नेपाल ब्रिटेनको वार्षिकोत्सवमा सम्मानित भए बेलायतका १० वर्ष व्यक्तित्व
- सोमबार, ७ साउन, २०७५
- 2 years ago
- युके

लन्डन । बेलायतबाट सञ्चालित अनलाइन न्यूज पोर्टल नेपाल ब्रिटेन डटकमको ११ औं वार्षिकोत्सव आइतबार लण्डनमा एक भव्य समारोहबीच मनाइएको छ ।
उक्त अवसरमा बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीका साथै बेलायतको नेपाली समुदायबाट वर्षका १० चर्चित व्यक्तित्वलाई सम्मान गरियो ।
लन्डनको ह्यारो फुटबल क्लबमा आयोजित कार्यक्रम प्रमुख अतिथि सांसद डा. सूर्य पाठक र वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले संयुक्त रुपमा उद्धघाटन गरेका थिए ।
शीर्ष १० व्यक्तित्व सम्मानित हुनेहरुमध्ये पहिलो नम्बरमा लिभरपुल जोन मोर युनिभर्सिटीेका एसोसिएट डिन डा. पदम सिम्खडा, दोस्रो नम्बरमा बेलायती सेनाको छैटौं वरियताको लेफिटनेन्ट कर्णेल टोल खाम्चा, तेस्रो नम्बरमा गेसो अध्यक्ष कृष्णकुमार राई, चौथो नम्बरमा तमु धि यूके ज्ञाम गुरुङ, पाँचौं नम्बरमा बुद्ध फाउण्डेसन यूके अध्यक्ष दिपक श्रेष्ठ ,छैटौं नम्बरमा सहारा यूके अध्यक्ष मीनबहादुर गुरुङ , सातौं नम्बरमा एनबिसी यूके पूर्व अध्यक्ष कमलराज खनाल, आठौं नम्बरमा शान्ति नेपाली समाज बलायतका अध्यक्ष कृष्ण ढकाल, नवौं नम्बरमा ग्रेटर रश्मोर नेपाली कम्युनिटी अध्यक्ष जीव बेल्बासे र दशौं स्थानमा नायिका जसिता गुरुङ छन् ।
त्यसैगरी बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीलाई 'डिप्लोम्याट अफ द डिकेड'को रुपमा सम्मान गरियो ।
कार्यक्रमका संयोजक रामशरण सिंखडाले समुदायमा उदाहरणीय कार्य गर्ने व्यक्तित्वहरुको हौसलाको लागि सम्मान गरिएको बताए । सम्मानलाई प्रतिकका रुपमा लिन आग्रह गर्दै उनले समाजमा योगदान गरेका तर लाइमलाइटमा नआएकाहरुलाई भविष्यमा पहिचान गर्न प्रयास गरिने बताए ।
कार्यक्रममा एनआरएन यूके अध्यक्ष योगकुमार फगामी , पुर्व अध्यक्ष सुर्य गुरुङ , बुद्धिजिबी शिवजी श्रेष्ठ , पत्रकार महासंघ यूकेका वरिष्ठ उपाध्यक्ष ध्रुबराज अर्याल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रमका सभापति तथा नेपाल ब्रिटेन डटकम सम्पादक चिरन शर्माले कार्यक्रमका सहभागी तथा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
नायिका छुल्ठिम गुरुङ , गायिका शर्मिला बर्देवा , प्रसुना कडेल लगायतले कार्यक्रममा विशेष प्रस्तुति गरेका थिए ।
कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधीहरुको उल्लेख्य सह्भागिता थियो ।
तस्बिर : एभरेस्ट गौतम
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश
- 5 minutes ago

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभ
आगलागी पीडितलाई सक्दो पहल गर्ने सांसद् भट्टराईको प्रतिवद्धता
- 11 minutes ago

काठमाडौँ । ताप्लेजुङका सांसद् योगेश भट्टराईले दोभान बजारमा भएको आगलागी पीडितलाई सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य समेत रहेका भट्टराईले दोभा
मंगलबार ४ हजार १२७ स्वाब परीक्षण
- 30 minutes ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार १२७ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चिया टिप्दै प्रियंका गान्धी !

एजेन्सी । पछिल्लो समय प्रियंका गान्धी बाद्रा आसाममा हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीको प्रचारमा व्यस्त रहेकी छन् । दुई दिनको प्रचार कार्यक्रममा उनले बिश्वनाथमा चिया आदिवासीहरूसँग मंगलबार कुराकानी गरेकी छन्।