प्रचण्ड–नेपाल समूहद्वारा यी ६ नेतालाई कारबाही

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले ओली समूहका ६ जना नेताहरुलाई कारबाही गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको सो समूहको केन्द्रीय कमिटी बैठकले ओली समूहमा सक्रिय रहेका ६ नेताहरुलाई कारबाही गरेको हो ।

 

पार्टी हित विपरीत गतिविधि गरेकाले प्रचण्ड–नेपाल समूहको बैठकले ओली समूहका महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको नेता वर्षमान पुनले जानकारी दिए । उनीहरुलाई केन्द्रीय समिति सदस्यबाट निलम्बन गरेको हो ।

 

त्यस्तै, सो बैठकले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णय गरेको छ । 

 

आफूहरुको पक्षमा झण्डै दुई तिहाई केन्द्रीय सदस्य रहेको दाबी गर्दै आएको यो समूहले पार्टीको आधिकारिकता र चुनाव चिन्ह आफूहरुलाई नै दिनुपर्ने माग निर्वाचन आयोग समक्ष गर्दै आएको छ । 

 

बहुमत केन्द्रीय सदस्य रहेकै कारण आफूहरुले गरिरहेको गतिविधि आधिकारिक भएको समेत यो समूहको दाबी छ ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँमा कोराना संक्रमण बढ्दो

  • 2 hours ago
काठमाडौँमा कोराना संक्रमण बढ्दो

काठमाडौँ । काठमाडौँमात्रै ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै ललितपुरका १०५ जनामा र भक्तपुरमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

  • 2 hours ago
नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण हालसम्म ३ हजार १०२ जनाको ज्यान गएको छ ।

नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण

  • 2 hours ago
नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले एन्टीजेन र पिसिआर परीक्षणबाट थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।



पर्यटन

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।

जीवनशैली

यी खानेकुरामा दही मिसाएर खानुहोस्

यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।