गोरखामा एकैदिन २३३ जना नेकपामा प्रवेश

गोरखा । नेपाल तरुणदलका क्षेत्रीय सचिव भरतप्रसाद रेग्मीसहित नेपाली काङ्ग्रेस र समाजवादी पार्टी नेपालका नेता कार्यकर्ता शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । जिल्लाको शहीद लखन गाउँपालिका–८ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रामशरण बस्नेतले काङ्ग्रेस र समाजवादी पार्टीका नेता कार्यकर्तालाई नेकपामा पार्टी प्रवेश गराएका हुन् । 

 

कार्यक्रममा दुवै पार्टीका गरी शहीद लखन गाउँपालिका–७ का ११४ जना र वडा नं ८ का ११५ र गोरखा नगरपालिकाका चार जना काङ्ग्रेस र समाजवादी पार्टी छोडेर नेकपा प्रवेश गरेको नेकपा शहीद लखन गाउँपालिका अध्यक्ष मनोज जोसीले जानकारी दिए । पार्टी पवेश गर्नेमा नेपाली काङ्ग्रेस तरुणदलका क्षेत्रिय सचिव रेग्मीसहित क्षेत्रीय सदस्य भक्त ढकाल, काङ्ग्रेस निकट होचा पुड्का सङ्घका केन्द्रीय अध्यक्ष निर्मल मगराती रहनुभएको छ । उहाँहरुलाई नेकपाका केन्द्रीय सदस्य बस्नेतले माला, खादा र अबिर लगाएर पार्टीमा प्रवेश गराए । 

 

देशमा अब आर्थिक क्रान्तिको नेतृत्व नेकपाले मात्र गर्न सक्ने भन्दै काङ्ग्रेस पार्टीमा रहनुको कुनै औचित्य नभएकाले नेपाली काङ्ग्रेस परित्याग गरेको तरुण दलका क्षेत्रीय सचिव रेग्मीले बताए । नेकपाका केन्द्रीय सदस्य बस्नेतले देशले राजनीतिक परिवर्तनको कोर्ष पूरा गरिसकेको भन्दै अब आर्थिक क्रान्तिका लागि सबै तयार हुनुपर्ने बताए । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मर्स्याङ्दी नदीमा माछा मार्दै

  • 28 minutes ago
मर्स्याङ्दी नदीमा माछा मार्दै

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीस्थित मर्स्याङ्दी नदीमा जाल हानेर माछा मार्दै एक व्यक्ति ।

बिहीबार जम्मा ५ हजार ३० परीक्षण

  • 43 minutes ago
बिहीबार जम्मा ५ हजार ३० परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ३० स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप ४ जना कोरोना संक्रमितको मृत्यु

  • 46 minutes ago
थप ४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको क



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।