ओलीले सचिवालय बैठकको सामना कसरी गर्लान् ?

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकको लागि आफू निकटका नेताहरुसँग छलफल गरेका छन् । आफूलाई पार्टीको पहिलो अध्यक्ष भन्दै आएका ओली अल्पमतसहित बैठकको समाना गर्ने तयारीमा रहेका छन् ।

 

कार्यबहाक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीसमक्ष बैठक बस्नुपर्ने भन्दै मौखिक तथा लिखित रुपमा माग गर्दै आएका थिए । प्रचण्ड–नेपाल समूहले स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन, कोभिड– १९ नियन्त्रणका लागि सरकारले चाल्नुपर्ने कदम, कर्णाली प्रदेशको विवाद समाधान, भारतीय गुप्तचर प्रमुख सामन्त गोयलको नेपाल भ्रमण, पर्साको विन्दाबासिनीमा पार्टीकै संरक्षणमा भएको कार्यकर्ता मुकेश चौरसियाको हत्यालगायतका विषयमा छलफल गर्नको लागि माग गर्दै ओलीलाई बैठकको आह्वान गर्न पत्र दिएका थिए । यससँगै ओलीले पार्टीका नेताहरुविरुद्ध बोल्दै हिँडेको कुराहरु पनि बैठकमा उठाउने तयारीमा यो समूह रहेको छ । बैठकको तयारीस्वरुप प्रचण्डले बिहीबार नै आफू निकटका नेताहरुसँग छुट्टाछुट्टै छलफल गरिसकेका छन् । एउटै स्वर बनाएर ओलीलाई अझै गलाउने तयारीमा यो समूह रहेको बुझिएको छ । 

 

उता महासचिव विष्णु पौडेल तथा सदस्य ईश्वर पोखरेलको साथ पाएका ओलीले भने प्रचण्ड–नेपाल पक्षलाई पार्टीभित्र गुटबन्दी गरेको र सरकारको काम कारबाहीलाई सहयोग नगरेको भन्दै ‘पेल्ने’ तयारीमा ओली रहेको नेकपा स्रोतको भनाई छ । पटक–पटक साथ दिएका अर्का सदस्य रामबहादुर थापालाई समेत आफ्नो पक्षमा उभ्याएर ओलीले विपक्षी समूहमाथि दवाव बनाउने रणनीति लिएको बुझिएको छ । सचिवलाय बैठकमा प्रचण्ड–नेपाल पक्षले ओलीलाई राजीनामा दिन लगाउने आशंका गरेर ओलीले सार्वजनिक मञ्चबाट आफू कुनै पनि हालतमा राजीनामा नदिने पक्षमा रहेको बताइसकेका छन् । उनले आफू रहरले नभई जनताको मायाले प्रधानमन्त्री बनेको धारणा राख्दै आएका छन् । यद्यपी प्रचण्ड–नेपाल समूहले ओलीको राजीनामाबारे सार्वजनिक रुपमा अभिव्यक्ति दिएका छैनन् ।

 

यसअघि दुई अध्यक्षको सहमतिमा बैठकका एजेन्डाहरु तय हुने गरेको भए पनि आज हुने बैठकको लागि भने एजेन्डाहरु तय भएका छैनन् । आज एक समूहले अर्को समूहलाई पार्टी फुटाउने गतिविधि गरेको तथा यसबीचमा एक अर्काले गरेको कमजोरी देखाउँदै गलाउने रणनीति बनाइरहेको स्रोतको भनाई छ ।

 

आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन साता लामो तनावपछि बस्न लागेको बैठक कस्तो हुने भन्नेमा सबैको चासो बढेको छ ।

 

प्रचण्डको सचिवालय बैठकको तयारीः आफू निकटका नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की

  • 6 hours ago
बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पुराना नेताले काम गर्न नसक्ने भन्दै सबै पार्टीका ७० वर्ष काटेका नेताले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व सुम्पन आग्रह गरेकी छिन् । प्रजातान्त्रिक विच

उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

  • 6 hours ago
उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण रकम दिन आग्रह गरेको छ । सरकारसँग भएको सम्झौताअनुरूप सम्झौताको २१ दिनभित्र दिनुपर्नेमा आंशिक मात्र प्राप्त

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

  • 6 hours ago
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।