भारतीय क्याम्पसकाे व्यवस्थापन समिति अध्यक्षमा काँग्रेसका सांसद निर्वाचित

फाइल फाेटाे

नवलपरासी । नेपालका प्रतिनिधिसभा सदस्य एवं पुर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भारतको एक क्याम्पसको व्यवस्थापन समितिको अध्यक्ष (प्रबन्धक)मा निर्वाचित भएका छन् । 

 

कँडेल पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । कँडेल पश्चिम नवलपरासीको सीमापारि भारतको महाराजगञ्ज जिल्लाअन्तर्गत ठुटीबारीमा रहेको राधाकुमारी इन्टर कलेजको व्यवस्थापन समितिको अध्यक्ष (प्रबन्धक)मा निर्वाचित भएका हुन् । 

 

यसअघि इन्टर कलेजका व्यवस्थापन समिति अध्यक्ष (प्रबन्धक)मा सांसद कँडेलकै हजुरआमा स्व. राधाकुमारी कँडेल र बुबा स्व. पृथ्वीराज कँडेल थिए । 

 

पछिल्लो पटक करीब १० वर्ष रिक्त रहेको अध्यक्ष (प्रबन्धक) मा सांसद कँडेल निर्वाचित भएका हु्न्। 

 

ठुटीबारीग्राम पञ्चायतका प्रधान राजेश सिंहलाई निर्वाचनमा पछि पार्दै कँडेल सो कलेजको व्यवस्थापन समितिको अध्यक्ष (प्रबन्धक) भएका हुन् । 

 

महाराजगञ्ज जिल्लाको मुख्य बजार महाराजगञ्जमा बुधबार भएको निर्वाचनबाट कँडेल सो कलेजको व्यवस्थापन समितिको अध्यक्ष (प्रबन्धक) भएका हुन् । 

 

सन् १९५२ सालमा विद्यालय स्थापना भएको सो कलेज नेपाल भारत सीमा क्षेत्रमा निकै प्रख्यात मानिन्छ । नवनिर्वाचित प्रबन्धक कँडेलले कलेजको शैक्षिक गुणस्तर सुधार गर्न काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

जम्मा १० मत रहेको यस कलेजको व्यवस्थापन समितिमा कँडेलले ६ मत प्राप्त गरेका थिए भने अर्को प्रतिस्पर्धी उम्मेदवार सिंहले चार मत प्राप्त गरेका थिए ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

  • 4 hours ago
प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ ।

'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

  • 4 hours ago
'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको फैसलापछि सरकार निर्माणका विभिन्न विकल्प देखिएकामा त्यसअनुसार सरकार बन्न नसके मुलुक ताजा निर्वाचनमा जाने बताए

सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

  • 4 hours ago
सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

काठमाडौँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ९रोहित०ले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुमेको प्रतिक्रिया दिएका छन् ।



पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन् । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।