नेपालगञ्ज जलमग्न, सतर्कता अपनाउन प्रशासनकाे अाग्रह

फाइल फाेटाे

बाँके । आइतबार साँझदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ । 

 

निरन्तर वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँलगायत स्थानमा पानी जमेर आवतजावतमा समस्या भएको छ । 

 

पानी जमेपछि बिहानै विद्यालय तथा कलेज जाने विद्यार्थी जान सकेका छैनन् भने पैदलयात्रीलाई अप्ठेरो भएको छ । नेपालगञ्जका विभिन्न सडक तथा नाली निर्माणको कार्यले ढल निकासको व्यवस्थापन नहुँदा पानीको मुहान थुनिएर पानी जमेको हो । 

 

वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । वर्षाले नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन् । 

 

बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपत् व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सर्तकता अपनाउन आग्रह गरेको छ । 

 

बाँकेको कुसुममा राप्ती नदीको पानीको सतह दुई मिटर पुगेको छ । कुसुममा साढे पाँच मिटर सतह पुग्ने बित्तिकै राप्ती नदीको तल्लो तटीय क्षेत्रका दर्जनौँ गाउँ डुब्छन । 

 

बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिकाअन्तर्गत नदी आसपासका नागरिकलाई सर्तकता अपनाउन तथा अग्लो सुरक्षित स्थानको समेत खोजी गर्न आग्रह गरिएको बताए । 

 

भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि वर्षेनी गाउँ डुब्ने गर्दछन् । वर्षाले डुबानको जोखिम बढाएपछि स्थानीय प्रशासनले उद्धार कार्यमा हाइअलर्ट रहन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आर्थिक हिनामिनाको आरोपमा अफ्रिकी फुटबल प्रमुख ५ वर्ष प्रतिबन्धित

  • 6 minutes ago
आर्थिक हिनामिनाको आरोपमा अफ्रिकी फुटबल प्रमुख ५ वर्ष प्रतिबन्धित

एजेन्सी । फिफाले अफ्रिकी फुटबल महासंघका अध्यक्ष अहमद अहमदलाई ५ वर्षको प्रतिबन्ध लगाएको छ । फिफाले सोमबार आर्थिक हिनामिनाको आरोपमा उनलाई प्रतिबन्ध लगाएको हो ।

कारोना रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको जानकारीसँगै नगरपालिकामा अख्तियारको छापा

  • 40 minutes ago
कारोना रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको जानकारीसँगै नगरपालिकामा अख्तियारको छापा

सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ ।

आलु पाठशाला सञ्चालन गर्दै झिमरुक गाउँपालिका

  • 58 minutes ago
आलु पाठशाला सञ्चालन गर्दै झिमरुक गाउँपालिका

प्युठान । झिमरुक गाउँपालिकाको कृषि शाखाले हाल आलु पाठशाला सञ्चालन गरेको छ । आलु लगाउनेदेखि आलु लगाउने विधि सिकाउनका लागि पाठशाला सञ्चालन गरिएको हो । पाठशालामा २५ सक्रिय कृषक सदस्य सहभागी छन् ।



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।