नेकपा स्थायी कमिटी बैठक बस्दै
- शुक्रबार, १२ आषाढ, २०७७
- 7 months ago
- राजनीति

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज फेरि बस्दै छ । बिहान ११ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सात बुँदे एजेन्डाको बारेमा छलफल हुनेछ । पछिल्लो समय नेकपाभित्रको अन्तरिक विवाद समाधानमा बैठक केन्द्रीत हुने नेताहरुले जनाएका छन् ।
बुधबार बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गरेका थिए । बैठकमा ओलीले सरकारका कामका बारेमा चर्चा गरेका थिए। उनले सरकारले राम्रो काम गरिरहेको बताएका थिए भने अर्का अध्यक्ष प्रचण्डले भने अहिले सरकारका काम प्रभावकारी नभएको र अझै प्रभावकारी बनाउनु पर्ने आवश्यकता औंल्याएका थिए।
सोही बैठकले सातबुँदे एजेण्डा तय गरेको छ । अध्यक्षद्वयको सम्बोधनसँगै अन्य एजेन्डाहरुमा कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्ने, सीमा समस्या र समाधान, सरकारको कामको समिक्षा, पार्टी कामको समिक्षा र सांगठिनक एकताको पूर्णता, एमसीसी तथा विविध रहेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सुन्दै आश्चर्यचकित लाग्ने यी बलिउड कलाकारहरुको बानी
- 1 hour ago

एजेन्सी । हरेक मानिसको आ–आफ्नो जीवनशैली हुन्छ । बलिउडमा काम गर्ने सेलिब्रिटीहरुको पनि केही आश्चर्य लाग्दा बानीहरु रहेका छन् ।
नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित
- 1 hour ago

काठमाडौँ । आज बस्ने भनिएको नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ । बालुवाटारमा ओली समुहको स्थायी कमिटी बैठक बोलाइएको थियो ।
ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु
- 1 hour ago

बुटवल । जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको जिल्ला
पर्यटन
माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।
जीवनशैली
ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।