्य र नेपाली संस्कृतिलाई प्रचार–प्रसार एवं प्रवर्द्धन गर्न कार्यक्रम सफल रहएको आयोजक न्युजिल्यान्ड नेपाल समाजका अध्यक्ष डा। सान्तोष भण्डारीले बताए ।

 

कार्यक्रममा अतिथिहरू न्युजिल्यान्ड सरकारका मन्त्री प्रियङ्का राधाकृष्णन, माइकल उड तथा संसद मेलिसा ली, न्युजिल्यान्डका लागि नेपालका मानार्थ पर्यटनदूत डा. रमिल अधिकारी तथा पिटर गिब्स लगायतले महत्वपूर्ण मन्तव्य राखेका थिए । वक्ताहरूले नेपाल र न्युजिल्यान्डबीच रहेको परस्पर मैत्री सम्बन्धका बारेमा जोड दिएका थिए ।

 

३० भन्दा धेरै नृत्य, साङ्गितिक प्रस्तुति, सांस्कृतिक नृत्य रहेको उक्त कार्यक्रममा अक्ल्याण्ड लगायत ह्यामिल्टन, वेलिङ्टन र क्राइसचर्च गरी एक सय २० जना भन्दा धेरै कलाकारले आफ्नो प्रस्तुति देखाएका थिए । बाक्लो संख्यामा रहेका स्वयंसेवकको सहयोगमा सुव्यवस्थित रूपमा सम्पन्न नेपाल फेस्टिबलमा अनुमानित १० हजार मानिस सहभागी भएको आयोजकले जनाएको छ ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

स्वास्थ्य मापदण्ड पालनामा हेल्चेक्र्याइँ

  • 42 seconds ago
स्वास्थ्य मापदण्ड पालनामा हेल्चेक्र्याइँ

काठमाडौँ । सरकारले कोभिड–१९ नियन्त्रणका लागि यही वैशाख ६ गते विभिन्न आदेश जारी गर्दै मुलुकभर सावधानी अपनाउन सर्वसाधारणमा अपिल गरे पनि मुलुकमा त्यसलाई खासै ख्याल गरेको पाइएको छैन । आदेशको कार्यान्वयनमा

नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

  • 5 minutes ago
नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

काठमाडौँ । त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालल

पोखरामा थप ५५ जनामा कोरोना संक्रमण

  • 13 minutes ago
पोखरामा थप ५५ जनामा कोरोना संक्रमण

पोखरा । पोखरामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरा तथा क्षयरोग उपचार



पर्यटन

खुलेको माछापुच्छ्रे हिमाल

खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।

जीवनशैली

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।

विचित्र विश्व

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।