नेकपा नेता तामाङद्वारा मेलम्चीमा ८ जनाको ज्यान जाने गरी भएको घटनाप्रति दुःख व्यक्त
- सोमबार, १९ साउन, २०७७
- 5 months ago
- राजनीति

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर तामाङले मेलम्चीमा आठ जनाको ज्यान जाने गरी भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
पूर्वमन्त्रीसमेत रहेका उनले विपत्तिलाई कसैले रोकेर रोक्न नसक्ने भन्दै सबै जनालाई सचेत रहन आग्रह गरे ।
पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतको टोलीले समेत मेलम्ची घटनाको अवलोकन गरेको छ । मेलम्ची घटना भएको थाहा पाउना साथ इन्द्रेणि कार्यक्रमका संयोजक कृष्ण कँडेलसहितको टोली लिएर बस्नेत मेलम्ची आएका हुन् ।
गएराति आएको पहिराले पुरिएर वीरगञ्ज घर भई मेलम्चीमा मजदूरी गरिरहेका आठ जनाको मृत्यु भएको थियो भने एक जनाको चार घण्टापछि जीवितै उद्धार गरी उपचारका लागि काठमाडौँ लगिएको छ ।
पूर्वमन्त्री बस्नेतले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई धैर्य भएर बस्न आग्रह गर्नुभयो । त्यस्तै इन्दे्रणिका संयोजक कँडेलले घटनामा मृत्यु भएकाप्रति परिवारलाई रु १५ हजारका दरले सहयोग गर्ने घोषणा गरेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सोलुखुम्बुमा आइचर दुर्घटना, तीन जनाको मृत्यु
- 23 minutes ago

सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सवारी दुर्घटनामा एक जनाको मृत्यु
- 27 minutes ago

सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–८ गिरधारी राइस मिल अगाडि आइतबार भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ ।
राजविराजमा एचआइभी एड्सबाट किशोरीको मृत्यु
- 46 minutes ago

राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ ।
पर्यटन
पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।
जीवनशैली
अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।
विचित्र विश्व
भारतमा कोरोना भ्याक्सिन लगाएका ५२ जनामा साइडइफेक्ट देखियो, एक जनाको अवस्था गम्भीर

एजेन्सी । भारतमा कोरोना भ्याक्सिन लगाउने कार्यक्रम सुरु भइसकेको छ । यस क्रममा कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ ।