नेकपा अध्यक्षद्वय कर्णालीका नेतासँग छलफल गर्दै

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेशका नेताहरुसँग छलफल गर्ने भएका छन् । गत आइतबार कर्णाली प्रदेशमा आफ्नै दलका नेताहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव गर्दा गरेपछि उत्पन्न विवादबारे छलफल हुन लागेको हो ।

 

विवाद छताछुल्ल भएपछि अध्यक्षद्वय ओली र प्रचण्डले उक्त प्रदेशका नेताहरुलाई छलफलको लागि काठमाडौँ बोलाएका थिए । छलफलको लागि अविश्वासको प्रस्तावको नेतृत्व गर्ने प्रदेशका सहइन्चार्ज यामलाल कँडेलसहित अन्य नेताहरु काठमाडौँ आइसकेका छन् । 

 

छलफल प्रधानमन्त्री ओलीले बुधबार नियुक्त गरेका तीन मन्त्रीको सपथ ग्रहणपछि हुने बताइएको छ ।

 

मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रमुख सचेतक गुलाबजङ्ग शाहले मंगलबारको लागि संसदीय दलको बैठक बोलाएका थिए । तर, मुख्यमन्त्री शाहीले शाहलाई बर्खास्त गरेर सोमबार सीता नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरेका थिए । सोही क्रममा माधवकुमार नेपाल पक्षका सांसदहरुले मुख्यमन्त्रीलाई नै सहयोग गरेपछि ओली पक्षका कँडेल समूह अल्पमतमा परेका थिए । नेपाल पक्षका नेतासँगको सहमतिपछि मुख्यमन्त्री शाहीले कुर्मराज शाहीलाई प्रमुख सचेतकमा नियुक्त गरेका थिए ।

 

सो घटनापछि ओली र प्रचण्डले मुख्यमन्त्री शाहीसँगै उनीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने नेताहरुलाई समस्या यथावत राखी पार्टी केन्द्रीय कार्यालयमा दुईदिनभित्र उपस्थित हुन निर्देशन दिएका थिए।

 

 

कर्णालीमा नेकपाका ३३ जना सांसद छन् । एकजना सभामुख भएकाले बाँकी ३२ जना सांसदमध्ये १८ जनाले मुख्यमन्त्री तथा दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । कर्णालीमा तत्कालिन एमालेका मात्र २० जना सांसद छन् भने माओवादीका १३ जना सांसद छन् ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कति छ सलमान खानको सम्पत्ति ?

  • 47 seconds ago
कति छ सलमान खानको सम्पत्ति ?

एजेन्सी । बलिउडका चर्चीत अभिनेता सलमान खानबारे जहिले पनि उनको रिलेशनसिप र फिल्मलाई लिएर चर्चा हुन्छ । उनको सम्पत्तिलाई लिएर कमै चर्चा हुने गरेको छ । उनको फिल्महरुले बितेका वर्षहरुमा १०० करोडभन्दा बढी

'छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ'

  • 8 minutes ago
'छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ'

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड दिएका छन् ।

बन्दीपुर केबलकारका लागि दुई बैंकको कर्जा

  • 30 minutes ago
बन्दीपुर केबलकारका लागि दुई बैंकको कर्जा

तनहुँ । तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परियोजनाका लागि दुई बैंकले कर्जा लगानी गर्ने भएका छन् । दक्षिण एशियामै नमूना प्रविधिमा निर्माण हुन लागेको केबलकार परियोजनाका ला



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

चिसो मौसममा भुलेर पनि नगर्नुस् यस्ता कामहरु

चिसो मौसममा भुलेर पनि नगर्नुस् यस्ता कामहरु

काठमाडौं । चिसो मौसमको सिजन रहेको छ । चिसोबाट बच्न हामी विभिन्न उपायहरु अपनाउनुपर्छ । तर, चिसोबाट बच्न हामीले अपनाएका सबै उपायहरु हाम्रो जीवनका लागि फलदायि नै हुन्छन् भन्ने छैन ।