नेपाली व्यवसायीलाई चीनको भिसा दिन माग
- बुधबार, १५ आषाढ, २०७९
- 1 month ago
- नेपाल

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नेपालमा व्यापार व्यवसायलाई सहजीकरण गर्नका लागि नेपाली उद्योगी तथा व्यवसायीलाई चीनको भिसा दिन माग गरेको छ ।
महासङ्घले आज बिहान चीनका लागि नेपालका नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठलाई आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा व्यवसायीहरुले नेपालमा सहज रुपमा व्यवसाय सञ्चालनका लागि चीनमा जान रोकिएको भिसा सहजीकरण गर्न माग गरेको हो ।
कार्यक्रममा महासङ्घका अध्यक्ष कुमार कार्कीले केरुङ, तातोपानीलगायतका चीनसँग जोडिएका नेपाली भन्सार नाकामा नेपाली व्यवसायलाई सहज रुपमा आवतजावतको व्यवस्था मिलाउन चीन सरकारसँग पहल गरिदिन आग्रह गरे ।
“केरुङ, तातोपानीलगायतका नाकामा नेपाली व्यवसायी, चालक तथा सहचालकलाई आवतजावतका लागि सहज वातावरण बनाउनुपर्छ, केरुङ तथा खासामा आइपुगेका सामान बढीमा १० दिनभित्र नेपाली भन्सार नाकामा आइपुग्ने वातावरण बनाउनुपर्छ”, उनले भने ।
महासङ्घले नेपाली सामान केरुङ र खासामा निर्यात गर्दा सहज वातावरण निर्माण गर्नुपर्ने, चीनका विभिन्न सहरमा अध्ययनरत विद्यार्थीलाई चीनमा अध्ययन गर्न सहज वातावरण बनाउनुपर्ने, चीनबाट आयात गरिने आधिकारीक ब्राण्डेड सामान तथा औषधिजन्य कच्चापदार्थको सहजीकरण गर्नुपर्ने, कृषिजन्य रासायनिक मल तथा बीउबिजनको आयातमा सहजीकरण गर्नसमेत माग गरेको छ ।
भेटमा राजदूत श्रेष्ठले व्यवसायीलाई परेको समस्या आम देशवासीको समस्या भएको भन्दै उक्त समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए । “नाकाभित्र रहेका समस्या समाधान गरी नाकालाई सहज बनाउन मेरो पर्यत्न रहन्छ”, उनले भने ।
राजदूत श्रेष्ठले भिसा समस्या समाधानमा पनि आफ्नो प्राथमिकता रहने बताए । “चीनमा स्थापना भएको नेपाली राजदूतावास नेपाली जनताको समस्या समाधान गर्नका लागि स्थापना भएको हो, म नेपालीकै काम गर्न चीन जान लागेको हो, व्यवसायीलाई परेको पिरमर्काको समाधान मेरो उच्च प्राथमिकता हुनेछ”, उनले भने ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष मनोजबाबु श्रेष्ठले चीनसँग जोडिएका नेपाली नाका अवरुद्ध हुँदा नेपाली उद्योगी व्यवसायी ठूलो समस्यामा परेको बताए । चीनमा गएर सामान छानेर नेपाल ल्याउने वातावरण निर्माणमा लाग्न राजदूतसमक्ष उनले अनुरोध गरे ।
महासङ्घका संस्थापक अध्यक्ष नरेश कटुवाल, सल्लाहकार समितिका सभापति नयनबहादुर पण्डित क्षेत्रीलगायतले नेपाल–चीन सम्बन्धलाई प्रगाढ बनाउँदै नेपाली उद्योगी व्यवसायीको हक, हितमा लाग्न राजदूतसमक्ष आग्रह गरेका थिए ।
विसं २०७३ मा स्थापना भएको महासङ्घमा देशभरका २३ सङ्घ आवद्ध छन् । महासङ्घले देशभर आफ्नो सङ्गठन विस्तार गर्ने लक्ष्य लिएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए । उक्त महासङ्घमा हाल देशभरका दश हजार हाराहारीमा व्यवसायी आवद्ध छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
ज्येष्ठ नागरिकको अभिभावकत्व राज्यले लिन्छ: मन्त्री रेग्मी
- 4 minutes ago

सरकारले अब ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा आफैँले लिने भएको छ । छोराछोरीले अंश लिने तर बाबुआमालाई घरमै आफूसँग उचित लालनपालन र पालनपोषण नगरी आश्रम लगेर राख्ने वा हेरविचार नगर्ने अवस्था आएको भन्दै स
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार
- 12 minutes ago

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
घाँटी थिचेर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
- 20 minutes ago

पर्सा। पर्सामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा– २३ ईटियाहीका दिनेशप्रसाद यादव छन्। उनले २३ वर्षकी श्रीमती प्रतिमाकुमारी या
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
ट्रम्पको घरमा छापा मारेएपछि त्रसित छन् एफबिआईका अधिकारीहरु !

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पको घरमा छापा मारिएपछि एफबीआईका अधिकारीहरूलाई पार्टीका समर्थकहरूबाट लगातार धम्की दिइँदै आएको मिडिया रिपोर्टमा उल्लेख छ ।