नेकपा सचिवालय बैठक सकियो, के भयो निर्णय ?

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले संवैधानिक आयोगमा रिक्त रहेका पदपूर्तिका साथै राजनीतिक नियुक्ति पनि छिटो गरिसक्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।

 

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सांगठनिक एकीकरणका बाँकी कामलाई पूरा गर्नका लागि १० दिनभित्र कार्ययोजना बनाउन अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डका साथै महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ । कार्ययोजना बनेपछि पुनः सचिवालयमा छलफल गरेर निष्कर्षमा पुगिने जानकारी श्रेष्ठले दिए ।

 

त्यस्तै, अन्य एजेन्डाहरुबारे २–३ भित्र बैठक बसेर छलफल र निर्णय गरिने प्रवक्ता श्रेष्ठको भनाई छ । त्यस्तै, उनले मन्त्रिमण्डल पुनर्गठनको बारेमा छलफल नभएको बताएका छन् ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँ उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण

  • 4 hours ago
काठमाडौँ उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुग्यो

  • 4 hours ago
नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुग्यो

काठमाडौँ । नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण

  • 4 hours ago
नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ। त्यस्तै सक्रिय संक्रमितको संख्या ४०,७७८ पुगेको छ ।



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

एजेन्सी । एक जना सोशल मिडिया स्टारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । केही हप्ता अगाडि उनले कोरोना भाइरस नक्कली भाइरस भएको बताएका थिए । ३३ वर्षे सोसल मिडिया स्टार काफी चर्चामा पनि रहेका थिए । उनको इन्टाग्राममा १० लाखभन्दा अधिक फलोअर्स रहेका छन् ।