सूचना तथा सञ्चार दिवसमा टेलिकमले 'प्रविधि दिवस' अफर दिँदै
- आइतबार, १८ बैशाख, २०७९
- 1 month ago
- प्रबिधि

काठमाडौँ। यही वैशाख १९ गते अर्थात् मे २ तारिखमा मनाइने चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस- २०७९ को अवसरमा नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अफर उपलब्ध गराउने भएको छ।
कम्पनीका ग्राहकहरूका लागि टेलिकमले अनलिमिटेड डेटा र भ्वाइससहितको कम्बो प्याक, डेटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो। यो अफर वैशाख १८ गतेदेखि वैशाख २४ (मे १ तारिख मे ७ तारिख)सम्म उपलब्ध हुनेछ।
अफरअन्तर्गत तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जिबी डेटा प्याक जम्मा ९८ रुपैयाँमा खरिद गर्न सकिनेछ। त्यसैगरी, २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डेटा र अन(नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ९९ रुपैयाँमा उपलब्ध हुँदै आएको राष्ट्रिय सूचना तथा सञ्चार दिवसको अवसरमा ५० प्रतिशत छुटसहित जम्मा ४९ रुपैयाँमा उपलब्ध हुने बताइएको छ।
ग्राहकहरूले *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सुविधा खरिद गर्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
साथै, जम्मा २०० रुपैयाँदेखि ४९९ रुपैयाँ सम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डेटा प्याक र ५०० रुपैयाँ तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा चार दिनसम्म प्रयोग गर्न सकिने २ जिबी डेटा प्याक पनि उपलब्ध हुनेछ।
यी अफरबाट ग्राहकहरूले लाभ लिई सूचना प्रविधि(मैत्री बन्न थप सहयोग पुग्ने अपेक्षा कम्पनीले लिएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मदनको ७१औँ जयन्तीः राष्ट्र निर्माणमा ‘जबज’ ले दिएको आधार
- 26 minutes ago

काठमाडौं । आकर्षक भाषणकलाका कारणले मात्रै होइन नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकीकरण गराउने वैचारिक अगुवाका रुपमा पनि जननेता मदनकुमार भण्डारीको योगदानलाई इतिहासले स्मरण गरिरहेको छ । तीक
एनआरटी मलेसिया प्रस्थान
- 34 minutes ago

काठमाडौं । मलेसियाको पेनाङमा आयोजना हुने टुवान याङ टेरुतमा (टिवाइटी) कप फुटबल प्रतियोगितामा नेपालको ए डिभिजन क्लब न्यूरोड टिम (एनआरटी)ले भाग लिने भएको छ ।
क्यानडा जाने नेपाली टोलीको बिदाइ
- 39 minutes ago

स्कटल्यान्डमा नेपालले विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । स्कटल्यान्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग–दुईको चार खेल खेल्नेछ । विश्वकप लि
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।
विचित्र विश्व
श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।