जुलाई २९ मा लण्डनको लर्ड्समा खेल्ने नेपाली टोली घोषणा

Global IME
Mega Bank
Norvic Hospital
फाइल फोटो : नेपालले २ वर्षअघि पहिलोपटक लर्ड्समा एमसिसीसंग मैत्रीपुर्ण क्रिकेट खेलेकोे थियो ।

लण्डन । विश्वमाझ होम अफ क्रिकट का रुपमा प्रतिष्ठित लण्(डनको लर्ड्स मैदानमा यहि जुलाई २९ मा हुनेखेलको लागि नेपाली टोली घोषणा भएको छ ।

 

एमसिसी र नेदरल्याण्डसंग हुने नेपालको त्रिकोणात्मक खेलका लागि १५ सदस्यीय टोली घोषणा भएको हो । पारस खड्काको कप्तानीमा ४ जना वैकल्पिक खेलाडीसहित टिम घोषणा भएको हो । 

 

नेपाली टोलीमा कप्तान खड्कासंगै  ज्ञानेन्द्र मल्ल, अनिल शाह, बसन्त रेग्मी, दिपेन्द्रसिंह ऐरी, करन केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी र सुवास खकुरेल परेका छन् । त्यस्तै वैकल्पिक खेलाडीका रुपमा विनोद भण्डारी, प्रदीप ऐरी, सुसान भारी र सुनिल धमलाले टोलीमा ठाउं पाएका छन् ।

 

खेलमा भाग लिन नेपाली टोली यहि शुक्रबार जुलाई १९ मा लण्डन आउने कार्यक्रम छ । जुलाई २९ को मुख्य खेलअघि नेपाली टोलीले लण्डनमा २ अभ्यास खेल खेल्ने तयारी छ । 

 

लर्ड्समा हुने त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्डबीचको खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले अन्तर्राष्ट्रि«य  मान्यता प्रदान गरेको छ । 

प्रतियोगितामा पहिलो खेल  एमसिसी र नेदरल्याण्डबीच हुनेछ भने त्यसपछि एमसिसी र नेपाल तथा अन्त्यमा नेपाल र नेदरल्याण्डबीच खेल हुनेछ । यो प्रतियोगितामा एमसिसीको कप्तानी श्रीलंकाका पूर्व क्रिकेटर महेला जयबद्र्धनेले गर्नेछन् । 

 

नेपालका कप्तान पारस खड्काले गत महिना बेलायत भ्रमणका क्रममा लर्ड्समा नेपाली खेलाडीको हौसला बढाउन बेलायतबासी नेपालीहरुलाई उक्त खेल हेर्न उपस्थित भइदिन आवहान गरेका थिए । खेल हेर्ने नेपालीको सहभागिता बढाउन अहिले बेलायतमा प्रशान्त कुंवर, सिद्धार्थविक्रम क्षेत्री, दिपक श्रेष्ठ, राजन खकुरेल लगायतले प्रचारप्रसार गरिरहेका छन् । उनीहरुले बेलायतका प्लमस्टिड, ह्यारो, अल्डरसट लगायतका विभिन्न स्थानबाट उक्त खेलको लागि प्रिन्टेड टिकट नै उपलब्ध गराइरहेका छन् । 

 

लण्डनस्थित नेपाली दूतावास, एनआरएन यूके लगायतका विभिन्न नेपाली संघसंस्थाले पनि खेल हेर्न तथा नेपाली खेलाडीको हौसला बढाउन जुलाई २९ मा लर्ड्स जान बेलायतबासी नेपालीहरुलाई अपील गरेका छन् । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

निर्वाचनको परिणाम आएसँगै दलका कार्यालय रङ्गरोगन गरिँदै

  • 5 minutes ago
निर्वाचनको परिणाम आएसँगै दलका कार्यालय रङ्गरोगन गरिँदै

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलका लागि कार्यालय व्यवस्थापन, रङ्गरोगन र सरसफाइ सुरु गरेको छ । पहिलो हुने निर्वाचित हुन

समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो

  • 8 minutes ago
समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ ।

बेलायतमा नेपालीको जनसंख्या ७२ प्रतिशतले वृद्धि

  • 55 minutes ago
बेलायतमा नेपालीको जनसंख्या ७२ प्रतिशतले वृद्धि

लण्डन । बेलायतमा नेपालीहरूको जनसंख्या गत एक दशकमा ७२ प्रतिशतले बढेको छ ।



पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।