जुलाई २९ मा लण्डनको लर्ड्समा हुने नेपालको खेललाई सफल पार्न दूतावासले सघाउने

  • बुधबार, २३ जेष्ठ, २०७५
  • 2 years ago
  • युके

लण्डन ।  नेपाली क्रिकेटका कप्तान पारस खड्का हाल बेलायतमा छन् । लर्ड्स क्रिकेट मैदानमा आउंदो जुन महिनको २९ तारिख हुने एमसिसी, नेदरल्याण्ड र नेपाल बिचको त्रिकोणात्मक टि ट्वान्टी क्रिकेटलाई सफल बनाउनका लागि हाई लेभल भेटघाट र प्रमोसनका लागि उनी दिनहुं जस्तो व्यस्त छन् ।

 

२८ मे मा बेलायत ओर्लिए लगत्तै दुई वर्षअघि लर्ड्समा भएको नेपालको खेलमा नेपाली राष्ट्रिय टेलीलाई सहयोग गर्ने खेलप्रेमी युवाहरुसंग छलफल गरेका थिए । सोहि छलफबाट आउंदो जुलाई २९ को खेलबारे प्रचारप्रसार गर्न र त्यसमा नेपाली दर्शकहरुको सहभागिता बढाउन एक उच्चस्रीय स्वयसेवक समिति गठन गर्ने निर्णय गरिएको थियो । 

 

यसैबीच मंगलबार कप्तान पारस र स्वयमसेवक समितिका केहि प्रतिनिधी सहितले बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीसंग भेट गरी छलफल गरेका छन् । जुलाई २९ मा लर्ड्समा हुने नेपालको क्रिकेट खेललाई कसरी सफल बनाउने भन्ने विषयमा उक्त छलफल केन्द्रित थियो । 

 

त्यसअवसरमा राजदूत डा सुवेदीले जुलाई २९ लाई एक  राष्ट्रिय महोत्सवको रुपमा मनाउनुपर्ने  भन्दै खेललाई सफल पार्न दूतावासको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । सम्पुर्ण बेलायतबासी नेपालीहरु एकजुट हुन सके १० हजार नेपाली लर्ड्समा उतार्न सकिने धारणा उनको थियो । बेलायतको लर्ड्स जस्तो प्रतिष्ठित मैदानमा खेल्न पाउनु राष्ट्रकै गैरव भएको बताउदै उनले जुलाई २९ का दिन बेलायतमा  नेपाली संघसंस्थाका अन्य कार्यक्रमहरु आयोजना नगर्न आव्हान गर्नुपर्ने बताए । 

 

यसअघि सन् २०१६ मा भन्दा यसपटक लर्ड्समा बढि दर्शक उर्तान सके बेलायतमा नेपालीको एकता र राष्ट्रियता देखिने हुंदा विश्वसामु देखाउने यो मौका  चुकाउन नहुने धारणा डा सुवेदीले राखे । खेल सफल पार्न सक्रिय रहेका स्वयमसेवक समितिसंग मिलेर दूतावासले छिट्टै बेलायतका नेपाली संघसंस्थाहरुसंगको भेटघाट आयोजना गर्ने प्रतिबद्धता पनि उनले गरे । 

 

त्यस अवसरमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नेपाल अहिले एक दिवसीय क्रिकेट खेल्ने देशहरुको सुचीमा समावसे भइसकेको प्रसंग उल्लेख गर्दै लर्ड्समा हुने यो खेलमा दश हजार नेपाली दर्शक उतार्न सके नेपाललाई भविष्यमा अरु एक दिवसीय खेल्ने देशहरुले पनि खेलका लागि निम्ताउने सम्भावना बढ्ने बताए ।  

 

सन्दिप लामिछानेले  ईण्डियन प्रिमियर लिगमा समावेश भएर फेरि वल्र्ड ११ बाट हालै लर्ड्समै खेल्ने पहिलो नेपाली खेलाडी बन्नु निकै उपलब्धीपुर्ण रहेको भन्दै पारसले नेपालीहरुले खेलाडीलाई साथ, समर्थन गर्दै गए भविष्यमा नेपालमा धेरै सन्दिपहरु जन्मिने विश्वास व्यक्त गरे । 

 

सो छलफलमा दुतावासका तर्फबाट कर्णेल कुमारबाबु थापा र थर्ड सेक्रेटरी भुपेन्द्र घिमिरे सहभागी थिए भने जुलाई २९ को प्रचारप्रसारमा सक्रिय स्वयमसेवक समितिको तर्फबाट प्रशान्त कुंवर र सिद्धार्थविक्रम क्षेत्रीको सहभागिता थियो । 

 

त्यसअवसरमा नेपालको क्रिकेटले विश्व स्तरमा नेपाललाई चिनाउन खेलेको भुमिकालाई कदर गर्दै राष्टिय टोलीको सम्मानमा जुलाई २९ भन्दा पहिले नै एक विशेष रात्रिभोज दुतावासमै आयोजना गर्ने र उक्त  रात्रिभोजमा प्रचारप्रसार समितिका अभियन्ताहरु,  नेपाली समुदायका अग्रजहरु र  स्वदेशी तथा विदेशी अतिथीहरुलाई समेत निम्त्याउने  विषयमा समेत छलफल भएको थियो ।

 

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भएको दुईतिहाई मासेर अर्को दुईतिहाई ल्याउन सपना नदेख्न ओलीलाई भुसालको आग्रह

  • 9 minutes ago
भएको दुईतिहाई मासेर अर्को दुईतिहाई ल्याउन सपना नदेख्न ओलीलाई भुसालको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) को प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुषालले भएको दुईतिहाई मासेर अर्को दुईतिहाई ल्याउन सपना नदेख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । शु

भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो

  • 50 minutes ago
भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो

एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार ३२ जना पुगेको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक

पोखरामा कोरोनाका कारण २५ वर्षिय युवतीको मृत्यु

  • 53 minutes ago
पोखरामा कोरोनाका कारण २५ वर्षिय युवतीको मृत्यु

पोखरा । कोरोनाका कारण पोखरामा थप एक जना युवतीको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको पछिल्लो अध्यावधिक विवरणका अनुसार पोखरामा थप एक जना युवतीको कोरोना संक्रमणबाट निधन भएको हो ।



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

बहुगुणी धनियाँ !

बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।