लुम्बिनीका नेकपानिकट उद्योगी व्यवसायीलाई आफ्नो जिम्मेवारीमा फर्कन निर्देशन

  • बुधबार, २६ कार्तिक, २०७७
  • 2 months ago
  • नेपाल

लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश राजधानीका विषयमा असन्तुष्ट रहेका पार्टीनिकट उद्योगी व्यवसायीलाई आफ्नो जिम्मेवारीमा फर्कन निर्देशन दिएको छ ।

 

नेकपा उद्योग व्यवसाय विभाग रुपन्देहीले असन्तुष्ट उद्योगी व्यवसायीको भेला गरी पूर्ववत पार्टी काममा फर्कन निर्देशन दिएको विभागका प्रमुख गोपाल रानाले बताए । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीलगायत पार्टी नेताहरु समेत सहभागी भेलामा असन्तुष्ट व्यवसायीले पार्टीलाई १३ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका थिए । ती मागका बारेमा पार्टी नेतृत्व सकारात्मक भएको प्रमुख रानाले बताए ।

 

बुटवललाई प्रदेशको स्थायी राजधानी कायम नगरिएपछि नेकपा निकट २२ सय ४९ जना उद्योगी व्यवसायीले पत्रकार सम्मेलन गरी सामूहिक असन्तुष्टि जनाएका थिए । रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले माग सम्बोधन हुने सहमतिपछि जिम्मेवारीमा पूर्ववत रहेको बताए ।

 

नेपाल औषधि व्यवसायी संघका पूर्व राष्ट्रिय अध्यक्ष बाबुराम भट्टराईले बुटवललाई स्थायी राजधानी घोषणा गर्न दबाब पुगोस् भनेर असन्तुष्टि जाहेर गरेकामा अन्य मागमा पार्टी सकारात्मक रहेकाले सहमति भएको बताए ।

 

भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले रुपन्देहीलाई आर्थिक र पर्यटकीय राजधानी बनाउने घोषणा प्रदेश सरकारले गरिसकेकाले यसका लागि विकास प्रवद्र्धन, लगानीको आकर्षण र यस क्षेत्रको प्रशासकिय सेवा उपलव्ध गराउने गरी कानून निर्माण गरिने प्रतिबद्धता जनाएका थिए । मन्त्री गिरीले रुपन्देहीको विकासमा प्रदेश सरकारले प्राथमिकता दिएकोे बताए ।

 

नेकपा रुपन्देहीका प्रचर विभाग प्रमुख मोहन चापागाईंले तत्कालीन अवस्थामा असन्तुष्टि हुनु स्वाभाविक भएपनि पार्टीको जिम्मेवारीमा फर्कनुको विकल्प नभएको बताए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की

  • 7 hours ago
बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पुराना नेताले काम गर्न नसक्ने भन्दै सबै पार्टीका ७० वर्ष काटेका नेताले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व सुम्पन आग्रह गरेकी छिन् । प्रजातान्त्रिक विच

उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

  • 7 hours ago
उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण रकम दिन आग्रह गरेको छ । सरकारसँग भएको सम्झौताअनुरूप सम्झौताको २१ दिनभित्र दिनुपर्नेमा आंशिक मात्र प्राप्त

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

  • 7 hours ago
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।