नेकपा विवादः साँझसम्म ओलीको पर्खाइमा प्रचण्ड–नेपाल समूह

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यवहाक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुले साँझसम्म प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कुर्ने भएका छन् । प्रचण्ड–नेपाल सहित ५ जना बहुमत सदस्यले पार्टीको सचिवालय बैठक राख्न आग्रह गर्दै आएका छन् । सोहीबारेमा प्रचण्ड–नेपाल समूहले ओलीको निर्णय कुरेका हुन् ।

 

आज साँझसम्म पनि ओलीले बैठक राख्नेबारे कुनै प्रतिक्रिया नदिए बहुमत सदस्यहरुको औपचारिक बैठक बस्ने तयारीमा प्रचण्ड–नेपाल समूह रहेका छन् । यसअघि दुई अध्यक्षबीचको सहमतिको बैठक डाक्ने चलन भए पनि ओलीले तत्कालको लागि बैठकको आवश्यकता नरहेको बताउँदै आएका छन् ।

 

प्रधामन्त्रीलाई बैठकका लागि आइतबार र सोमबार लगातार आग्रह गरेका नेताहरुले ओलीले त्यतातर्फको कुनै संकेत नगरेपछि औपचारिक बैठक बस्ने योजना बनाएका हुन । 

 

गत शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा प्रचण्ड, नेपाल सहित वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ अनौपचारिक बैठकमा बसेका थिए । बैठकपछि शनिबार लिखित रुपमा ओदलीसमक्ष बैठक बस्नुपर्ने अनुरोधपत्र बुझाएका थिए । तर, ओलीले भने बैठक बस्ने भने पनि मिति भने तय गर्न सकेका थिएनन् ।

 

पार्टीका बहुमत सचिवालय सदस्यले बैठक माग गरेको कारण ओलीले बैठकको लागि सहमति दिनेमा अन्य सचिवालय सदस्यहरु आशावादी रहेका छन् । यसबीचमा प्रचण्ड–नेपाल समूह ओलीले बैठकको लागि सहमति नदिए आफै औपचारिक बैठक बसेर निर्णय गर्ने तयारीमा रहेको बुझिएको छ ।

 

ओलीले भने विधानअनुसार १५ दिनभित्र सचिवालय बैठक बस्न जवाफ महासचिव विष्णु पौडेलमार्फत प्रचण्डलाई दिएका थिए । तर, जवाफमा प्रचण्डले प्रधानमन्त्री ओली पार्टी विधान, पद्धति मात्र नभई आफूसहितका नेताहरूको मानमर्दनमा झरेकाले मंगलबारसम्म पनि बैठक बोलाउन सहमत नभए बहुमतको औपचारिक बैठक बस्न बाध्य हुने जवाफ फर्काएका छन् ।

 

पार्टीभित्रको विवाद अझै पेचिलो बनिरहेको अवस्थामा अध्यक्ष प्रचण्ड सहितका नेताहरुले मंगलबारसम्म प्रधानमन्त्रीलाई पर्खिने र परिस्थति सोचेअनुरुप नभए कसरी अघि बढ्ने भन्ने विषयमा पनि मंगलबार नै सल्लाह गरिने बताइएको छ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की

  • 7 hours ago
बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पुराना नेताले काम गर्न नसक्ने भन्दै सबै पार्टीका ७० वर्ष काटेका नेताले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व सुम्पन आग्रह गरेकी छिन् । प्रजातान्त्रिक विच

उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

  • 8 hours ago
उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण रकम दिन आग्रह गरेको छ । सरकारसँग भएको सम्झौताअनुरूप सम्झौताको २१ दिनभित्र दिनुपर्नेमा आंशिक मात्र प्राप्त

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

  • 8 hours ago
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।