अष्ट्रेलियामा रहेका नेपाली भन्छन्ः यसपाली दसैं, तिहार ढिला भएको पनि ठिकै भयो

सिड्नी । यस वर्षको दसैं, तिहार तथा छठ पर्व ढिला हुँदा अष्ट्रेलियामा रहेका नेपालीहरु खुसी छन् । कोरोनाभाइरस (कोभिड– १९)को संक्रमणदर हरेक राज्यले लगभग नियन्त्रणमा लिएको साथै हिन्दुहरुको ठूलो चाडपर्व पनि ढिलो सुरु हुन लाग्दा नेपालीहरु खुसी भएका हुन् ।

 

कोरोना लगभग नियन्त्रणमा आएसँगै दसैंमा अष्ट्रेलियामा रहेका आफन्तजन तथा साथीभाईहरुसँग भेट गर्न पाइने भन्दै विगत ५ वर्षदेखि सिड्नी बस्दै आएका विजय पौडेलले खुसी व्यक्त गरे । उनीमात्रै होइन चाडपर्व केही खुलेर मनाउन पाउने भन्दै अष्ट्रेलियामा रहेका धेरै नेपालीहरु दंग छन् । नेपालमा कोरोनाभाइरसको संक्रमण दैनिक रुपमा २ हजारभन्दा बढीमा देखिन थालेको अवस्थामा स्वास्थ्य मन्त्रालयले हालकै स्थानमा चाडपर्व मनाउन सुझाव दिएको छ । अष्ट्रेलियाको अवस्था सामान्य बन्ने क्रममा रहेको हुँदा यहाँ रहेका नेपालीहरु खुसी भएका हुन् । तर, स्वास्थ्य सेवाको पहुँच त्यति प्रभावकारी नभएको नेपालको भने उनीहरुको चिन्ता उत्तिकै छ ।

 

त्यस्तै, लामो समयदेखि मेलवर्नमा बस्दै आएका निराजन गौली फेसबुकमा लेख्छन्, ‘यसपटक दसैं पछाडि सरेको ठिकै भयो जस्तो छ है यता हामीलाई । दसैं सम्ममा थोरै भएपनि जम्मा भएर मनाउन पाईन्छ की जस्तो छ आज पनि ८ जनामानै सिमीत भयो कोरोना संक्रमण ।’

 

अष्ट्रेलियाको स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार हालसम्म जम्मा २७ हजार १३६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ८९४ जनाको मृत्यु भएको छ । जसमध्ये २४ हजार ७२५ जना संक्रमणमुक्त भएका छन् । 

 

आइतबारसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी प्रभावित राज्य भिक्टोरिया हो । भिक्टोरियामा २० हजार २०९ जनामा संक्रमण पुष्टि भएको छ । भिक्टोरिया राज्यमा पछिल्लो २४ घण्टामा जम्मा ९ जनामा संक्रमण पुष्टि भएको छ ।

 

त्यस्तै, पछिल्लो १० दिनयता न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यमा समुदायस्तरमा कोरोना संक्रमित भेटिएका छैनन् । त्यस्तै, पछिल्लो २४ घण्टामा एनएसडब्लुमा जम्मा १ जना संक्रमित भेटिएका छन् । जम्मा ४ हजार ७८९ परीक्षण हुँदा उक्त व्यक्ति होटल क्वारेन्टिनबाट भेटिएका हुन् ।

 

अष्ट्रेलियामा अझै पनि दैनिक २६ हजारको हाराहारीमा परीक्षण भइरहेको छ । सोही कारण अष्ट्रेलियाले कोरोना नियन्त्रणमा लिएको छ । फलस्वरुप त्यहाँको आर्थिक गतिविधिहरु क्रमशः चलायमान बन्दै गएका छन् । आर्थिक गतिविधिहरु चलायमान बन्दा रोजगारी गुमाएकाहरु काममा फर्कन थालेका छन् । केही समयअघि रोजगारी गुमाएकाहरुले विस्तारै काम पनि पाउँदै गर्दा चाडपर्वको समयमा नेपालीहरु आर्थिक रुपले केही सक्षमा पनि भएका छन् ।

 

यस पटकको दसैं कार्तिक १ गतेबाट सुरु हुनेछ । १ गते घटस्थापना रहेको छ भने १० गते विजयादशमी रहेको छ । २८ गते कागतिहार, २९ गते कुकुर तिहार/लक्ष्मीपुजा, ३० गते गोरुतिहार तथा मंसिर १ गते भाइटिका रहेको छ । त्यस्तै, ५ गते छठ पर्व रहेको छ । 

 

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कारागारमा जन्मिएको बच्चा

  • 2 minutes ago
कारागारमा जन्मिएको बच्चा

दाङ । दाङको तुलसीपुर कारागारमा कर्तव्य ज्यान मुद्दामा थुनामा रहेकी बङ्गलाचुली गाउँपालिका निवासी निशाना घर्तीले जन्माएको बच्चा । उनले कारागारमै छोरीको जन्म दिएकी हुन् । तस्वीरः दीपक बोहरा÷ रासस

पञ्चेबाजा नरसिङ्गो बजाउँदै

  • 8 minutes ago
पञ्चेबाजा  नरसिङ्गो बजाउँदै

मार्तडी । जिल्लाको बुढीगङ्गा नगरपालिका–३ का स्थानीय पञ्चेबाजा नरसिङ्गो बजाउँदै । पछिल्लो समयमा पञ्चेबाजा लोप हुँदै गएको छ । तस्वीरः प्रेमबहादुर रौले, रासस



पर्यटन

बैतडीको मेलौली मन्दिर

बैतडीको मेलौली मन्दिर

बैतडी । कोरोना कहरले सुनसान बनेको बैतडीको मेलौलीमा रहेको मेलौली भगवती मन्दिर ।

जीवनशैली

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

एजेन्सी । दैनिक रुपमा पुरुषले खाली पेटमा लसुनको एक केश्रा खाए यसले थुप्रै रोगको उपचारमा मद्दत पुर्याउँछ । लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्यालाई टाढै राख्छ ।