‘नेकपा विवादमा ओलीले कांग्रेसलाई पनि सत्तालोलुप बनाएर बदनाम बनाउने काम गर्दैछन्’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीले सत्ताबाट झार्ने प्रयास गरेपछि ओली पनि नयाँ–नयाँ रणनीति बनाउँदैछन् । पछिल्लो केही दिनयताको अवस्थालाई मूल्यांकन गर्दा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सत्ता साझेदारी गर्ने प्रयास थालेको देखिन्छ । 

 

पार्टीभित्रको विवाद चर्किदै जाँदा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग गरेको पटक–पटकको भेटले पनि ‘सत्ता साझेदारी’को संकेत गरेको छ । प्रधानमन्त्रीले देउवासँगको पछिल्लो भेटमा पार्टीभित्रको विवादको बारेमा पनि कुरा गरेको कांग्रेस स्रोतको भनाई छ । संवैधानिक आयोगका नियुक्तीको बारेमा छलफल गर्न बोलाए पनि त्यससँगै ओलीले देउवासँग पार्टीभित्र आफू दवावमा परेको र आफूलाई कांग्रेसको साथ चाहिएको प्रस्ताव गरेको स्रोतको भनाई छ । 

 

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाललाई तर्साउनको लागि पनि ओलीले कांग्रेस सभापतिसँग भेट गरेको धारणा आउन थालेका छन् । ओलीले कांग्रेससँग पनि ‘लेनदेन’को सहमति गर्ने प्रयास गरेको बुझिएको छ । ओलीलाई कांग्रेसले साथ दिएमा ८ वटासम्म मन्त्रालय दिने, संवैधानिक आयोगका नियुक्तीमा पनि बाँडफाँड गर्ने लगायतका प्रस्ताव गरेको समाचारहरु बाहिर आइसकेका छन् । ओली अफ्टेरोमा परेकोले मन्त्री पदको अफर कांग्रेसलाई गर्नु सामान्य भए पनि प्रधानमन्त्रीको अफर गरेको हो या होइन भनेर कांग्रेस वृत्तभित्रै छलफल हुन थालेको छ । किनकी देउवाले पनि प्रधानमन्त्रीसँगको भेटमा भएको कुराकानीबारे खुलेर कतै बोलेका छैनन् । सँगै गएका नेता रमेश लेखकलाई समेत बाहिर पठाएर ओली र देउवाबीचमात्रै छलफल भएकोले भेटको बारेमा प्रश्ट धारणा आइसकेको छैन । त्यस्तै, नियुक्तीको कुरा गर्दा ओली खेमाकै नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली तथा भानुभक्त ढकाल ओलीसँग भए पनि ओलीले देउवासँग छुट्टै कुराकानी गर्ने भनेपछि अरु नेताहरु बाहिरिएका थिए ।

 

तर, नेकपाको घरझगडा भइरहेको बेला प्रधानमन्त्रीसँग देउवाले भेट गर्नुले राम्रो सन्देश नगएको कांग्रेसभित्रकै नेताहरुको भनाई छ । ‘प्रधानमन्त्री ओलीले कांग्रेसलाई पनि सत्तालोलुप बनाएर बदनाम बनाउने काम गर्दैछन् । नेकपाको घरझगडाबाट कांग्रेस बाहिर बस्नैपर्छ ।’ नेपालीपत्रसँग कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाका एक नेताले भने । ‘सभापति देउवाले शक्तिको आडमा कांग्रेस महाधिवेशनलाई प्रभावित गराउन ओलीसँग भेट गरेको हुनसक्छ ।’ उनले थपे । कांग्रेससँग सत्ता साझेदारी गर्ने कुरा बाहिर आएपछ कांग्रेसका नेताहरुले सार्वजनिक रुपमै असन्तुष्ति व्यक्त गरेका छन् । प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसलाई ५ वर्ष प्रतिपक्षमा बस्ने जनादेश प्राप्त भएकोले जोड–घटाउमा कांग्रेसको शिर गर्ने धृष्टता कोहीबाट नहोस् भनेर सजग गराएका छन् । नेता गगन थापाले पनि संसद खुलाउन दबाब दिनुपर्ने बेला जतिवेला पनि बालुवाटार पुग्नु उपयुक्त नभएको बताएका छन् भने नेता अर्जुननरसिंह केसीले कांग्रेस सत्तामा जाने हतार गर्नु आत्महत्या गरेबराबर हुने बताएका छन् ।

 

उत्ता प्रचण्ड–नेपाल पक्षका केही नेताहरुले भने सचिवालय बैठकमा प्रस्तुत भएको प्रस्तावबाट ओली ‘आत्तिएर’ कांग्रेसको शरणमा जान लागेको बताएका छन् । ति नेताहरुले पार्टीभित्र नै छलफलको प्रयास ठप्प बनाएर प्रतिपक्ष दलसँगको सहकार्यमा लाग्नु देश तथा पार्टीको हितमा नभएको ति नेताहरुको भनाई छ । तर, सचिवालय, स्थाी कमिटी, केन्द्रीय कमिटी तथा संसदिय दलामा अल्पमतमा परेका ओलीले पार्टी र देशलाई नै दुर्घटनातर्फ लैजानेगरी अप्रिय कदम चाल्नसक्ने प्रचण्ड–नेपाल समूहलाई डर छ । ओलीले चाहेको कदमको दोष धेरैथोरै आफूहरुले पनि लिनुपर्ने भन्दै उनीहरु पनि दबाबमा परेको चर्चा हुने गरेको छ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बन्द हुँदै चर्चित कमेडि शो 'द कपिल शर्मा शो'

  • 23 minutes ago
बन्द हुँदै चर्चित कमेडि शो 'द कपिल शर्मा शो'

एजेन्सी । भारतीय चर्चित कमेडि शो 'द कपिल शर्मा शो' बन्द हुने भएको छ । मिडिया रिपोर्ट अनुसार निर्माण टिमले यसलाई बन्द गर्ने भएका छन् ।

आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको लोगो आह्वान

  • 53 minutes ago
आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको लोगो आह्वान

काठमाडौं । आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको पूर्वतयारीस्वरूप नेपाल एस्ट्रोनोमिकल सोसाइटीले लोगो प्रतियोगिता आयोजना गरेको छ । आइतबारदेखि माघ १९ गतेसम्म लोगो आह्वान गरिएको सोसाइटीका अध्यक्ष सुरेश

प्रधानमन्त्री ओली भरतपुरको सिटीहल र ६ लेन सडकको शिलान्यास गर्न १७ गते चितवन जाने

  • 1 hour ago
प्रधानमन्त्री ओली भरतपुरको सिटीहल र ६ लेन सडकको शिलान्यास गर्न १७ गते चितवन जाने

चितवन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली माघ १७ गते चितवन आउने भएका छन् । भरतपुरमा दुई वटा विकास आयोजननाको शिलान्यास र जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओल



पर्यटन

सेता हिमाल कालापत्थरमा परिणत

सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।

जीवनशैली

पुदिनाको फाइदै फाइदा

पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।

विचित्र विश्व

चर्चामा एक दिनकी मुख्यमन्त्री गोस्वामी

चर्चामा एक दिनकी मुख्यमन्त्री गोस्वामी

एजेन्सी । भारतको उत्तराखण्ड राज्यमा १९ वर्षीया किशोरीलाई एक दिनका लागि मुख्यमन्त्री बनाइँदैछ। राष्ट्रिय बालिका दिवसका अवसरमा राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई मुख्यमन्त्री बनाउन लागिएको हो।